Total Pageviews

Wednesday, December 7, 2011

0

जोरपाटी गाविसमा सचिबको नाङगो नाच लाखौ रुपैयाँ अबैधरुपमा संकलन


काठमाडौं । काठमाडौं महानगरपालीका संगै जोडीएको काठमाडौं जिल्ल अन्तरगत पर्ने जोरपाटी गाउ विकास समितिका सचिबले विभिन्न वहाना बनाई गाविसमा काम लिएर आउने संग अबैध रकम संकलन गर्ने गरेको रहर् य खुल्न आएको छ । सो गाविसका सचिब लक्ष्मणकुमार बरालले पछिल्लो राजनीतिक संक्रमणको फाईदा उठाउदै नक्कली योजना र स्थानीय बासिन्दासंग रकम संकलन गरेको स्थानीय बासिन्दाहरुको भनाई रहेको छ । राजधानीको गाविसमध्ये बढी जनघनत्व एंव अत्याधिक आर्थिक कारोबार हुने गरेको सो गाविसमा सचिब बरालले पटक-पटक नागरिकताको सिफारीस लिन आउनेदेखि नक्कली योजनामा रकम विनियोजन गरि लाखौ रुपैयाँ संकलन गरेको जोरपाटीका स्थानीय बासिन्दा टासीलाक्पा शेर्पाले बताए । शेर्पाका अनुसार उनीले आफ्नो नागरिकताको सिफारीसकालागि सवै प्रमाण जटाएर गाविसमा जादाँ समेत सचिबले विभिन्न बहाना बनाई मलाई महिनौ दिनदेखि नागरिकताको सिफारीस दिनबाट बन्चीत गरेको आरोप लगाए । उनले भनेुसचिबले काममा रोकावट गर्दै १ लाख रुपैयाँ माग गरे सचिबले रकम नदिएमा मलाई चिनीयाँ नागरिक भएको भन्ने विवरण तयार गरि बन्चित बनाउने भनेका छन् ।ु

सो गाविसमा विकासनिमार्णको रकम समेत अन्नेत्र खर्च गरि नक्कली विलभरपाई गर्दे रकम हिनामिना गरेको आरोप स्थानीय बासिन्दाको रहेको छ । स्थानीय बासिन्दाले दिएको जनाकारी अनुसार विचिन्न कल्व र संघ÷सस्थालाई रकम विनियोजन गरि सोबाट ७० प्रतिशत रकम आफुले लिने गरेको आरोप रहेको छ । यसरी सचिब बरालले बार्षिक १ करोड रुपैयाँ अबैध रुपमा अनेन्त्र खर्च गर्ने गरेको पाईएको छ । यसरी अबैध रुपमा विकास निमार्णको रकम अनेन्त्र खर्चगर्नकालागि स्थानीय राजनीतिक दलका नेता र गाविस सचिब बराललको संलग्नतामा सो अबैध कार्या हुदै आएको बताईन्छ ।

No comments:

Post a Comment