Total Pageviews

Monday, October 31, 2011

0

महानिमहासभामा सहभागिरीक्षक श्रेष्ठ भियतनामतर्फ प्रस्थान


काठमाडौं
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठ भियतनामको राजधानी हनोईमा संचालन हुने इन्टरपोलको ८०औं महासभामा सहभागि हुन गएराति त्यसतर्फ प्रस्थान गर्नुभयो ।सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय कोषराज वन्त र ठाकुरमोहन श्रेष्ठ लगायत बलका उच्च अधिकृतहरुले हार्दिक बिदाई गर्नुभएको थियो ।
यही कार्तिक १४ गतेदेखि १७ गतेसम्म संचालन हुने इन्टरपोलको सो महासभामा इन्टरपोलका सदस्य राष्ट्रका प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ । सो महासभामा फरार अपराधीको खोजी अन्तर्राष्ट्रिय प्रहरी सहयोग आपसी समन्वय मानव बेचविखन तथा तस्करीविरुद्धको कारवाही विभिन्न अपराधको रोकथामका उपायहरु लगायतका विविध विषयमा छलफल हुने बताइएको छ ।
विश्वका विभिन्न राष्ट्रका प्रतिनिधिहरु बीच अनुभव आदन-प्रदानसमेत हुने उक्त महासभा इन्टरपोलको नियमित कार्यक्रमअनुसार हरेक वर्ष हुने गर्दछ ।
यसैगरी महासभामा साइवर क्राइम लागुऔषधको ओसारपसार मानव बेचविखन तथा तस्करी विरुद्धको कारवाही अपराध नियन्त्रणमा इन्टरपोलका सदस्य राष्ट्रहरुका सुरक्षा संगठनको भूमिका लगायतका विविध पक्षमाथि अन्तरकि्रया हुने बताइएको छ ।
एचआइआरभी टोलीको सकि्रयाताले लुटपाटको प्रयास विफल ः-
काठमाडौं
काठमाडौबाट कोहलपुरतर्फ साइकलमा जाँदै गरेका दुई जना विदेशी पर्यटकमाथि गएराति बाँके जिल्लाको महादेवपुरी गाविस ५ झिझिरा खोला नजिकै लुटपाट गर्न खोज्ने लुटेराहरुको प्रयास सशस्त्र प्रहरी बलको हाइवे इमिडियट रेस्पोन्स भेहिकल एचआइआरभी टोलीको सकि्रयाताले विफल भएको छ ।
साइकलमा कोहलपुरतर्फ जाँदै गरेका अमेरिकी नागरिक माइकल चर्च र निजकी श्रीमती जिन चर्चलाई लुटेराहरुको समूहले पिछा गरेको थाहा पाउनासाथ सशस्त्र प्रहरी बल त्रिपुरा गण कोहलपुरबाट परिचालित एचआइआरभी टोली तत्कालै त्यसठाउँमा पुगेको थियो ।
ती विदेशी नागरिकलाई लुटपाट गर्ने योजनाकासाथ पिछा गरिरहेका लुटेराहरु एचआइआरभी टोलीलाई देख्नासाथ फरार भएका थिए ।
यसैगरी तनहुँ जिल्लाको बन्दीपुरमा गएराति धारिलो हतियार देखाई माइक्रोबसमा लुटपाटको प्रयास गर्ने तीन जनालाई सशस्त्र प्रहरी बलद्वारा राजमार्गमा परिचालित हाइवे इमिडियट रेस्पोन्स भेहिकल एचआइआरभी टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको बन्दीपुर १ वस्ने अर्जुन गुरुङ आशिष गुरुङ र प्रकाश गुरुङ रहेका छन् ।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग।१ ख ३५७४ नम्बरको माइक्रोबसमा लुटपाटको प्रयास भएको थाहा पाउनासाथ त्यसठाउँबाट नजिकै रहेको एचआइआरभी टोली तत्कालै त्यहाँ पुगी लुटेराहरु मध्येका तीन जनालाई पक्राउ गर्न सफल भएको थियो ।
त्यस इलाकामा सशस्त्र प्रहरी बल मनकामना गण भानुबाट खटिँदै आएको एचआइआरभी टोलीको सकि्रयाताले उक्त माइक्रोबसमा लुटपाट गर्ने लुटेराहरुको प्रयास बिफल भएको छ ।
पक्राउ परेकाहरुल्ााई आवश्यक कारवाहीको लागि तत्कालै स्थानीय प्रहरीमा बुझाएको छ ।
दुर्घटनाका घाइतेहरुको एचआइआरभी टोलीद्वारा उद्धार ः-
काठमाडौं
यात्रुबाहक बसको ठक्करबाट हिजोसाँझ तनहुँ जिल्लाको बन्दीपुर १ डुम्रे बजारमा गम्भिर घाइते भएका एक व्यक्तिलाई सशस्त्र प्रहरी बलको हाइवे इमिडियट रेस्पोन्स भेहिकल एचआइआरभी टोलीले उद्धार उपचारार्थ अस्पताल पुर् याएको छ ।
तीब्रगतिमा रहेको भे।१ ख १०२५ नम्बरको यात्रुबाहक बसले पैदलयात्री स्थानीय आँबुखैरेनी वस्ने सुकबहादुर वि।s।लाई ठक्कर दिँदा गम्भीर घाइते भएकोमा राजमार्ग ड्युटीमा रहेको एचआइआरभी टोलीले तत्कालै उद्धार गरी लक्ष्मी अस्पताल डुम्रे पुर् याएको थियो ।
सशस्त्र प्रहरी बल मनकामना गण भानुबाट राजमार्ग क्षेत्रमा परिचालित एचआइआरभी टोलीले पीडितको उद्धार गरेको हो । ठक्कर दिने बसका चालक र बसलाई स्थानीय प्रहरीमा बुझाइएको ।
यसैगरी पूर्वपश्चिम राजमार्गको काचनपुर जिल्लास्थित सुडा गाविसको लालपुर भन्ने स्थानमा हिजो बेलुका गाडीको ठक्करबाट घाइते भएका साइकल यात्रीलाई एचआइआरभी टोलीले उद्धार गरेको छ ।
महेन्द्रनगरबाट धनगढीतर्फ आउँदै गरेको ८६३४ नम्बरको बलेरो गाडीले सोही दिशातर्फ जाँदै गरेका स्थानीय दैजी १ वस्ने साइकलयात्री पृथ्वीराज भट्टराईलाई ठक्कर दिँदा गम्भीर घाइते भएका छन् ।
उनलाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय काचनपुरबाट खटिएको एचआइआरभी टोलीले महाकाली अाचल अस्पताल पुर् याएको छ ।
यसैगरी पथलैयाबाट हेटौडातर्फ जाँदै गरेको ना।९ प २८३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई हिजो राति करीब साँढे आठ बजे बाराको अम्लेखगंजमा दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।
घाइतेहरुलाई सशस्त्र प्रहरी बल सुरक्षा बेस अम्लेखगंजबाट परिचालित एचआइआरभी टोलीले उद्धार गरी उपचारको लागि वीरगंजतर्फ पठाएको छ ।
तीव्रगतिमा रहेको सो मोटरसाइकल सडक छेउमा पल्टिएर दुर्घटना हुँदा घाइते भएका उनीहरुलाई एचआइआरभी टोलीले तत्कालै उद्धार गरी अस्पतालतर्फ पठाएको थियो ।
यसैगरी मोरङको जिल्लाको विराटनगरस्थित पारिजात चोकमा गएराति नै मोटरसाइकलको ठक्करबाट घाइते भएका एक व्यक्तिलाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय मोरङबाट खटिएको एचआइआरभी टोलीले उद्धार गरेको छ ।
जोगवनीबाट विराटनगरतर्फ आउँदै गरेको मोटरसाइकलले पैदलयात्री स्थानीय मधुवनी राजबंशील्ााई ठक्कर दिँदा उनीसहित मोटरसाइकल चालक विराटनगर ७ वस्ने ओमकार मुखिया समेत घाइते भएकोमा एचआइआरभी टोलीले ती दुवैलाई तत्कालै उद्धार गरी कोशी अाचल अस्पताल पुर् याएको थियो ।
0

पोखरामा पनि छठको रौनक

पोखरा / पोखरामा पनि छठ पर्व मनाउन भारतीय मूलका तथातराईबासीहरुले तयारीलाई तीब्र पारेका छन । पोखराको नारायणथान मन्दीर नजिकको नहर फेवातालकोकिनार केदारेश्वर महादेवमणि मन्दिर परिसरमा हालै निमार्ण भएको पार्वती छठ घाट लगायतका ठाँउहरुमा छठ पुजा गर्न ब्यवस्थीत पारीएको छ । सामुहिकरुपमा पोखरामा मुख्य दुई ठाँउमा भए पनि जलासय क्षेत्रका कसैकसैले पुजा आज समेतगरेको पाईन्छ भने पहाडी मुलका ब्यक्तिहरुले समेत पछिल्लो क्रममा छठ पर्व मनाउन थालेकोपाईन्छ । छठका भत्तालुहरुले आफ्नै सकि्रयतामा अस्ताउँदो र उदाउँदो सूर्यलाईअर्घ दिनका लागि पुर्जा गर्ने स्थान सहज पार्न जुटेका छन । उनीहरुले केराको खम्माफलफुलका वोट लगायका वोटहरु सजाउने गर्नछन । सुर्यलाई भगवानको प्रतिको रुपमा पुजा गर्ने भक्तहरुले आफ्नोमनोकाक्षा पुरा हुने धार्मिक विश्व्ाासका साथ उनीहरु पुजा आज गर्न जुट्ने गर्दछन । पोखराकोनारायणथान मन्दीर नजिकको नहरमा करीब तीन दशकबाट पुजा आज गर्दै आए पनि पछिल्लोक्रममा भक्तहरुको सङख्यामा निकै बृद्धि भएको देवरानायण सुतीहारले बताउनु भयो ।
0

