Total Pageviews

Sunday, September 18, 2011

0

यथास्थितिमा पारित आर्थिक बर्षकॊ बजेट को नेपाल सद्भावना पार्टी गजेन्द्रवादी धोर विरोध

एकीकृत नेकपा माओवादी र मधेशवादी दलहरु सम्मिलित सरकारको अर्थमन्त्रिद्वारा चालु आर्थिक बर्षकॊ बजेट संसदबाट यथास्थितिमा पारित गरिन लागेकोमा सरकारको यस कार्यको नेपाल सद्भावना पार्टी गजेन्द्रवादी धोर विरोध गर्दछ ।
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भए पश्चात पनि राज्यको मधेश प्रतिको विभेदकारी नीति र नियतमा कुनै परिवर्तन हुन सकेको छैन । जसको पछिल्लो कड।ीको रुपमा सरकारबाट चालू आर्थिक बर्षको मधेश विराधी बजेटलाई यथास्थितिमा पारित गर्न लागेको कार्य पनि हो । साथै यो कार्यले मधेशवादी राजनीतिक दलहरु वास्तवमा बेलाबखत गैरमधेशी दलहरुबाट आवश्यकताको सिद्धान्त अनुरुप उपयोग हुदै आएको र मधेशवादीहरु सत्ताको तुष्टीकरणका लागि तथा बढी भन्दा बढी मन्त्रालय पाउनका लागि जस्तो सुकै मधेश विरोधी समझौता र कि्रयाकलाप गर्न तयार रहने चरित्रको समेत पुर्नरावृति भएको भन्ने हाम्रो पार्टीको ठहर छ ।
नेसपा गजेन्द्रवादी सरकारसँग वर्तमान बजेटमा व्यवस्था गर्नका लागि निम्न मांगहरु प्रस्तुत गर्दछ ।
१। मुलुकको आर्थिक मेरुदण्डको रुपमा रहेको तर हाल जर्जर भईसकेको हुलाकी राजमार्ग राजनेता गजेन्द्र नारायण िसंह पथ को निर्माणका लागि बजेटमा हाल व्यवस्था भएको रकम अपुग भएको हुनाले यॊ मार्गको निर्माण कार्य तिन बर्ष भित्र सम्पन्न गर्ने योजना सहित बजेटमा आवश्यक रकमको व्यवस्था गर्ने ।
२। मधेशमा व्यापक रुपमा भइरहेको वन विनास र आन्तरिक अप्रवासनलाई तत्काल रोक्न बजेटमा विशेष कार्यक्रमको व्यवस्था गर्ने ।
३। धराशायी हुन लागेको मुलुकको उद्योग क्षेत्रको पुर्नउत्थानका लागि बजेटमा विशेष प्याकेजको व्यवस्था गर्ने ।
४ मधेशको ऐतिहासिक र पुरातात्विक महत्वको क्षेत्रहरुको संरक्षण र संबद्र्धनका साथै यसको पर्यटकीय विकासका लागि बजेटमा विशेष व्यवस्था गर्ने ।
५। मधेशी दलित मधेशी आदिवासी जनजाति तथा मधेशी महिलाको आर्थिक र सामाजिक उत्थानका लागि बजेटमा विशेष व्यवस्था हुनु पर्ने ।
६। जर्जर भईसककेा मधेशको कृषि क्षेत्रको विकास हरित क्रान्तिको नाराको रुपमा गर्न विशेष कार्यक्रम ल्याउनु पर्ने । साथै सुख्खा र बाढीले पीडि।त किसानका लागि विशेष राहतको व्यवस्था गर्नु पर्ने ।
यसर्थ चालू आर्थिक बर्ष २०६८÷६९ बजेटलाई संसदबाट उपरोक्त मांगहरु अनुरुप परिमार्जन सहित पारित गर्नका लागि नेसपा गजेन्द्रवादी सरकारसँग जोड।दार मांग गर्दछ । अन्यथा पार्टी देशव्यापि विरोधमा उत्रिने चेतावनी समेत दिन चाहन्छ ।


No comments:

Post a Comment