शान्ति र संविधान का महत्वपुर्ण काम गर्न सक्छ कि सक्दैन भन्ने आशा र आशंकाका विच बर्तमान सरकार तैश्रौ पटक विस्तार भएको छ । प्रधानमन्त्री ले माओवादीका २ सहित मधेशी मोर्चाका ३ र सदभावनाका एक गरि ६ जना मन्त्रीलाई आज राष्टपतिकौ उपश्थितिमा सितल निवासमा पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको हो ।माओवादीका पोलिटव्यूरो सदस्य गोपाल किराती संघियमामिला, संविधानसभा तथा संसदिय व्यवस्था मन्त्री हुनुभएको छ भने लेखराज भट्ट बाणिज्य मन्त्री हुनुभएकौ छ । मोर्चा अन्तरगन फौरम लोकतान्त्रीकका शरद सिह भण्डारीले रक्षा, हेमराज तातेडले वातावरण तराई मधेस लोकतान्त्रिक पार्टीका ब्रजेशकुमार गुप्ता कानुन र संघीय सद्भावना पार्टीका अनिलकुमार झाले आपूर्ति मन्त्रीमा शपथ लिए ।
माओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराइले आजै मधेशी जनअधिकार फोरम नेपाल लगायत सरकारका समर्थकहरुलाइ पनि सरकारमा सहभागि गराउनै प्रयास गरे पनि त्यो सार्थक हुन सकेन ।आज विहान उपेन्द्र यादवले नेतृत्व गरेको फोरम नेपालसंग यस विषयमा छलफल भएपनि सहमति बन्न नसकेको हो । आज विहान प्रचण्ड निवास बालुवाटारमा भएको छलफलमा फोरम अध्यक्ष यादवले आफ्नो पार्टि भित्र छलफल गरैर जवाफ फर्काउनै बताउनु भएको थियो ।

No comments:
Post a Comment