क्लवको भेलोबाट २ लाख ९२ हजार८०५ रुपैया संकलन


पोखरा  / २०५५ सालमा सथापित सहारा क्लबपोखराले आफ्नो स्थापनाकाल देखी नै नेपालीको महान चाड तिहारको उपलक्ष्यमा खेल्दैआएको ूदेउशी भैलोकार्यक्रमलाई यो पालि पनि निरन्तरता दियो ।कार्यक्रमबाट २ लाख ९२ हजार ८०५ रुपैयासंकलन भएको महासचिव केशवबहादुर थापाले जानकारी दिनुभएको छ । संकलित रकम सहाराक्लब पोखराद्धारा संचालित सहारा एकेडेमी साचालानार्थ खर्च हुने जानकारी गराईएकेा छ ।सँस्कृतिको जगेर्ना गर्दै कठिनपरिस्थिति एवं विपन्न वर्गका बालकहरुको सहारा एकेडेमीलाई सहयोग गरौं भन्नेमूलमन्त्रका साथ आयोजित कार्यक्रममा सहयोग गर्ने सबैलाई क्लवले आभार व्यक्तगरेको छ ।

Sunday, October 23, 2011

0

पत्रकार र खेलकुद विकास समिति वरावरी

पत्रकार र खेलकुद विकास समिति वरावरी
धनकुटा ४कार्तिकदिपावलीको अवसरमा जिल्ला खेलकुद विकास समिति धनकुटाको आयोजनामा आज सम्पन्न भएको फुटवल खेलमा पत्रकार र खेलकुद विकास समिति धनकुटाको टिम वरावरी भएको छ ।
नेपाल पत्रकार महासंघ धनकुटा र जिल्ला खेलकुद विकास समितिको टिम विच भएको फुटवल खेलमा निर्धारित समय भित्र दुवै टिको तर्फबाट तिन÷ तिन गोल गरी वरावरी भएको थियो ।
फुटवल खेल प्रतियोगितामा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष साजय सन्तोषी राईकेन्द्रिय सदस्य सिद्धराज राईशाखाका अध्यक्ष महोन वान्तवानिवर्तमान अध्यक्ष विजय सन्तोषी राईउपाध्यक्ष खगेन्द्र घिमिरेसचिव नगेन्द्र राई र राष्टिय खेलकुद विकास समितिका सदस्य कुसुम श्रेष्ठजिल्ला अध्यक्ष नगेन्द्र घतराजजिल्ला फुटवल संघका अध्यक्ष शम्भु प्रधान लगायनको उपस्थिती रहेको थियो ।
नेपाली कांग्रेस धनकुटाकाले जिल्ला सदरमुकाममा उपलब्ध नेता तथा कार्यकर्ताहरुको भेला गरी पार्टी संगठन विस्तारका लागी कार्तिक ८ गते धनकुटामा केन्द्रिय नेताको उपस्थितीमा कार्यकर्ता भेला गर्ने जानकारी गराएको छ ।
नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं नेता बिमेलेन्द्र निधिले शहिद भीम नारायण श्रेष्ठ स्मृती भवन जिल्ला पार्टी कार्यालय धनकुटामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी प्रचार विभाग प्रमुख विजय सन्तोषी राईले वताउनु भयो ।
सो अवसरमा नेपाली कांग्रेसका सभापती मनोहर नारायण श्रेष्ठले पार्टीका नेता बिमेलेन्द्र निधिको उपस्थितिमा हुने उक्त भेलामा सम्पूर्ण नेता तथा कार्यकर्ताहरलाई उपस्थित भै दिन आग्रह गर्दै शान्ति र संविधान निर्माणका लागी कांग्रेस कि्रयाशिल रहेको वताउनु भयो ।
यसैगरी नेपाली कांग्रेस धनकुटाका सचिव नविन किशोर शाक्य जिल्ला सदस्य विष्णु पौडेलअाजना ताम्लीगोविन्द्र थापानेपाल शिक्षक संघका अध्यक्ष गंगा ढुंगाना प्रचार विभाग प्रमुख विजय सन्तोषी राईतरुण दलका अध्यक्ष श्रीकृष्ण प्रधान महिला संघकी अध्यक्ष अम्विका राई लगायतलले नेपाली कांग्रेसलाई अव शसक्त बनाउनु पर्नेमा जोड दिदै कार्तिक ८ गतेको भेलालाई सफल बनाउन कि्रयाशिल ढंगले सवै लाग्नु पर्ने वताउनु भयो ।



