Total Pageviews

Sunday, September 18, 2011

0

समाजवाद असत्य कि हामीहरुका कल्पना -शोभाकर पराजुली

समाजवाद सत्य हो । समाजवादको माध्यमबाट नै बिकास र समानताको समायोजन गर्न सकिन्छ । तर समाजवादको नाममा अन्यत्य काल्पनिक र हुन सक्ने तथा आत्मनिष्ठ बिचार राखिन्छ भने या त्यो जनतालाई झुक्याउने कार्य हुन्छ या काल्पनिक कथा जस्तो हुन्छ । यो पक्षलाई प्रष्ट गर्न प्रदिप नेपालले भन्नु भएको - नेपाली कांग्रेसको बर्तमान नीति समाजवाद बिरोधी हो नेपाली कांग्रेसको कुनै न कुनै नेताले सार्वजनिक रुपमा जवाफ दिनै पर्दछ भन्न्ो सवालमा मैले केही लेखेको िथंए । कम्युनिष्ट नेता र कार्यकर्ताहरुले कांग्रेसको समाजवादको परिभाषा र कम्युनिष्टहरुको परिभाषा फरक भएको तथ्यलाई बुझ्न जरुरी छ । अहिलेसम्म पनि उनीहरु कांग्रेस अर्थात लोकतान्त्रिक समाजवादीहरुको वैचारिक धरातल र आर्थिक पक्षको बारेमा प्रष्ट छैनन् । अज्ञानता उनीहरुको समस्या भए पनि कहिले कांहीं साझा बिडंवना हुन पुग्दो रहेछ ।

कम्युनिष्टहरु पुंजिवाद पछिको अर्को संक्रमणकाल समाजवाद हो र समाजवादमा योग्यता अनुसार काम र काम अनुसार माम अर्थात आवस्यकताको परिपूर्ति गर्ने भन्ने गर्दछन् । लोकतन्त्रमा बिश्वास गर्ने समाजवादीहरुको लक्ष्य पनि समाजवाद हो र सुरुवात पनि समाजवाद र समाजवाद जहिले पनि आउन सक्दछ तथा पहिला पनि आउन सक्ने थियो । कांग्रेसको समाजवाद भनेको समाज जुन अवस्थामा छ त्यो अवस्थाको सदुपयोग अधिकतम बिकास शान्ति र समानताको माध्यमबाट गरेर समाजको हित गर्नु भन्ने हो । कति प्रष्ट बिचार छ यो । समाजलाई बिकास गर्नु र बिकासको प्रतिफल सवै जनतालाई न्यायपूर्ण रुपमा दिनु र िदंदै जानु भन्ने सोच वा सिद्धान्त नराम्ा्रो हुन सक्दैन । यसको लागि आधारभूत आवस्यकताको परिपूर्ति सवै नागरिकलाई हुनु पर्दछ ।पूजिवाद सम्मको बारेमा कम्युनिष्टहरुको र अन्य सवैको उत्पादनको संवन्धमा गरिएको ब्याख्या समान जस्तै भए पनि बितरणको संवन्ध्ामा फरक अवधारणा छ । कम्युनिष्ट पार्टीलाई सहयोग नगर्ने सबै पूजिपतिहरु श्ााेषक सामन्त र अराष्ट्रिय आदिमा भन्ने गनिन्छन् तथा पूजिवादीहरु प्ाूजिपतिहरुलाई बढी सम्पत्ति थुपार्न िदंदा उनीहरुले त्यसलाई बिकासमा लगाउंछन् भन्ने गर्दछन् । समाजवादीहरु न्युनतम आवस्यकता परिपूर्तिबाट सुरु गरेर पूर्ण समानतामा जानेमा जोड दिन्छन् । समाजवादीहरुल्ो त्यो समाजवाद दिएका छैनन् भन्ने पनि छ । यो सत्य पनि हो बास्तवमा समाजवादीहरुले त्यो गर्न सकेका छैनन् । युरोपका केही देशमा र अन्य केही देशहरुमा पनि बितरण प्रणाली बेरोजगार भत्ता सामाजिक सुरक्षा शिक्षा तथा स्वास्थ्यका संवन्धमा सुरक्षा भएको पाइन्छ । नेपाल जस्ता देशहरुमा त्यसो हुन नसक्नु दुखद हो । तर समाजवादीले मात्र होइन साम्यवादील्ो त झन कहीं पनि लक्ष्य अनुसारको काम गर्न सकेका छैनन् र चाहेका पनि छैनन् । नेता धनी र जनता पिडित मात्र होइन नेपालमा त मानिस मार्ने सम्म र बिकासका पुर्वाधार नै नष्ट गरेका छन् । समाजवादीहरुले नेपालमा पनि राम्रा कार्यहरु थोरै गरेका छन् तर साम्यवादीहरुल्ो त नकारात्मक कार्य गरेका छन् । यो जनताले बुझेको कुरा पनि हो ।

कम्युनिष्टहरुको समाजवाद उन्मुख समाजको पहिलो लक्ष्य भनेको समाज हित नभई सत्ता कब्जा गर्ने हो भन्ने अहिले सम्म्ाका ब्यवहारले देखाएका छन् ।

