Total Pageviews

Friday, September 16, 2011

0

माधव महाकाब्य बिमोचित

काठमाडौं । राजधानीमा एक कार्यक्रमबीच माधव महाकाव्यको बिमोचन गरियो । माधव भनेपछि बैशाख मास पनि हुन्छ तर यहाँ माधव भन्नाले नेपालको राष्ट्र गुरु हुन । उनी नेपालका धर्मगुरु पनि हुन । उनकै बिषयमा रामनाथ अधिकारी सँगी काश्यपको महाकाब्य तयार पारे । यो महाकाब्य प्राय लोक छन्द झ्याउरे छन्द कर्खा लोक उपजाति उपजाति शार्दुलबिक्रीडिट शिखरीणी लोक तोटक बिरही गन्धर्व असारे आदि छन्द छन । स्रगिणी र असारे छन्द अर्ध छन्दलाई पुर्ण स्लोक बनाईएको छ । स्वामीका साथमा पुस्तक हातमा १ स्लोक नपुगेजस्तो भयो । असारेका ६ स्लोक ३ स्लोक हुन्छन । नायव बडागुरुज्युको राष्ट्रिय धर्म सभाको गठन
गरी देशब्यापी गठन गरी बौद्धिक सनातन धर्म बचाउने र प्रसार गर्ने कार्य गर्नुभएको छ । ईश्वर हो सबैको सार धर्मको नै चल्छ है संसार । महाकवि धर्मका ज्ञाता आत्माभित्र सबैका बिधाता माधव गुरुले लेखेको शाइ महाकाव्य गन्धर्व छन्द साई गाथा जति जति पढ्यो पवित्र आस्था राखी स्मरण
गरिँदा शान्ति मिल्ने बिचित्र । यसरी यो ३ भाषाको सत्य साई चरितम अत्यन्त सुन्दर भएको पुन कविकै केही पाना साई देखेको सम्झना गरेका छन । हिन्दु धर्म नेताले खान लागे उठौं देशका बिद्धान । यसरी बौद्धिक सनातन हिन्दु धर्म मासिएकोमा लेखक चिन्तित छन । धर्मबाटै चलेका छन जीवात्मा बिश्वमानव । उपेक्षा धर्मको गर्दा कष्टमा पर्दछन सब । यसरी धर्मको महिमा पनि महाकाव्यमा उल्लेख गरिएको छ । लोक कर्खा लोक उपजाति भविपुला गन्धर्व आदि छन्द का स्लोक छन ।
यी अन्यत्र प्राय मैले देखिन । कर्खा छन्द ईश्वरको कृपाबिना हुने केही छैन । जानेबेला धनजन साथ रहँदैन । कर्खा र सवाई एउटै जस्तो पनि लाग्छ ।
अन्तमा
अनन्तको सागरमा डुबेर हिमालको आगनमा झुकेर रम्ने महादेब महेशलाई म गर्छु बिन्ती पदमा समाई । महाकाव्यकारको यो दशौं कृति र तेस्रो महाकाब्य हो । यसमा २०३८ स्लोक भने पनि केही अर्धस्लोक बिरही असारे स्रग्विणीमा महसुस भयो । कविले अरु कृतिका पनि रसावादन गरुन शुभकामना ।

No comments:

Post a Comment