Saturday, October 22, 2011

0

देशीकमा कुम्ल्याए विश्वबन्धु रेग्मीले

वै
काठमाडौं । वैदेशिक रोजगार विभागमा घुष वापतको
रकम उठाउने जिम्मा नायव सुव्वा विश्ववन्धु
रेग्मीले पाएका छन् । लामो समय स्वास्थ्य सेवा विभागमा बसेर लाखौं कमाएका रेग्मी साढे दुई वर्ष अगाडि वैदेशिक रोजगार विभागमा सरुवा भएका थिए । कर्मचारी र राजनीतिक तहका उच्चपदस्थ व्यक्तिहरुसँगको साठगाँठ रहेका नायव सुव्वा रेग्मी भ्रष्टाचार गरेर अहिले
लखपति बनेका छन् । उनीसँगै नवराज जैशी
राजन पोख्रेल लगायतका नायव सुब्बाले अहिले पनि आन्तरिक रुपमा लुट मच्चाएका छन । कार्यलयमा सिमित ब्यक्तीले लुट मच्चाएको त्यही कार्यरत एक कर्मचारीले न्यूज अप्रेशनलाई बताए । त्यसो त बिभाग अहिले लथालिङ्ग भताभुङ्ग बनेको छ । रोजगारको लागि बिदेशिने सयौं कामदारहरु अन्तराष्ट्रिय विमानस्थलबाटै फर्काइएका छन् । व्यक्तिगत प्रयासमा वैदेशिक रोजगारीको लागि जान चाहनेले स्वयं उपस्थित भै श्रम स्वीकृति निकाल्नुपर्ने विभागको निर्देशनपछि वैदेशिक
रोजगार झन लथालिङ्ग भएको हो । विभागले अनावश्यक दुःख दिएको भन्दै रोजगारमा जानेहरुले गुनासो गरेका छन् । विभागले दुइ हप्ता अघिदेखि यो नियम लागु गरेको हो । यसभन्दा अगाडि व्यक्तिगत श्रमस्वीकृति निकाल्ने एजेन्टहरुले निश्चित रकम लिएर व्यक्तिगत प्रयासमा वैदेशिक रोजगारीमा जानेहरुकॊ श्रमस्वीकृति निकालीदिन्थे । यसरी एजेन्टमार्फत श्रम स्वीकृती निकाल्दा व्यापक अनियमितता भएको रिपोर्ट प्रधानमन्त्री भट्टराई समक्ष पेश भएपछि प्रधानमन्त्री ले ठाडो निर्देशन दिएका थिए । अहिले पनि बिभागमा विश्वबन्धु
रेग्मी नवराज जैशी राजन पोख्रेलको मिलेमतोमा आन्तरिक काम हुनेगरेको स्रोतको दाबी छ । स्वयं उपस्थित भएर श्रम स्वीकृति निकाल्ने अन्तिम स्वकृती दिने शाखामा बैदेशिक रोजगार ब्याबसायीसँग मोलमोलाई गरि सम्पृर्ण कारोबार भित्रैबाट हुने गरेको छ । उता तिर एउटा भिड एकाविहानैदेखि लाईनमा बसेर श्रम स्वीकृती निकाल्छन् भने अर्का तिर भित्रभित्रै ब्याबसायीसँग मिलेर रकम लिदै मलेसीयाको केडिएम नमिलेका कागजात होस या साउदीका लागि नमिलेका भिषाहरु पुर्णरुपमा कामको जिम्मा लिने गरेको जानकारीमा आएको छ । कागजात नमिलेको प्रतिकि्रया दिदै रेग्मी र पोख्रेलको निर्देशनमा व्यवसायिलाई दुख दिदै प्रति भिषा रु १००० का दरले उठाउदै काम गरि दिने गरेका छन् एक बैदेशिक रोजगार व्यवसायिले बताए । श्रम स्वीकृति निकालेर विमानस्थलमा पुगेकाहरुलाई समेत कर्मचारीले चेकजाँच गरि पैसाखाने मेसो गरिरहेका छन । आवश्यक कागजात मिलेन भनेर फर्कनु पर्ने या रकम निकाल्न बाध्य बनाएकाछन् । यसरी विभाग देखि विमानस्थल सम्म केही व्यक्तिले खुलेआम लुट मच्चाइरहेका छन् उनीहरुमाथि सरोकार निकायले समयमै ध्यान दिन जरुरी छ ।
डा।बावुराम भट्टराई प्रधानमन्त्री भएपछि वैदेशिक रोजगार विभागमा केही परिवर्तनको संकेत देखिन थाले पनि भ्रष्ट रेग्मी पोखरेल जैशीका कारण सुधार आउने संकेत देखिएको छैन् । दशैं लगत्तैदेखि विभागले व्यक्तिगत प्रयासमा वैदेशिक रोजगारमा जानेहरु स्वयं उपस्थित हुनुपर्ने निर्देशन दिएपछि विभागमा भिड बढेको छ । विभागमा भिड देखाएर धमिलो पानीमा माछामार्न पल्केका रेग्मीले यही मौका छोपेर विभागका महानिर्देशक नरेन्द्रराज शर्मा निर्देशकहरु ल्ाालबाबु कवाडी र काशीराज दाहाललाई हात लिएर घुष बटुल्ने तरिका
परिवर्तन गरी त्यो जिम्मा आँफैले लिएको विभाग श्रोतले उल्लेख गरेको छ । यी सुव्वाहरुको विहान दश वजे अफिस आउँदा पाइन्टका दुवै खल्ती खाली हुन्छन् । जब मध्य दिन हुन्छ उनका पाईन्टका दुवै तर्फका खल्ती हजार हजारका नोटले टन्न परेका हुन्छन् एक स्रोतले न्यूज अप्रेशनलाई बतायो । पाइन्टले धान्न नसकेर पाइन्ट धेरै तल खसेको प्रष्ट देख्न सकिन्छ । चारैतिर प्रहरी घेरा लगाएर खुलेआम घुष बटुल्दा निरिह प्रहरीहरु हेरेको हेर् यै हुन्छन् । किनभने यस्ता भ्रष्टलाई समात्ने अधिकार प्रहरीका हव्लदार र सिपाहीलाई छैन् । अधिकार भैदिएको भए उनीहरुले रङ्गेहात पक्राउ गरिदिन्थे । जव दुवै पाइन्टका प्याकेट भरिन्छन् त्यसपछि सुव्वा रेग्मीले महानिर्देशक र निर्देशकको कार्यकक्षमा गएर खल्ती घटाउँछन् अनि फेरि वैदेशिक रोजगार विभागको सेतो घरको भुइतल्लामा रहेको अन्तिम स्वीकृति शाखाको दक्षिणतर्फको
विचको कोठामा चारैतिरबाट भुयालढोका बन्द गरेर असुल्न थाल्दछन् । यी सुव्वाहरुलाई
राज्यले टुलुटुलु हेरिरहेको छ । विगत साढे दुई वर्ष अघिदेखि रेग्मी पोखरेल र जैशी सुव्वाले यस्तै अवैध घुष बटुल्ने जिम्मा पाएका छन् । पटकपटक व्यक्तिगत शाखा र अन्तिम स्वीकृति शाखमामात्र बसेका रेग्मीले संचार माध्यामहरुलाई मिलाउने जिम्मा पनि पाएका छन् । कुनै पनि संचार माध्यममा वैरोको समाचार नआओस भनेर प्रत्येक पव्लिकेशन्सका कोही न कोही व्यक्तिसँग उनको राम्रो सम्वन्ध रहेकॊ छ । केही दैनिक पत्रिकामा प्रकाशन गर्न तयार पारिएको कभरस्टोरी लाखौं खर्च गरेर हटाउन रेग्मी सफल भएका थिए । साढेदुईवर्षको अवधिमा व्यक्तिगत र अन्तिम स्वीकृति शाखाभन्दा बाहिर नबसेका सुव्वा रेग्मीले व्यक्तिगत शाखामा रहँदा करोडौं करोड कमाईसकेका छन् । रेग्मीले व्यक्तिगत शाखामा घुष बापतको रकम घरसम्म लैजान बडेबडे मसल भएका दुईजना निजी पिए राखेका थिए । एकवर्ष अगाडि एक म्यानपावरका साचालकद्वारा साचालित टेलिभिजनले सुव्वा
रेग्मीले घुषलिदै गरेको श्रव्यदृष्य प्रसारण गर्दा समेत राज्यले उनलाई बहादुरको पगरी ओढाईदियो । कुनै कार्वाही गर्न सकेन । तत्कालीन माओवादीका तर्फबाट मन्त्री बनेका श्रममन्त्री लेखराज भट्टले रेग्मीले पार्टी परिवर्तन गर्ने शर्तमा उनलाई विभागमै राखेर पुरस्कृत गरियो । बरु उक्त टेलिभिजनमा कार्यरत रेग्मीको भिडियो खिच्ने र प्रसारण गर्ने संचारकर्मीलाई उक्त संचारमाध्यमबाट हटाईयो । सरकार परिवर्तनपछि रेग्मीले भ्रष्टाचार
गरेको उक्त रकम कलेज र मिडियामा लगानी गरेको थाहा हुन आएको छ । राज्यले थाहा नपाओस भनेर विदेशस्थित एक प्रतिष्ठत कम्पनीमा समेत उनको लगानी रहेको छ । रेग्मीले भ्रष्टाचार गरेको रकम नेपाल भित्रिने हो भनेमात्रै राज्यलाई ठूलो फाईदा हुने उनका सहकर्मी कर्मचारीहरुले उल्लेख गरेका छन् । भ्रष्टाचार गरेको रकमले अत्तालिएपछि रेग्मीले हालसम्म मासिक पचासौं हजार खर्चेर गुण्डा पालेका छन् । रेग्मीको हुण्डी खाएका गुण्डाको धाक लगाएर उनको वारेमा समाचार लेखेका एकजना पत्रकारलाई विभाग परिसरभित्र प्रवेश निशेध गरिएको विभाग श्रोतले उल्लेख गरेको छ । विजया दशमी २०६८ मा घुष बापतको रकम आफुनिकट पत्रकार राजनीतिक पार्टी विद्यार्थी संगठन र गुण्डागर्दीलाई बाडेका थिए । महानिर्देशक र निर्देशकहरुको कुनै पनि आदेश सुव्वा रेग्मीले मान्नु पर्दैन । प्रधानमन्त्री भट्टराईको निर्देशनपछि विभागका कुनै पनि कर्मचारीले घुष उठाउन नसक्ने जनाएपछि रेग्मीले आफैँले घुष उठाउने जिम्मा लिएका थिए । उनको नेतृत्वमा टोलीसमेत गठन गरिएको श्रोतको दावी छ । दैनिक दसौंलाख घुष बटुल्ने जिम्मा पाएका रेग्मीले सरकारदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मन्त्रालयसम्म बाँड्नुपर्छ भन्दै व्यवसायीहरुसँग अहिले पनि खुलेआम घुष उठाइरहेका छन स्रोतले बतायो ।

