Total Pageviews

Sunday, September 18, 2011

0

दस लाख पर्यटकहरू भित्र्याउने लक्ष्य पर्यटन बोर्ड अधिकांश अयोग्य सदस्यहरूको कारण गतिहीन

दस लाख पर्यटकहरू भित्र्याउने लक्ष्यसहित सुरु भएको पर्यटन वर्ष २०११ पर्यटन बोर्डका औाठाछाप बोर्ड सदस्यहरूको कारणले लथालिङ्ग र भताभुङ्ग हुन पुगेको छ । पर्यटन बोर्ड यतिबेला आˆनै बोर्डका अधिकांश अयोग्य सदस्यहरूको कारण गतिहीन अवस्थामा पुगेको बोर्ड सम्बद्ध कर्मचारीहरूले बताएका छन् । पर्यटन बोर्डको सदस्य हुन पर्यटन क्षेत्रमा काम गरिरहेको र पर्यटन क्षेत्रका विकास र विस्तारमा विशेष दक्षता हासिल गरेको दक्ष अर्थात् विज्ञ व्यक्ति हुनुपर्ने पर्यटक बोर्डको ऐन तथा नियमावलीमा व्यवस्था भए पनि राजनीतिक आस्था र आˆना आसेपासेहरूलाई बोर्डको सदस्य बनाउन हानाथापको कारण औाठाछापहरूले बोर्डमा हालिमुहाली गर्ने मौका पाएका छन्, जबसम्म राजनीतिक हस्तक्षेपको आधारमा बोर्डका सदस्यहरू पर्यटन विज्ञहरूबाट नियुक्ति हुादैनन्, तबसम्म पर्यटन क्षेत्रको विकास र विस्तारमा सरकारी तवरबाट ल्याउने कार्यक्रम अर्थहीन हुने बोर्ड सम्बद्ध कर्मचारीहरूको भनाइ रहेको छ । यसैबीच, पर्यटन बोर्डको कार्यकारी प्रमुखको पदावधि आगामी कात्तिक १५ गते सकिादैछ र नयाा कार्यकारी प्रमुखको छनौटका लागि बोर्डका तीनजना सदस्यको पदपूर्ति समिति गत बिहीबार बसेको बोर्डको बैठकले गठन गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार पदपूर्ति समितिका तीनजना सदस्यमध्ये ध्रुवनारायण श्रेष्ठबाहेक गणेश सिंखडा र निमी शेर्पिनी सामान्य साक्षर मात्र छन् । निमी शेर्पिनीले पर्यटन बोर्डको सदस्य हुन पेस गरेको व्यक्तिगत विवरणमा शैक्षिक योग्यताको सम्बद्धमा कहीा, कतै उल्लेख गरिएको छैन भने गणेश सिंखडाले व्यक्तिगत विवरणमा स्नातक गरेको भने पनि कुन विषयमा, कहिले र कहााबाट स्नातक गरेका हुन् कुनै कुरा खुलाइएको छैन । पर्यटन बोर्डका सदस्य हुन पर्यटनसम्बन्धी विज्ञ हुनुपर्ने नियमावलीमा व्यवस्था भए पनि तत्कालीन पर्यटन मन्त्री हिसिला यमिको ठाडो आदेशमा गणेश सिंखडा र निमी शेर्पिनीलाई बोर्डको सदस्य नियुक्ति गरिएको स्रोतको दाबी छ । तत्कालीन पर्यटनमन्त्री हिसिला यमिलाई दिदी र वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईलाई भिनाजु भन्ने गणेश सिंखडाको बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि चुरीफुरी थामिनक्सनु भएको स्रोतले बताएको छ । स्रोतका अनुसार गणेश सिंखडा यतिबेला आफू प्रधानमन्त्री भट्टराई र हिसिला यमिको दूत भएको र पर्यटन बोर्डको सम्पूर्ण कामकाज हेर्ने जिम्मा आफूले पाएका भन्दै बोर्डको दैनिक कामकाजमा समेत हस्तक्षेप पुर्‍याइरहेका छन् ।
यसै सिलसिलामा गत सोमबार गणेश सिंखडाले पहलकद्मी लिई प्रधानमन्त्री निवासमा बिहान ९ बजे पर्यटन सचिव डा. गणेशराज जोशी र विदामा रहेका पर्यटन बोर्डका कार्यकारी निर्देशक प्रचण्डमान श्रेष्ठलाई बोलाउन लगाई प्रधानमन्त्रीको समुपस्थितिमा हिसिला यमिले बोर्डको हरेक काम गणेश सिंखडाको निर्देशनमा गर्नु भनी आदेश दिएको स्रोतको दाबी छ । स्रोतका अनुसार विदामा बसेका प्रचण्डमान श्रेष्ठ र सचिव जोशीले पर्यटन बोर्डको नियमानुसार कार्यकारी निर्देशकको पदावधि सकिएपछि बोर्डको कार्यकारी निर्देशकको नियुक्ति प्रक्रिया अघि बढाउने पर्यटन बोर्डको ऐन तथा नियमावलीलाई आफूले उल्लंघन गर्न नसक्ने बताएपछि बोर्डका सदस्य गणेश सिंखडा, प्रधानमन्त्रीपत्नी हिसिया यमिको शरणमा पुगेका थिए । उनै गणेश सिंखडाको चापलुसीमा परेर हिसिला यमिले पर्यटन मन्त्रालयका सचिव र बोर्डको विदामा बसेका कार्यकारी निर्देशक प्रचण्डमानलाई प्रधानमन्त्रीको ठाडो आदेश भन्दै प्रधानमन्त्री निवासमा बोलाएर हप्काएको र पर्यटन बोर्ड एवं नियमावलीको दुहाईमा आˆनो आदेश नमाने ठीक नहुने भन्दै हप्काएको स्रोतको दाबी छ ।

No comments:

Post a Comment