Total Pageviews

Saturday, September 17, 2011

0

चौतर्फी आक्रमण बढेपछि मोर्चा माओवादी बिचको सम्झौता संकटमा

काठमाडौं । एकीकृत नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच गत भदौ ११ गते भएको चारबुँदे सहमति कार्यान्वयन नहुदै उक्त समझोता प्रति चौतर्फी प्रहार सगै चारबुदे समझौता संकटमा परेका छन । चारबुँदे सहमतिले नै माओवादीलाई सत्तारोहण गराएको र सत्तारोहणका लागि माओवादीले मधेशी समुदायलाई िसंगै देश बेचिदिएका भन्दे उक्त समझौता प्रति चौतर्फी आक्रमण बढेपछि मोर्चा माओवादी बिचको सम्झौता संकटमा परेको हो । संसद्िभत्र र बाहिर रहेका विपक्षी राजनीतिक दलहरु उक्त सहमतिविरुद्ध एकजुट नै हुन पुगेका छन भने संयूक्त लोकतान्त्रिक मधेशी मोर्चा समेत मुकदर्शक बनेका छन । एक समाचार श्रोतले भने यस्तै रहे मधेशी मन्त्रिहरु मन्त्रालय मै ब्यस्त रहन्छन यता अर्को गठबनधन समेत बन्न बेर छैन । त्यस्तै स्वयं माओवादीभित्रै पनि कन्टेनर साँचो विवादमा असहमत कित्तामा उभिन पुगेका वैद्य खेमाका नेताहरुले समेत चार बुदे समुझौता मार्फत माओवादी मधेशवादी समक्ष आत्मसर्पण गरेको आरोप लगाएका छन । यता मधेश विरोधी बिगतका शक्तिहरु पनि यतिबेला चारबुँदेको विरुद्धमा उत्रिने तयारमिा रहेको समाचार श्रोतले जनायो । मधेश सरोकारका सामुदायिक सवालमा संविधान निर्माण प्रकि्रयामा आरम्भदेखि नै विभिन्न पक्षबीच गु_िम्सएर रहेका द्वन्द्वहरु यतिखेर प्रकट भएर आएको छ र यो द्वन्द्व समग्रमा राज्यपुनस्रंरचनाको तमाम सवालहरुलाई छिनाफानो गर्दै मुलुकलाई राजनीतिक निकास दिनमा असफल हुने विश्लेषणहरु हुन थालेका छन । माओवादी
-मधेशी मोर्चाबीच चारबुँदे सहमति भए लगत्तै नेपाली कांग्रेस र नेकपा एमाल्ऽेका नेताहरु
विरोधमा उत्रिए । नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दल्ऽका नेता रामचन्द्र पौडेलले त पत्रकार सम्मेलन नै आयोजना गरी चारबुँदे सहमति विगतका
सम्झौता र ऐनकानूनविपरीत रहेको बताउँदै घोर आपत्तिजनक रहेको बताए त्यस्तै एमाले केन्द्रीय समितिले चारबुँदेविरुद्ध विशेष प्रस्ताव नै पारित गर्दै उक्त सहमतिले सम्बोधन गरेका मधेश सरोकारका हरेक सवालको खुला विरोध गरेको छ । प्रस्तावमा भनिएको छ ुचारबुँदे सहमतिका कतिपय प्रावधान विवादास्पद भ्रामक गलत र हानिकारक छन खारेज गर्न माग गर्छाैं ।ुएनेकपा माओवादीका मोहन वैध पक्षधर नेता सीपी गजुरेलले माओवादी अध्यक्ष प्रचण्ड र मधेशी दलबीच भएको चारबुँदे सहमतिप्रति असहमति जनाउदै उक्त सहमती सिगौ माओवादीको नभएको स्पस्ट पारे । यता माओवादी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु तथा प्रधानमन्त्री डा। बाबुराम भट्टराईले विभिन्न अवसरहरुमा माओवादीमधेशी मोर्चा चारबुँदे सहमति स्वाभाविक भएको बताउँदै आएका छन ।
खटपट
एकिकृत नेकपा माओवादी र ५ मधेशवादी दल समर्पीत संयूक्त लोकतान्त्रिक मोर्चा बिच भएको ४ बुँदे सम्झौता अनुरुप वनेको वर्तमान सरकारले पूर्णता समेत पाएको छैन तर मोर्चा र माओवादी विच अन्तरद्धन्द्ध सुरु भएको रहस्यदोघाटन भएको छ । न्यूज अप्रेशनले प्राप्त गरेको समाचार अनुसार प्रधानमन्त्री डा।
बाबुराम भट्टराईले कुनै पनि समन्वय नगरी मोर्चालाई वेवास्ता गर्दे मौन मौची तवरबाट सरकार संाचालन गरेको भनी मोर्चा का नेताहरु विच्कीएका हुन् । प्रधानमन्त्रीले सकारात्मक कार्यहरु धेरै गरेका छन् यसमा दुइ मत छैन तर मधेशी मोर्चासँग कुनै समन्वय नै नगर्ने गर्ने गरेको आरोप मोर्चाका नेताहरुका रहेका छन् । त्यसो त सरकारमा गए लगत्तै माल कमाउने धुनमा व्यस्त मधेशी दलका नेताहरुको यस्तो विरोध देखावटी हुन् वा वास्तविक भन्न नसकिएता पनि मोर्चा र माओवादी अन्तरद्धन्दले परिणाम नराम्रो ल्याउने राजनीतिक विश्लेषकहरुले बताउन थालेका छन् ।