0

प्रधानमन्त्री नयाँ दिल्लीमा विमानबाट उत्रदा नै मर् यो ।

काठमाडौं÷प्रधानमन्त्री डा।बाबुराम भट्टराईको भारत भ्रमणका क्रममा नेपाल र नेपालीले जुन अपेक्षा गरेका थिएत्यो अपेक्षा प्रधानमन्त्री नयाँ दिल्लीमा विमानबाट उत्रदा नै मर् यो । पिकनकी त्यहाँ प्रधानमन्त्रीलाई स्वागत गर्न सिष्टाचार महापाल पो आए । नेपालले प्रधानमन्त्रीलाई स्वागत गर्न क्याविनेट मन्त्रीसम्म आउने अपेक्षा गरेको थियो ।
शुक्रबार हस्ताक्षर भएको द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता बिपा लॆ नेपालीलाई भन्दा बढि भारतीय ल्ागानीकर्ताल्ााई नेपाल्ा आउन प्रोत्साहन गर्नेछ । देशभित्र पर्याप्त पुँजी नहुँदा विदेशी ल्ागानी ल्याउनु मुख्य प्राथमिकता भएका बेल्ाा ल्ागानी संरक्षण सम्झौताल्ो त्यो उद्देश्य पूरा गर्न नेपाल्ाल्ााई सघाउ त पुर् याउला तर नेपाल्ाीका निम्ति भने विदेशी ल्ागानी खुल्ाा नगरिएकाल्ो बराबरीका आधारमा भएको यो सम्झौताबाट नेपाल्ाी व्यवसायी र ल्ागानीकर्ताल्ााई कुनै ल्ााभ हुनेछैन । नेपाल्ा उद्योग परिसंघका अध्यक्ष विनोद चौधरील्ो यही संकेत गर्दै थप भारतीय ल्ागानी नआउने हो भने यो सम्झौताको कुनै अर्थ नहुने बताउछन ।
ल्ागानी संरक्षण सम्झौताका ल्ाागि भारतल्ो झन्डै एक दशकअघि नै प्रस्ताव पठाएको पाइन्छ । माओवादील्ो द्वन्द्वका क्रममा नेपाल्ामा साचाल्ाित भारतीय ल्ागानीको कोल्गेट पाल्मोल्ािभ डाबर नेपाल्ा ल्ागायत उद्योगमा आक्रमण गरी क्षति र्पुयाएपछि भारतल्ो ल्ागानी संरक्षण सम्झौताको प्रस्ताव पठाएको थियो । केही महिनाअघि पनि भारतीय ल्ागानीको माथिल्ल्ााे कर्णाल्ाी जल्ाविद्युत आयोजनामा माओवादी कार्यकर्ताल्ो अवरोध गरेका छन । यो सम्झौता नभएसम्म नेपाल्ामा ल्ागानी सुरक्षा कानुनी रुपल्ो सुनिश्चित नहुने भारतीय अधिकारीहरुको कथन छ । सरकारल्ो भारतको प्रस्तावमा सहमति जनाउँदै २०५८ मै यस्तो सम्झौता गर्न सैद्धान्तिक सहमति जनाएको थियो । सम्झौताअनुसार उद्योग साचाल्ानमा अवरोध भई त्यसमा क्षति पुगे नेपाल्ाल्ो क्षतिपूर्ति दिनुपर्ने छ । माओवादी द्वन्द्व चल्ािरहेकै बेल्ाा भारतल्ो ल्ागानी सुरक्षाको चासो देखाउँदै गरेको यो प्रस्ताव माओवादी नेतृत्वको सरकारकै बेल्ाा सम्झौतासम्म पुगेको छ । यसबाट नेपाल्ाी व्यवसायीहरुल्ााई के फाइदा त नेपाल्ाीहरुको निम्ति विदेशमा ल्ागानी गैरकानुनी भएकाल्ो ल्ागानी संरक्षण सम्झौताल्ो नेपाल्ाी उद्योगी व्यवसायीका ल्ाागि कुनै अर्थ राख्दैन । हुन त प्रतिबन्ध भए पनि नेपाल्ाीहरुल्ो विदेशमा ल्ागानी नगरेका होइनन्ा । चौधरी समूहल्ागायत केही व्यावसायिक घरानाल्ो भारतमा ल्ागानी गरेका छन्ा । तर नेपाल्ाी पैसा ल्ागेर विदेशमा ल्ागानी गर्न प्रतिबन्धित भएकाल्ो नेपाल्ाी व्यवसायीहरुल्ो सिधै ल्ागानी गरेको स्वीकार गर्दैनन्ा । बरु कानुनबाट बच्न ल्ागानी होइन प्राविधिक सहयोग गरेको बताउँछन्ा । त्यही भएर द्विपक्षीय ल्ागानी संरक्षण सम्झौताबाट नेपाल्ाी उद्योगी व्यवसायील्ााई प्रत्यक्ष फाइदा हुने देखिँदैन । फाइदाका लागि भारतीयहरु यहाँ ल्ागानी गर्न आएजस्तै नेपाल्ाील्ााई पनि भारत वा अन्य मुल्ाुकमा ल्ागानी गर्न खुल्ाा गर्नुपर्छ । नेपाल्ाी उद्योगी व्यवसायील्ो ल्ाामो समयदेखि यो विषय उठाउँदै आएका छन्ा । दुई देशबीच हुने आर्थिक र वाणिज्य वार्तामा पटकपटक ल्ागानी संरक्षणको कुरा उठ्ने गरेको थियो । यो सम्झौताअनुसार भारतीय ल्ागानीका उद्योगल्ााई सुरक्षा दिन सरकार बाध्य हुन्छ ।
ल्ागानीका ल्ाागि आग्रह गर्ने तर सुरक्षा प्रत्याभूत गर्न नसक्ने अवस्थामा कोही पनि ल्ागानीकर्ता पुँजी ल्ािएर आउँदैन । कानुनी राज्यमा उद्योग व्यवसायको सुरक्षा सरकारको दायित्व हो । यस आधारमा यो सम्झौता सकारात्मक छ । भारतीय ल्ागानीकर्ताहरु ढुक्क भएर पुँजी ल्ागाउन सक्छन्ा । सम्झौताअनुसार कुनै सशस्त्र समूहल्ो भारतीय ल्ागानीको उद्योगमा आगजनी र विध्वंस गरे भने क्षतिपूर्ति नेपालले दिनुपर्छ । सानोतिनो बन्दहडताल्ाका कारण हुने क्षतिबारे दुवै देशका व्यवसायी रहेको समितिल्ो निर्णय गरेपछि मात्र क्षतिपूर्ति दिनुपर्ने वा नपर्ने तय गरिन्छ । सरकारल्ो भारतीय ल्ागानीको उद्योगल्ााई राम्रो सुरक्षा दिन सकेन र त्यहाँ आगजनी भयो भने यही सम्झौताका कारण नेपाल्ाल्ो क्षतिपूर्ति दिनुपर्दा नोक्सान हुन्छ । यसैकारण यसअघिका सरकार यो सम्झौता गर्न डराएका थिए । द्वन्द्वका बेला माओवादील्ो केही भारतीय ल्ागानीका उद्योगमा आगजनी गरेको राजाको प्रत्यक्ष शासनका बेल्ाा भारतीय ल्ागानीको युटिएल्ाल्ो दिने सेवा सरकारल्ो बन्द गरेको भन्दै युटिएल्ाल्ो त्यसबेल्ाा ४ अर्बभन्दा बढी नोक्सान परेको दाबी गर्दै त्यो पैसा फिर्ता पाउनुपर्ने दाबी गर्दै सरकारल्ााई तिर्नुपर्ने रोयल्टी दिएको छैन । ल्ागानी संरक्षण सम्झौताल्ो यस्ता विवादल्ााई सम्बोधन गर्नुपर्ने हुन्छ ।बहुराष्ट्रिय कम्पनीको ल्ागानी सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा नेपाल्ाल्ो पनि हस्ताक्षर गरेको छ । यो अवस्थामा बिपाको सान्दर्भिकता नभएको र त्यही अन्तराष्ट्रिय सन्धिल्ो पुग्ने विषय उठेपनि भारतल्ो पटकपटक आग्रह गरेपछि नेपाल्ाल्ो सम्झौता गर्ने मन्त्रिपरिषद् निर्णय गर् यो । मन्त्रिपरिषद्ल्ो हस्ताक्षर गर्न अनुमति दिइसकेको दोहोरो कर नल्ािने सम्झौता भने प्राविधिक कारणल्ो हुन सकेन । यो सम्झौता गर्ने निर्णय माधवकुमार नेपाल्ा नेतृत्वको सरकारल्ो गरेको थियो ।

0

भ्ाारत भ्रमण पछि सरकारको आयू

वर्तमान प्रधान मन्त्रीको अमेरीका पछिको दोस्रो भ्रमण भारतको भ्रमण हुनु अनिवार्य नै थियो नेपालको प्रधानमन्त्री भईसकेपछि प्रथम भ्रमण भारत अनिवार्य जस्तै जस्तै थियो तर त्यो
परीपाटीलाई तोड्दै प्रचण्डले आफ्नो भ्रमणलाई चिन तिर लगेपछि प्रचण्ड र चिनको सम्बन्धको
बारेमा खोज खबर कै विषय बन्यो तर वर्तमान प्रधान मन्त्री डा।बाबुराम भट्टराई प्रथम पटक नै भारत भ्रमणमा गएको भए अझ विवादको विषय बन्थ्यो होला तर अमेरिका पछि भारत भ्रमणमा गएको भए अझ विवादको विषय बन्थ्यो होला तर
अमेरीका पछि भारत भ्रमण ले गर्दा चर्चाको विषय नवनेपछि चाखको विषय चाही अवश्य बन्यो ।
यो सरकारको आयू ३ महिना सम्मको तोके पनि यो आयु माथि पनि आक्रमण गर्नेहरु असफलता तिर धकेल्नेहरुको कमि छैन । आफ्नै पार्टीबाट डा।बाबुराम भट्टराई प्रधान मन्त्री भए देखि नै सेना समायोजन को प्रकि्रया देखि आत्मलोचना खेप्दै आएको डा।बाबुराम गम्भीर परिस्थितीबाट सरकार लाई संविधान को खाका दिने प्रयत्न गर्नुभएको छ । भारत भ्रमण पछि यो सरकारको आयु केही थपियर आउँछ भन्ने कुरामा केहि दोमत छैन तर भारत भ्रमण पछि त्यहु बाट गरेको सम्झौतामा
विकास निर्माण देखि शान्ति सुरक्षाको सवालमा पनि कुनै किसिमको आपत्ति हुँदैन तर त्यहुबाट आउनु लगत्तै वर्तमान सरकारले दिने संविधानको खाका भारत भ्रमण पछि दिनेछ तर त्यस संविधान लाई भारतकै आर्शिवाद बाटै संविधान ल्याएको भनि आरोप लगाउनेहरुको कमि हुँदैन साथै डा।भट्टराईले जुन सुकै सम्झौता गरे पनि जनताको हक हितमा जस्तो सुकै सम्झौता गरे पनि राष्ट्रघाति निर्णय र भौगोलिक जटिलता लाई अगाडी बढाएर विभिन्न अवरोधहरु श्रृजना गर्नेहरुको कमि हुँदैन । हिजोको दिन सम्म भारत भ्रमण बाट भएको उपलब्धिहरुलाई तालि बजाई स्वागत गर्नेहरु वर्तमान अवस्थामा जस्तो सम्झौतामा पनि देशको हक हित को लागी उपयुक्त नभएको ठहर गर्नेछन् त्यसमा दोमत छैन सरकारमा नभएपछि जस्तो सुकै सम्झौता भएपनि नराम्रो लाग्नु र देख्नु स्वभाविक हो । -विरेन्द्र केएम

