Total Pageviews

Saturday, September 24, 2011

0

एक बर्ष तलव नपाएकी चेली नियोगको शरणमा

प्रेम लामा;दोहा- वैदेशिक रोजगारीको सिलसिलमा दोहा आइपुगेकी चितवन नारायणघाट गणेस्थान ७ की ३४ वार्षिय राधा तामाङ एक बर्षसम्मको तलव नपाएपछि र कामको सास्ती भएपछि गत शनिवार नियोगको शरणमा आईपुगेकी छिन् ।
पिडीत चेली तामाङले छिमेकी राष्ट्र भारतको मुम्वईवाट घरेलु कामदारको रुपमा कतारी रियाल ६ सय तलवमा दोहा आएको वताएकी छन् । उनलाई आफ्नै श्रीमानले भिसाको पहल गरी मुम्वईवाट कामको लागि दोहा पठाएका हुन् । उनी दुहेलस्थित एक अरवीको घरमा घरेलु कामदारको रुपमा तिन वर्षदेखि कार्यरत थिइन् ।विहान पाँच वजेदेखि वेलुका १२ वजेसम्म काम गर्नुपर्ने र काम जति गरेपनि घर मालिक्नीले गाली गर्ने कुटपिट गर्ने गरेको पनि उनको गुनासो छ । ुनौ महिनाको पाँचहजार कतारी रियाल तलव लिन वाँकी छु उनले भनिन्- ुयत्ति मात्रै कहाँ हो र घरायसी यातना सहन पनि सकिन अनि यहाँ आएकी हुँ ।ु सधैं गाली गर्ने र कुटपिट गर्ने गरेकोले मन विरक्त भएको पिडीत चेलीले वताएकी छन् । गाडी सफा गर्ने खाना पकाउने घर सफा गर्ने बच्चा हेर्ने काम गर्दै आएकी राधालाई एक सहयोगी दाजुले गत १७ सेप्टेम्वरको विहान ७ वजे नियोगमा ल्याईदिएका हुन् । दुहेल हुँदै सिटी सेन्टरसम्म हिँडेर आएपछि उनले ती दाजुलाई टेलिफोन गरेर सहयोगका लागि आग्रह गरेको बताइन् । हाल उनका स्पोन्सर थाइल्याण्डस्थित एक हस्पिटलमा कोमाको अवस्थामा उपचार गराईरहेकोले पैसाको अभावमा तलव नदिएको स्पोन्सरको परिवारकी एक सदस्यले नेपाली नियोगका जनसम्पर्क अधिकृतलाई वताएकी छन् । स्पोन्सरलाई उपचारमा धेरै खर्च लागेकोले पुरै तलव दिन नसक्ने उल्लेख गर्दै ति महिलाले हालका लागि आधा तलवमात्रै करि पच्चीस सय दिन तयार रहेको बताइन् । पिडीत चेलीले पनि पच्चीस भएपनि लिएर घर जाने निर्णय गरिन् ।

No comments:

Post a Comment