साझा प्रकाशनको मुद्धा देखि लिएर पछिल्लो पटक मन्त्रिपरिषद विस्तार सम्ममा मोर्चाका नेताहरुको असंघाती जनाएका छन् । मधेशी मोर्चा अन्र्तगत पछिल्लो पटक प्रवेश गरेका मधेशी जनअधिकार फोरम गणतान्त्रिक र तराई मधेश लोकतान्त्रिक पार्टीका नेतृत्व सबैभन्दा असन्तुष्ट रहेका छन् । प्रधानमन्त्रीको कार्यशैली प्रति एक श्रोतले भने माओवादी सँग सम्झौता त भएको छ तर प्रधानमन्त्री सँग कुनै खालको सम्झौता भएको छैन । मन्त्री परिषद विस्तार भएपछि प्रधानमन्त्री भट्टराई र मोर्चाका शिर्ष नेताहरु बिच विशेष बैठक वेला-वेलामा बस्ने सहमति थियो तर त्यस्तो बैठक अहिले सम्म बसेको छैन । मोर्चा बाहिर रहेका तथा फोडिएको पार्टी अहिले सम्म मान्यता नपाएको अवस्थामा संघिय सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झालाई प्रधानमन्त्रीले अचानक मन्त्रीको रुपमा नियुक्त गरेपछि मोर्चा अन्र्तगतका अर्को घटक सद्भावना पनि विचकिन पुगेको छन् । समाचार श्रोतले भने सद्भावना अध्यक्ष लगायत मोर्चाका प्राय सबै नेताहरुले मोर्चा बाहिर रहेका अन्य मधेशवादी दलहरुलाई सरकारमा सहभागि गराउने विषयमा विशेष छलफल गरेर मात्र गराउने सहमति थियो तर प्रधानमन्त्रीले त्यस्तो गरेनन् । जसकारण मोर्चा लगायत खासगरी सद्भावना अध्यक्ष महतो यतिबेला असन्तुष्ट बनेका छन् ।
यता माओवादी सँग मोर्चा वन्दी गर्नु अघि फोरम गणतान्त्रिकका जयप्रकाश गुप्ता राजकिशोर यादव तमलोपाका जितेन्द्र सोनल फोरम लोकतान्त्रिकका रामजनम चौधरी तमलोपा नेपालका दानबहादुर कुर्मी लगायतका नेताहरु सम्बन्धित टोलि सिनामंगल स्थित गुप्ता निवासमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा हाल प्रधानमन्त्री रहेका डा।भट्टराई विच भएको सहमति विपरीत प्रधानमन्त्री भट्टराईले मौन मौजी गरेको भन्दै गसप्ता लगायत नेताहरु असन्तुष्ट बनेका हुन् । संाचार मन्त्री समेत रहेका गुप्ता निकट एक श्रोतले भने उनकै पार्टीका नेता राजकिशोर यादव लगायत तमलोपाका सोनलहरुको अलग्गै मोर्चा बन्दी भइरहेको सुइको पाएर गुप्ता पनि मौन बसेका हुन् । त्यसमा पनि गुप्ताको भ्रष्टाचार सम्बन्धि मुद्धामा प्रधानमन्त्री भट्टराईले खासै सकारात्मक सहयोग नगरेकोमा गुप्ता आफैमा असन्तुष्ट बन्न पुगेका छन् । शनिबार राजधानी काठमाण्डौमा आयोजित एक कार्यक्रममा तमलोपाका नेता सोनलले प्रस्टै रुपमा प्रधानमन्त्री भट्टराईको आलोचना गरे । उनको आलोचनाको धेय थियो तमलोपाको तर्फबाट सोनललाई मन्त्री नबनाउनु । त्यसो त एक समितिका सभापति समेत रहेका सोनल सभापति पद छोड्न समेत राजी भएका थिए तर प्रम भट्टराइको सकारात्मक सहयोगको आश्वासन नपाएका कारण
सोनल मन्त्री मन्त्री बन्न नसकेको एक श्रोतले बताए । यता राज्य मन्त्रीहरुको सवालमा समेत मोर्चाका नेताहरु र प्रम भट्टराई बिच खटपट चलिरहेको छ । तर विश्लेषकहरुले भने माओवादी र मधेशी मोर्चाबिचको सम्झौता तथा प्रधानमन्त्री र मधेशी मन्त्रीहरु विचको सम्झौता अलग-अलग कुरा छन् । साथै यही कुरा स्पष्ट रुपमा नबुझेका कारण प्रम भट्टराई र मधेशी मनत्रीबिच खटपट सुरु भएको हो । त्यस्तै मोर्चामा रहेका ५ ओटै अध्यक्षहरु विच समेत यतिबेला समन्वय राम्रो नभएको श्रोतले दावी गरेका हुन् । एक श्रोतले भने मोर्चालाई यति बेला निस्कृय बनाएको छ भन्दा कुनै अनुचित नहोला । सरकार गठन भएको तेस्रो हप्ता चलिरहेको छ । तर मोर्चा समन्वय दलहरु बिच कुनै खालको बैठक÷छलफल भएको छैन । विभागीय मन्त्रालयहरुको आन्तरीक लुच्छाचुडिमै मन्त्रीहरु सिमित रहेका छन् । श्रोतले भने मोर्चा यति बेला पुर्ण रुपमा निस्कृय बनेको छ ।


No comments:

Post a Comment