Friday, October 21, 2011

0

बैदेशिक रोजगार बिभागमा अझै लुट

काठमाडौं । बाबुराम भट्टराई प्रधानमन्त्री नियुक्त भए पछि देश र जनताले ठुलै आशा पालेका थिए । उनकै निर्दैशनले वैदेशिक रोजगार बिभागमा रुपान्तरण गर्ने आशा जगाएको थियॊ । तर यति बेला बिभागमा कार्यरत अन्तिम स्वकृती शाखाका नायब सुब्बा विश्वबन्धु रेग्मी नवराज जैशी राजन पोख्रेलले अहिले पनि आन्तरिक रुपमा लुट मच्चाएका छन । कार्यलयमा सिमित ब्यक्तीले लुट मच्चाएको त्यही कार्यरत एक कर्मचारीले समाचारस्रोतलाई बताए । त्यसो त बिभाग अहिले लथालिङ्ग भताभुङ बनेको छ । रोजगारको लागि बिदेशिने सयौं कामदारहरु अन्तराष्ट्रिय विमानस्थलबाटै फर्काइएका छन् । व्यक्तिगत प्रयासमा वैदेशिक रोजगारीकोलागि जान चाहनेले स्वयं उपस्थित भै श्रम स्वीकृति निकाल्नुपर्ने विभागको निर्देशनपछि वैदेशिक रोजगार झन लथालिङ्ग भएको हो । विभागले अनावश्यक दुःख दिएको भन्दै रोजगारमा जानेहरुले गुनासो गरेका छन् । विभागले दुइ हप्ता अघिदेखि यो नियम लागु गरेको हो । यसभन्दा अगाडि व्यक्तिगत श्रमस्वीकृति निकाल्ने एजेन्टहरुले निश्चित रकम लिएर व्यक्तिगत प्रयासमा वैदेशिक रोजगारीमा जानेहरुकॊ श्रमस्वीकृति निकालीदिन्थे । यसरी एजेन्टमार्फत श्रम स्वीकृती निकाल्दा व्यापक अनियमितता भएको रिपोर्ट प्रधानमन्त्री भट्टराई समक्ष पेश भएपछि प्रधानमन्त्री ले ठाडो निर्देशन दिएका थिए । अहिले पनि बिभागमा विश्वबन्धु रेग्मी नवराज जैशी राजन पोख्रेलको मिलेमतोमा आन्तरिक काम हुनेगरेको स्रोतको दाबी छ । स्वयं उपस्थित भएर श्रम स्वीकृति निकाल्ने अन्तिम स्वकृती दिने शाखामा बैदेशिक रोजगार ब्याबसायीसँग मोलमोलाई गरि सम्पृर्ण कारोबार भित्रैबाट हुने गरेको छ । उता तिर एउटा भिड एकाविहानैदेखि लाईनमा बसेर श्रम स्वीकृती निकाल्छन् भने अर्का तिर भित्रभित्रै ब्याबसायीसँग मिलेर रकम लिदै मलेसीयाको केडिएम नमिलेका कागजात होस या साउदीका लागि नमिलेका भिषाहरु पुर्णरुपमा कामको जिम्मा लिने गरेको जानकारीमा आएको छ । कागजात नमिलेको प्रतिकि्रया दिदै रेग्मी र पोख्रेलको निर्देशनमा व्यवसायिलाई दुख दिदै प्रति भिषा रु १००० का दरले उठाउदै काम गरि दिने गरेका छन् एक बैदेशिक रोजगार व्यवसायिले बताए । श्रम स्वीकृति निकालेर विमानस्थलमा पुगेकाहरुलाई समेत कर्मचारीले चेकजाँच गरि पैसाखाने मेसो गरिरहेका छन । आवश्यक कागजात मिलेन भनेर फर्कनु पर्ने या रकम निकाल्न बाध्य बनाएकाछन् । यसरी विभाग देखि विमानस्थल सम्म केही व्यक्तिले खुलेआम लुट मच्चाइरहेका छन् उनीहरुमाथि सरोकार निकायले समयमै ध्यान दिन जरुरी छ ।

Thursday, October 20, 2011

0

चिनियाँलाई खुशीपार्न दाहाल्ा समिति

काठमाडौं । सरकारल्ो ल्ाुम्बिनी विकासका ल्ाागि पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल्ा दाहाल्ा को अध्यक्षतामा उच्चस्तरीय ल्ाुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति गठन गरेको जानकारी गराएको छ । छिमेकी मुलुक चिनलाई शुसी पार्न दाहाल्ा को अध्यक्षतामा उच्चस्तरीय ल्ाुम्बिनी विकास समिति गठन गरेको जानकारहरु बताउछन । अन्य छिमेकी मुलुक जापानथाइल्याण्ड भारत लगायतका केहि मुलुकले ल्ाुम्बिनी विकासका ल्ाागि काम गरिरहेको अवस्थामा चिनले ल्ाुम्बिनी विकासका ल्ाागि भन्दै केहि रकम घोशणा गरेकै भरमा मन्त्रिपरिषदको बैठकल्ो गृरुयोजना बनाउन र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गरी बढी सहयोग जुटाउन गठित समिति गठन गरेको छ । समितिमा ं कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजाल्ा एमाल्ो नेता मंगल्ासिद्धि मानन्धर वनमन्त्री वकिल्ा मुहम्मद मनोजबहादुर श्रेष्ठ र ल्ाुम्बिनी विकास कोषका उपाध्यक्ष पेम्बा ल्ाामाल्ााई राखिएको छ । ल्ाुम्बिनीको विकासका ल्ाागि अन्तर्राष्ट्रिय सहयोग भित्राउन दाहाल्ाको अध्यक्षतामा निर्देशक समिति गठन गरिएको छ । उता ल्ाुम्बिनीमा तीन अर्ब अमेरिकी डल्ारको महत्तवाकांक्षी परियोजना घोषणा गर्ने चिनियाँ संस्थाको आधिकारिता र विश्वसनीयताबारे प्रश्न समेत उठिरहेको जानकारहरु बताउछन । बृहत्तर ल्ाुम्बिनी विकास ल्ाागि सरकारल्ो अन्तर्राष्ट्रिय शान्ति र सहनिर्माणको अवधारणा अघि बढाएर गुरुयोजना साचाल्ान गर्ने अबधारण लिएको छ । बृहत्तर ल्ाुम्बिनी विकास गुरुयोजना क्षेत्र विस्तार गरी तीनवटा जिल्ल्ाा रुपन्देही कपिल्ावस्तु र नवल्ापरासीमा कार्यक्रम साचाल्ान गर्ने निर्णयसमेत सरकारल्ो गरेको छ ।
0

डनलाई सम्पति शुद्धिकरणले नछाड्ने

काठमाण्डौ । राजनैतिक संरक्षणमा अवैध तरिकाले अमृत सम्पति जोड्नेहरुलाई अब निद्रा हराम हुने भएको छ । तस्करी गरेर होस् या अन्य नक्कली कारोबार गरि एकाएक सम्पति जोड्ने व्यक्तिहरुलाई सम्पत्ति शुद्धिकरण निवारण विभागले बैक खाता तथा सम्पति रोक्का गर्ने भएको हो । अवैध रुपमा जम्मा गरेका जो कोही नेपालीलाई उक्त विभागले नछोड्ने भएको छ । व्यक्तिगत प्रभावमा सम्पति जोड्दै जाने राज्यलाई छल्ने गिरोहको व्यापकता भए पछि अर्थ मन्त्रालय अन्तगर्त रहने गरि विभागको स्थापना भएको छ । स्थापनाको दुइ महिनामा नै पत्रकार आर्कमणका फरार अभियुक्त पर्शुराम बस्नेत र उपत्यकामा डनका रुपमा परिचित गणेश लामा विरुद्ध विभागले अनुसन्धान थालीसकेर व्यापक चर्चा बटुली सकेको छ । बस्नेतको नविल र सिदार्थ बैकको खाता रोक्का गरि जिपकार र मोटरसाईकल गरि झण्डै एक सयवटा सवारीसाधन र विराटनगर पान्चालीमा रहेको आधुनिक वंगला सगै पिता गोपाल बहादुर बस्नेतको नाम रहेको सम्पति समेत रोक्का गर्ने भएको छ । त्यसै गरि डन भनेर चिनिने मधेसी जनाधिकार फोरम लोकतान्त्रिक का विजयगच्छदार अध्यक्ष भएको पाटीका केन्द्रिय सदस्य समेत रहेका गणश लामाको बैक खाता रोक्का गर्नुको साथै २ वटा एक्जाभेटर चारवटा टिपर एक लोडर र ल्याडकुजर थी ४४ वटा र टोयोटा यारिस गाडि उपत्यका३४ आना जग्गा सहित चारवटा घर लाई रोक्का राखी थप अनुसन्धान अगाडि बढाएको छ । त्यसो त यी डन बाहेक चव्ा्रुे मिलनदिपक मनाङे दिनेश अधिकारी चरीलुमणी कार्की रोजराणा काजी शेर्पा राजु गोर्खाली विण्णु लामाको समेत सम्पति खोज्दै कार्वाही अगाडि बढाउने बुझिएको छ । राजनैतिक प्रभावमा विभिन्न प्रकारका चन्दा आतंक चारीडकैतीटेन्डरठेक्का लगायतमा जबरजस्ती रकम असुल गर्ने समुह भएकाले उनीहरुमाथि कार्वाही प्रकि्रयामा अगाडि बढेको समाचार स्रोतले बतायो । त्यसो त देश भित्र अन्य कुनै व्यक्तिले एकाएक अप्रत्यासीत रुपमा सम्पति जोडी असाधारण कि्रयाकलाप देखिए जो कोहीलाई नछोड्ने विभागले बताएको छ । यसरी असाधारण तरिकाले रकम जोड्ने व्यक्ति माथि राष्ट्रबैक र भुमिसुधार तथा व्यवस्थापन विभाग मार्फत सबै बैक र ३ वटै मालपोत कार्यालयमा रोक्का राख्ने पत्रचार हुने विभागका एक कर्मचारीले बताए । राजनैतिक दलका नेता सँग सम्बन्ध भएको आधारमा एक लौटी लुट मच्चाउदै आएका अपराधिक कि्रयाकलापमा सम्लग्न रहेका डनहरुलाई नेपालका प्रहरीहरुले समेत माथिको आदेश भन्दै छाड्ने गरेको अवस्थामा यतीबेला सम्पति सुद्धिकरणको यो प्रयासलाई आम नेपाली नागरिकले प्रशंसा मात्र होइन खुलेरै साथ दिने प्रष्टै छ । उनीहरुका मुद्दा यी दुई बाहेक थुप्रै भएता पनि शुरुवातीमा चर्चामा रहेका डन बस्नेत लामाका बारेमा अनुसन्धान गर्दा विभिन्न नेताहरुको दवाव रहेको शुद्धिकरण विभागका एक कर्मचारी अभियान टाइम्सलाई बताए तर खुम पुाजाली महानिर्देशक रहेको सम्पति शुद्धिकरण विभागमा केही कर्मचारी अपुग भएपनि भएको स्रोत साधनले नै राज्य विरुद्ध काम गरि सम्पति जोड्न लाग्नेहरुलाई तह लगाउने विभागको लक्ष्य रहेको छ ।
0