म्ाहामानव वी।पी।लॆ समाजवाद माथि उल्लेखित आर्थिक आधार र राजनीतिक रुप्ामा लोकतन्त्रको जगमा अडिएको हो भन्ने प्रष्ट गर्नु भएको छ । तर समाजवादको नाममा गल्तीको पनि विरोध गर्न नपाईने बन्धनमा त सजग हुनै पर्दछ ।समाजवादीहरु र कम्युनिष्टहरुमा रहेको अहं भिन्न्ाता भनेको कम्युनिष्टहरु आफ्ना नेताहरुलाई भिन्नै धातुले बनेका भनेर दलाली गर्दछन् र मरे पछि धार्मिक गुणगान जस्तो गर्दछन् तर समाजवादीहरु ब्यवहारमा नै नेताहरु पनि मानिस नै हुन् र गल्ती हुन सक्दछन् तसर्थ गल्ती गर्नबाट रोक्ने र गरेमा सजाय हुने प्रणली चाहिन्छ भन्ने गर्दछन् । त्यसको लागि केही आधारभूत पक्षहरु ज्ास्तै बहुलवाद बहुदलिय ब्यवस्था सवै शान्तिपूर्ण राजनीति गर्ने दलहरुको समान हैसियत र अशान्ति मच्च्ााउनेहरुलाई सजाय गर्ने आदि अपरिवर्तित हुनु पर्दछ भन्ने हो ।

ल्ााेकतन्त्र मान्नेको लागि समाजवाद निर्माण स्थाइ रुप्ामा जनतालाई झुक्याउने विषय बन्न सक्दैन । तर लोकतन्त्रलाई एक दल र बिचारको परिभाषामा सिमित गर्ने हो भने समाजवाद र यसको निर्माण असंभव हुन सक्दछ । समाजवाद मात्र होइन साम्यवाद पनि जनताको बिकास समानता र शान्तिको लागि माध्यम हुनु पर्दछ यो लक्ष्य हुनु हुंदैन । माध्यमको बिकल्प्ा हुन्छ अर्थात उही रोग निको पार्ने औषधी एउटै हुन्छ भन्ने छैन । त्यस्तै वर्ग सत्रु भए आफ्नै बाबु आमा भए पनि बांकी राख्नु हुंदैन भन्ने सोच साम्यवादीको मुलमन्त्र हो र यो समाजवादीको लागि अपराध हो । परिवारमा पनि अलग अलग बर्ग र बर्ग सत्रु हुने बिचारको कुरा गर्नु अधिकतम रुप्ामा अस्वभाविक हो । समाजवादीहरु कम्युनिष्टहरु जस्तो माध्यममा एडिक्ट हुंदैनन् । राम्रो कार्यमा मानिस एडिक्ट हुंदैन किनभने उ राम्रोको कारणले लागेको हुन्छ । प्रष्टै छ कि मानिस रक्सीको एडिक्ट हुन्छ दुधको हुंदैन । गलत बिचारमा एडिक्ट हुने र राम्रो बिचारमा एडिक्ट नहुनुको पछि गलत कार्य गर्नेहरुका मित्रहरु गलत हुन्छन् र मिलेर मानिस मारेका संपत्ति लुटेका पुलहरु भत्काएका बसमा मिलेर बम हानेर धेरै मानिस मारेका हुन्छन् । यसको मान्यताको लागि पनि गलत बिचारलाई ठिक भन्नु पर्ने उनीहरुको बाध्यता हुन्छ । राम्रो गर्नेहरुमा यो अवस्था हुंदैन ।हामीले यस्तो कार्य गर्नु पर्दछ जुन कामको लागि कहिल्यै पनि पछुतो गर्न नपरोस् । यो समाजवादको अहं पक्ष नै हो । नजानेर भएका गल्तीहरु पनि सच्याउन सजिलो माध्यम होस् र अरुले मन नपरेका कुराको सजिलैसंग बिमति जनाउन सकुन् भन्ने भावनाले बिकासलाई साथ दिन्छ । यसको लागि चाहिने पूर्वसर्त नैे लोकतन्त्र हो । समाजवादी आर्थिक नीतिले यसलाई बलियो बनाउंदछ ।

लोकतन्त्र कहिल्यै जनताको सत्रु हुन सक्दैन । समाजवाद भनेको चरम लक्ष अटोपिया मा पुग्न सकिन्छ कि सिकंदैन भन्ने पनि होइन । जनता र नेता इमान्दारी साथ लागेमा लोकतन्त्रवाट सवैभन्दा सजिलैसंअधिकतम लक्ष हांसिल गर्न सकिन्छ । न समाजवाद असत्य हुन्छ न जनहित । तर कहिले कांही समाजवादको नाउंमा कल्पना गरिएका कुराहरुलाई नै सत्य मान्दा हामीमा भ्रम हुन्छ । उपन्यास राम्रो लाग्न सक्दछ तर सत्य मान्दा सफलता पाइन सिकंदैन । राजनीतिमा समाजवाद त्यो हदसम्म्ा सत्य हुन्छ जुन हदसम्म लोकतन्त्रमा खरो उत्रिदा पनि ठिक देखिन्छ । जनतालाई ब्ोवास्ता गर्ने कथित समाजवाद भने कागजको माछा जस्तै हो । हामीहरुका परिकल्पनाबाट सत्यमात्र अलग गर्न लोकतन्त्रले अरुल्ो भन्दा बढि सहयोग गर्दछ । लोकतान्त्रिक समाजवादको माग पनि त्यही हो ।



No comments:

Post a Comment