८ लाख कहाँ पुग्यो


मन्त्रीले घूस दिएको ८ लाख कहाँ पुग्यो
काठमाडौं । हिन्दू युवा संघका अध्यÔ काशीराम तिवारीको हत्यामा संलग्न रहेको भन्ने आरोप लागेका भूमिसुधार मन्त्री प्रभु साहलाई माओवादीले सरकारबाट फिर्ता बोलाएको छ । विपÔी दल लगायत बिभिन्न मानवअधिकारवादी संघसंस्थाबाट व्यापक दबाव बढेपछि साहलाई फिर्ता बोलाउन माओवादी बाध्य भएको हो । शान्ति र संविधान निर्माण प्रकृयामा अवरोध नआओस् भनेर मन्त्री साहलाई फिर्ता बोलाएपनि हत्यामा संलग्न रहेको भन्ने आरोपको चािहं माओवादीले खण्डन गर्दै आएको छ । तर मन्त्री साहलाई हत्यामा संलग्न रहेको आरोप मात्रै लागेन आरोपबाट मुक्त हुन तिवारीका परिवारलाई ८ लाख रुपैंया घूस दिएको पिडित परिवारले दावी गरेको छ । तिवारीका परिवारले ८ लाख रुपैंयाको बिटा नै देखाएर भूमिसुधार मन्त्रालयका सहसचिव नागेन्द्र ´ाबाट घूस प्राप्त भएको बताएको छ । ुहत्यारा को हो भन्ने आफूहरुलाई थाहा नभएको भन्नु सरकारले अरु सहयोग जे जे मागे पनि दिन्छ भनेर ८ लाख रुपैंया थमाएु मृतक काशीरामकी पत्नी वविताले भन्नुभयो । तर सहसचिव ´ाले भने आफूले पैसा दिएको भन्ने कुरा ´ूट भएको बताउनुभयो ।
0

गद्धाफी पक्राउ

लिबियाका अपदस्थ शासक कर्नेल मुआमार गद्धाफी पक्राउ परेका छन् । लिबियाको राष्ट्रिय संक्रमणकालिन परिषद् एनटिसीले गद्धाफीलाई शिर्ते शहरबाट पक्राउ गरिएको दावी गरेको बीबीसीले जनाएको छ ।
अन्तरिम परिषद्को सेनाले गद्धाफीको जन्मथलो शिर्ते कब्जा गरेको बताएसँगै यो समाचार सार्वजनिक भएको छ ।
‘उनी पक्राउ परेका छन् । उनका दुबै खुट्टामा चोट लागेको छ’ एनटिसीका अब्दुल मजिदले भनेका छन् । उनको अवस्था गम्भीर रहेको र एम्बुलेन्समा राखेर लगिएको एक सैनिकले बताएका छन् । गद्धाफी पक्राउ परेपछि सेनाले गोली चलाएको र कमाण्डरले रोखेको समाचारमा उल्लेख छ ।

Wednesday, October 19, 2011

0

भट्टराईले रक्षामन्त्री शरदसिंह भण्डारी र भूमिसुधारमन्त्री प्रभु साहलाई पदमुक्त गर्नु भएको छ

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रक्षामन्त्री शरदसिंह भण्डारी र भूमिसुधारमन्त्री प्रभु साहलाई पदमुक्त गर्नु भएको छ । बुधबार व्यवपस्थापिका संसदको बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री भट्टराईले सम्वन्धित दलको सिफारिस अनुसार मन्त्रीद्धय भण्डारी र साहलाई पदमुक्त गरिएको जानकारी दिनुभयो भट्टराईले रक्षामन्त्रीको कार्यभार गृहमन्त्री विजयकुमार गच्छदारलाई र भूमिसुधारमन्त्रीको कार्यभार स्थनिय विकासमन्त्री टोपबहादुर रायमाझीलाई दिनु भएको छ । रक्षा र भूमिसुधारमन्त्रीको बर्खास्तीपछि विपक्षीहरुले गर्दै आएको सदनको अवरोध हटेको छ । रक्षा र भूमिसुधारमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरुले असोज २६ गतेबाट संसदको बैठक अवरुद्ध पार्दै आएका थिए ।
प्रधानमन्त्री भट्टराईले आरोप प्रमाणित भएर नभई मुलुकको मुख्य कार्यभार शान्ति र संविधानको काममा केन्द्रीय हुन विवादमा परेका मन्त्रीहरुलाई पदमुक्त गरिएको जानकारी दिनुभयो । उहाँले मन्त्रीद्धयलाई पदमुक्त गर्ने निर्णयलाई हार र जितका रुपमा नलिन र राष्ट्रियतालाई कसैले पनि पार्टी विशेषको मुद्धा नबनाउन आग्रह गर्नुभयो । माओवादी सभासद बालकृष्ण ढुङ्गेलको मुद्धाफिर्ताबारे विपक्षी दलहरुले उठाएको विषयलाई सम्वोधन गर्दै प्रधानमन्त्री डा. भट्टराईले वितृत शान्ति सझौताको मर्म र भावना विपरित गएर कुनै कदम चालिएको भन्दै कुनै आशंका नगर्न दलहरुलाई आग्रह गर्नुभयो ।

Tuesday, October 18, 2011

0

सन्धि सम्झौता गर्ने अख्तियारी प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई नभएको गजुरेल


एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले आसन्न भारत भ्रमणमा विवादित र राजनीतिक प्रकृतिका सन्धि सम्झौता गर्ने अख्तियारी प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई नभएको बताउनु भएको छ ।
भारतीय चाहना अनुसार सुपुर्दगी, स्काईमार्सल, सीमा विवाद र १९५० को सन्धी गर्छ कि भन्ने चिन्ता मुलुकमा रहेको भन्दै पार्टीले स्पष्ट रुपमा त्यस्ता विवादित विषयमा सम्झौता नगर्न निर्देशन दिएको जानकारी दिनुभयो । मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा सचिव गजुरेलले भन्नुभयो-’कुटनीतिक मर्यादा अनुसार निम्तो पूरा गर्न प्रधानमन्त्री भारत भ्रमणमा जान लाग्नु भएको हो । सदभाव भ्रमण भएकोले यो भ्रमणमा कुने पनि विवादीत र ठूला सन्धि सम्झौताहरु हुँदैन ।’
२ सय मेघावाट विद्युत आयात, नेपाली बस्तुको निर्यातमा लाग्दै आएको दोहोरो कर, चार प्रतिसतको अतिरिक्त कर हटाउने विषयमा सम्झौता गर्ने अख्तियारी प्रधानमन्त्रीलाई पार्टी दिएको गजुरेलले जानकारी दिनुभयो । भारतसँग माओवादीको सम्बन्ध राम्रो भएको भन्दै उहाँले यसको उदाहरण प्रधानमन्त्रीको भारत भ्रमण भएको दावी गर्नुभयो ।
उहाँले भन्नुभयो-’माओवादी र भारतको सम्बन्ध राम्रो नभएको भए माओवादीको प्रधानमन्त्रीलाई किन बोलायो त ? एमालेको प्रधानमन्त्रीलाई त बोलाएन । प्रधानमन्त्रीको यो भ्रमणले सम्बन्धलाई अझै राम्रो बनाउँछ भन्ने विश्वास छ ।’ छिमेकी भारत र चिनको विकासबाट फाईदा लिएर नेपालको विकास गर्नु पर्ने भन्दै उहाँले शान्ति प्रक्रिया र संविधान निर्माणमा कसैको प्रत्यक्ष सहयोग र मध्यस्थताको आवश्यकता नरहेको दावी गर्नुभयो 
0

चीनको ताक्लाकोटमा द्धिपक्षिय बैठक सम्पन्न


नेपाल सरकार हुम्ला जिल्ला र चीन सरकार तिब्बत स्वायत्त प्रदेश विच विविध
विषयमा यहि भाद्र ४ र ५ गते चीनको ताक्लाकोटमा द्धिपक्षिय बैठक सम्पन्न भयो
। उक्त बैठकमा नेपालको तर्फबाट हुम्लाका सभासद कर्णजित बुढाथोकीको
नेतृत्वमा सर्वदलिय सर्वपक्षिय टोली सहभागी भई चिनले बर्षेनी दिने ३० लाख
सहयोगको साथै आर्थिक व्यापारिक पर्यटन र स्थानिय स्तरमा भैपरी आउने
समस्याको विषयमा छलफल भई चौध बुधे सहमती भयो । उक्त सहमती अनुसार १५
लाख हिल्सा मोटर बाटो र १५ लाख लिमीलाप्चा सिमीकोट मोटरबाटो लाई दिने
निर्णय हुनको साथै सर्वदलिय सहमती अनुसार उक्त सहयोग बुझनको लािग
हिल्साको लागि पासाङ लामा र टसी लामालाई जिम्मा दिने र पछि सर्वदलिय
निर्णय गरेर लगानी गर्ने सहमती भई सकेपछि उक्त सहयोग चामल मैदा तेल उक्त
दुई जनाले बुझीसकेपछि हिल्सामा कार्मातुन्डुप लामाको नेतृत्वमा १४ - १५
जनाको टोलीले प्रहरी प्रशासनको अगाडि कुटपिट गरी चामल मैदा तेल खोसेर
आ-आफ्नो घरमा लिनुको लिएका छन गत बर्ष २०१० को हिल्साको निम्ति
विनियोजन भएको ३० लाख रकम दरुपयोग भएको सर्वदलिय प्रदिवेदनको निष्कर्ष
रहेको छ ।
0

यसै गरि बित्छन प्रवासीका चाड पर्बहरु




      घर बाट आमाले फोन गरि ‘’यसपालिको दसैंमा त घर आउछस होलानी छोरा’’ भन्दा भन्दै गह भरि आसुँ भरिएका आमाका आखाबाट आसु भुईमा झर्न नपाउदै यता छोराका आखाँमा आसुको मूल फुट्न नपाउदै भन्न बाध्य छ | यसपाली त येस्तै भयो आमा आर्को साल आउने छु दशैंमा |
     बिहान् उठी नुहाई धुवाही गर्यो डिउटी गयो काममा तल्लिन हुन् थाल्यो तेसैगरी नास्ता खाना खायो अन्य काम तर्फ लाग्यो येस्तै गरि गरि अब खाना नास्ता , सुत्ने लगाएत दैनिकी काममा परिणत हुन्छ | बिहान उठी चिया नास्ता काम साझ आयो आफ्नो काम गरि सर सफाये खाना पकाउने खाने सुत्ने येस्तै गरि दिन दिनै समय गएको पत्तो हुदैन अघिल्लो साल झैँ यस पाली पनि चाड पर्ब सुरु भएका हुन्छन् एस  पाली त बहिनि भन्छे दादा यस पाली त आउनु है भन्दै हुन्छे उता आमा पनि छोरा को मुख देखन पनि पाईने हो कि ,हैन भन्दै हुनुहुन्छ  बाबा भन्नु हुन्छ समय मिलाएर आईज भन्दै फोन गर्नु हुन्छ तर यता भने साहु भन्छन छुट्टि छैन जाने भए छोडेर जा भन्छ जाउ त कसरि जाऊ घर एक छाक खान पनि मुस्किल छ नजाऊ भने चाड पर्बमा कहिल्यै साथमा हुन् नपाईने भयो घर बाट हिड्दा श्रीमती को पेटमा भएको छोरि पनि जन्मिए कि छ देखन पनि पाएको छैन छोरि पनि ठुलै भयेसकेकी छ बाबा बाबा भन्दै तोते बोलीको सारमा आगनको पेटीमा बोलाउदै होलि जस्तो लाग्छ हाम्रो किस्मत नै होला जन्म दिन देखि साथमा रही एउटै थालमा खाना खाएका भाइ बहिनि हरु बाबा आमा मेरै सहरामा आएकी श्रीमती को के हाल होला मायाले कति सताउदो होला आज एस्तो परिस्थिति मैले किन व्यहोर्न परेको होला |
    येस्तै खाने सुत्ने समयलाई समेत डिउटी गर्दै आज आमा बुबाका हातबाट टिका अनि जमरा नलगाएको चार साल भयो अन्य समयमा बाध्यता र बिबस्तालाई सम्झी सम्झी प्रवासमा जिबन बिताई राखेता पनि जब चाड बाडको मुख आउछ तेस बेला भने मनलाई बुझाउने नसकिदो रहेछ लाग्छ जागिर , जागिर भन्दा  भन्दै येत्तिकै जिबन प्रवासमै बित्ने त हैन मेरो जिबन तर सोच्छु म मात्र होईन आज म जस्ता ३० लाख नेपाली दाजु भाइ दिदीबहिनी हरुले येस्तै मेरो जस्तै पिडा भोगी राखनु भएको परिस्थिति लाइ मनन गरि मनलाई सान्तोना दिएको छु |
    जे जस्तो होस् आकाशमा उडेको होस् या फिल्मी टेलिविजनमा देखेको भरमा जहाजमा चडेर विदेश गई पैसा कमाई घर परिवारलाई शुखका साथ राखने योजना बनाएर घर बाट झोला बोकी हिड्ने हामी साहसिला बिर नेपाली प्रति भने पक्कै पनि एक किसिमको साहश एबं धैर्यता भने पक्कै भेटिन्छ |
                                                         भुपराज बश्याल
                                                       जगत्र देवी गाविस ८ बल्पुक स्याङ्जा
                                                       हाल यु ए ई  दुबई

Friday, October 14, 2011

0

जिल्ला सभापतिहरुको भेला बोलाउनु अघि सहमतिका लागि सभापतिलाई भेटेर दबाव दिने

नेपाली कांग्रेसको देउवा पक्षले भ्रातृ संगठन विघटन गर्ने निर्णय खारेजका लागि पार्टी नेतृत्वलाई दबाव दिन जिल्ला सभापतिहरुको भेला बोलाउने तयारी गरेको छ ।सभापतिहरुको भेला गर्नेबारे निर्णय गर्न वरिष्ठ नेता शेरबहादुर देउवाले शनिबार आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको भेला बोलाउनु भएको छ ।  भ्रातृ संगठन विघटन गर्ने केन्द्रीय समितिको बहुमतको निर्णय विगतमा भएको सहमति र धुलिखेल भेलाको सुझाव विपरित भएको भन्दै देउवा पक्षले निर्णय खारेजका लागि पार्टी नेतृत्वलाई दबाव दिन जिल्ला सभापतिहरुको भेला बोलाउने बताएको छ ।भ्रातृ संगठन विवाद उत्कर्षमा पुगेपछि वरिष्ठ नेता देउवाले केन्द्रीय सदस्य पदबाट राजीनामा दिएपछि संस्थापन पक्षले सहमतिका लागि कुनै पहल नगरेको देउवा पक्षको आरोप छ ।  देउवा पक्ष माग अनुसार भ्रातृ संगठन विघटनको निर्णय खारेज गर्नु पनि भएको छैन ।’ देउवा पक्षीय केन्द्रीय सदस्यहरुले जिल्ला सभापतिहरुको भेला बोलाउनु अघि सहमतिका लागि सभापतिलाई भेटेर दबाव दिने तयारी समेत गरेका छन् ।
0

गैरआवासीय नेपाली संघको अध्यक्षमा जिवा लामिछाने निर्विरोध निर्वाचित

गैरआवासीय नेपाली संघको अध्यक्षमा जिवा लामिछाने निर्विरोध निर्वाचित हुनुभएको छ। अध्यक्षका प्रत्यासी देवमान हिराचनले उम्मेदवारी फिर्ता लिएपछि लामिछाने निर्विरोध निर्वाचित हुनुभएको हो। संघको बन्द सत्रलाई रोकेर दुई प्रत्याशीबीच सहमति भएको घोषणा गरिएको हो। लामिछानेले रुसमा बसेर व्यावसाय गर्दै आउनुभएको छ।सर्वसम्मतिको प्रयास असफल भएपछि एनआरएनको आठ वर्षे इतिहासमा नेतृत्व चयनका लागि पहिलोचोटि निर्वाचन हुन लागेको थियो। तर मतदान हुनु केहि समय अघि मात्र हिराचनले उमेद्वारी फिर्ता लिनुभए पछि अध्यक्ष पदमा चुनाव टरेको हो।आफुहरुविच कुनै तिक्तता नभएको लामिद्छानेले वताउनुभएको थियो भने हिराचनले वर्तमान उपाध्यक्ष लामिछानेका लागि अध्यक्ष पद छाडेको बताउँदै उहाँको कार्यकालको सफलताको कामना गर्नुभएको थियो।निर्वाचन समितिले बिहान ११ बजेबाट मतदान प्रक्रिया सुरु हुने बताएको थियो। एनआरएनको अध्यक्ष पदका वर्तमान अध्यक्ष देवमान हिराचन र उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष जीवा लामिछानेले उम्मेदवारी दिनु भएको थियो।
0

रसाइदियौ दशैं -सुरज गिरी


भुल्दै गएको पिडालाई बल्झाइ दियौ दशैं
बिसे्रको यादलाई कुरेती दियौ दशैं
भन्थे दशैंमा रमाइलो अनी खुशी हुन्छ
छिन्न भिन्न पारी मेरो मनलाई रुवायौ दशैं ।

टिका जमरा मेरो भाग्यमा थिएन दशैं
मिठो खाइ रमाइलो गर्नु मलाई थिएन दशैं
सबैले रातो टिका जमरा निधारमा लगाए
मेरो रित्तो निधार र शिरमा ओइलायौ दशैं ।
विधाताले दुःखको वौछार गरेको छ हे दशैं
मुटुलाई स्तभ्ध बनाइ एकोहोरियो यो दशैं
हात थिएन मेरो निधारसम्म आउने आज
तपतपी चुहाउँदै आँसु बहाइदियौ दशैं ।
न त आफन्तलाई बोलाइदियौं दशैं
न त कोही आफ्नाले ढाडस दिए हे दशैं
मन रुँदा झन एक्लो बनाइ मेरो
दिनभरी आँखा रसाइ दियौ दशैं ।
यो वर्ष तिमी हराएको भए के जान्थ्यो दशैं
यो वर्ष यादमा नआइदिएको भए के हुन्थ्यो दशैं
मडारी मडारी भित्री दियौं किन घरमा
आँसुको बेदना सित्तैमा उपहार दिइ गयौ दशैं ।
चङ्गा आकाशमा नाच्छ म कल्पनामा हुन्छु दशैं
जताततै धुँवा देखिन्छ म विह्वल भै रहेछु दशैं
सबैले मानेहोलान् सकेजती खुशी बटोरी
रुमालले पुछ्नु पर्नेगरी आँखा रसाइदियौ दशैं ।
0

एनआरएनको नाम बेचेर खाँदैछन् ठगहरू


दक्षिण कोरिया । संघ संस्थाको नाम बेचेर ठग्न पल्किएकाहरूको झुण्डले विदेशमा नसताइएका नेपाली कमै होलान् । संस्था खोल्ने पद लिने र लुठखेतीमा लाग्नेहरूले हैरान पारिसकेका छन् प्रवासमा । खाडी मुलुकबाट सुरु भएको यो खेती अहिले कोरिया र जापानमा पनि सल्किएको छ । यसै क्रममा
कोरियामा पछिल्लो पटक देखिएका ठग हुन् एनआरएन कोरियाका सचिव आनन्द गुरुङ । उनीविरुद्ध ठगीको आरोपमा आन्सान अदालतमा मुद्धा दायर गरिएको छ । गुरुङले कोरियामा रहेका नेपालीहरूसँग आफ्नो रेष्टुरेन्टमा लगानी गर्न भन्दै लिएको रकम फिर्ता गर्न आग्रह गरेपनि बेवास्ता गर्दै रेष्टुरेण्ट बेच्ने तयारी गरेपछि मुद्धा दायर गरेको पीडितहरूले बताएका छन् । उनले ६ महिना अघिबाट आन्सान नजिकै चुहाँङ दोङ एरियामा ओम लक्ष्मी रेष्टुरेन्ट सञ्चालन गर्दै आएका छन् । हालसम्म गुरुङले विभिन्न व्यक्तिहरूबाट ७ देखि ८ करोड कोरियन वन ठगी गरेको बुझिएको छ ।
नेपाली सम्पर्क समितिका पूर्वसचिव समेत रहेका गुरुङ नेपाली काँग्रेसको भातृ संगठन नेपाली जन संम्पर्क समितिका उपाध्यक्ष तथा नेपाल कोरिया व्यापार संघका कोषाध्यक्ष समेत रहेका छन् । पीडितहरूले संघ संस्थाको नाम बेचेर श्रमिकहरूलाई लुट्ने गुरुङलाई कारवाहीको माग गर्दै नेपाली दूतावासमा पनि उजुरी दिएका छन् । गुरुङले कुक भिषा मिलाईदिने, रेष्टुरेण्टमा शेयर हाले भिषा बनाइदिने, सस्तो रेटमा हुण्डीबाट नेपाल पैसा पठाईदिने बाहानामा ठगी गरेको पीडितहरूको गुनासो छ ।
0

पुर्व राजदूत हमिद अन्सारीको थप कर्तुतहरु खुलासा

मृतकको बीमा रकम दुरुपयोग गरेको अभियोगमा पदच्युत गरिएका साउदी अरबका पुर्व राजदूत हमिद अन्सारीको थप कर्तुतहरु खुलासा भएको छ । उनले साउदीको अनेष्ट अरेबिक भिसा ट्रान्सलेसन सेन्ट्ररमा कार्यरत २७ वर्षीय खर्कबहादुर घर्तीमगरको मृत्युपछि ५० हजार रियाल बुझेर ३३ हजार रुपैयाँ पच पारेको रहस्य खुलेको छ ।
२०६५ माघ ९ गते ब्लक फ्याक्ट्रिमा काम गरिरहेकै बेला मेसिनले किचेर मृत्यु भएका मगरको परिवारलाई कम्पनील दूतावासमार्फत ५० हजार रियाल पठाएकोमा राजदूत अन्सारीले १७ हजार रियालमात्र परराष्ट्र मन्त्रालयमा पठाइदिएको र बाँकी रकम आफैले लिएको पीडित परिवारले दावी गरेको छ ।
मृतक घर्तीका पत्नी देवीसरा घर्तीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विहिबार अन्सारी विरुद्ध उजुरी दर्ता गरेकी छन् । कम्पनीले क्षतिपूर्ति वापत दिएको ३३ हजार रियाल नपाएको भन्दै उनले उजुरी दिएकी हुन् । दूतावास स्रोतका अनुसार अन्सारीले मृतक घर्तीको लाश गाड्न समेत ८ हजार रियाल खर्च लाग्ने भन्दै क्षतिपूर्तिको रकम दुरुपयोग गरेका छन् ।
अन्सारीले बुझेको रकमको बिल भर्पाई केही नभएको समेत दूतावास स्रोतले जनाएको छ ।
अन्सारीले यसअघि झापा र रोल्पाका दुइ मृतकको क्षतिपू्र्तिसमेत दुरुपयोग गरेको समाचार प्रकाशनसँगै तत्कालीन माधवकुमार नेपाल नेतृत्वको सरकारले पदच्यूत गरेको थियो । परराष्ट्र मन्त्रालय स्रोतले पूर्वराजदूत अन्सारीले अन्य मृतको पनि रकम दुरुपयोग गरेको दावी गर्दै उनीमाथि थप अनुसन्धान थाल्नु पर्ने बताएका छन् । khadisandesh  bata
0

उपाध्यक्षमा ५ जनाले उम्मेदवारी दर्ता


गैरआवासीय नेपाली संघको अध्यक्षमा वर्तमान अध्यक्ष देवमान हिराचन र उपाध्यक्ष जीवा लामिछानेले निर्बाचन समितीले तोकेको समयमा उम्मेदवारी दर्ता गराएका भने उपाध्यक्षमा युएई बाट समाजसेवी तथा पूर्व मध्यपुर्ब संयोजक चन्द्र प्रसाद सापकोटा र रामेश्वर साह, अमेरिकाबाट रतन झा, कोरियाबाट रुद्र शर्मा र युकेबाट क्याप्टेन हितमान गुरुङले समेत ५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उपाध्यक्षमा उम्मदवारी घोषणा गर्ने द. कोरियाबाट तेन्जी शेर्पा, जर्मनी बाट दिल बहादुर गुरुङ उम्मदवारी दिएनन भने अस्ट्रेलिया कि इन्द्र बनले उम्मदवारी दर्ता फर्म लिई उम्मदवारीदर्ता नगरेकी हुन् / महासचिबमा अमेरिकाबाट एनआरएन अमेरिकाको बोर्ड निर्देशकमा रहेकी महिला समाजसेवी बिष्णु माया परियार, कोरियाबाट वर्तमान सचिब तेन्जी शेर्पा र जापानबाट वर्तमान प्रबक्ता डा. कुमार बस्नेतको उम्मदवारी परको छ भने महासचिवमा दुबईबाट राष्ट्रिय समन्वय परिसद UAE का पूर्व महासचिब तथा समाजसेबी सुरेश बस्यालले उम्मदवारी दर्ता नगरेको हुनाले महासचिब पदमा अब अमेरिका,कोरिया र जापान मध्येमा १ को हुनेछ / त्यसैगरी सचिवमा कतारबाट युवा समाजसेबी तथा व्यवसायी टिबी कार्की, बेल्जिम बाट युवराज गुरुङ र सुवास अधिकारीले मनोनयन दर्ता गराएका छन् ।त्यस्तै कोषाध्यक्षमा एनआरएन जापानका पूर्व अध्यक्ष तथा संरक्षक भवन भट्ट र अस्ट्रेलियाबाट गोवा कटवालले पनि उम्मेदवारी दर्ता गराएका छन् भने जापानकि अर्की उम्मेद्वार नम्रता पाण्डेले उम्मदवारी दर्ता गरिनन्/ जसले गर्दा अब कोषाध्यक्षमा पनि जापान र अस्ट्रेलिया मध्य १ को हुनेछ/ यसरि देशगत रुपमा हेर्न हो भने जापानले छुट्टा छुटै ३ पदमा उम्मदवारी दर्ता गरेका छन् भने दुबईले उपाध्यक्षको पदमा मात्रै २ जनाको उम्मदवारी दर्ता गरेका छन् , कोरिया र अमेरिकाबाट २/२ जनाले छुट्टा छुटै पदमा उम्मदवारी दर्ता गरेका छन् / अन्य देशमा युके,अस्ट्रेलिया,रसिया,कतार ,बेल्जियम बाट १/१ जनाले अलग अलग पदमा उम्मदवारी दर्ता गरेका छन् /
हालसम्म निर्बिरोध हुनेहरुमा महिला संयोजकमा अस्टेलियाकी रन्जु थापा, आसियन क्षेत्रबाट संयोजकमा मन खत्री र मध्यपूर्वबाट उपसंयोजकमा युएईका लोकनाथ सुवेदी(हस्ती ) र उत्तर अमेरिकी क्षेत्रको उपसंयोजकमा राम चन्द्र खरेल निर्विरोध भएका छन् भने अफ्रिकी संयोजक र उपसंयोजकमा कसैको उम्मदवारी परेको छैन। उत्तर अमेरिकी क्षेत्रीय संयोजकको लागि क्यानडाबाट द्रोणप्रसाद रसाइली र युएसएका मुकेशकुमार सिंह, युरोप संयोजकमा बेल्जियमबाट सुदाम लम्साल र जर्मनीका कुमार पन्त,उपसंयोजकको लागि युकेका लक्ष्य ब. गुरुङ र जर्मनीका विजय मोक्तान, मध्यपूर्वबाट संयोजकमा साउदीअरबका धर्म बहादुर केसी र कतारका नरेन्द्रबहादुर भाट, एसिया प्यासेफिक छेत्रबाट संयोजकमा जापानका राजन प्रधानाङ, हङकङकि उमा गुरुङ र उपसंयोजकमा हङकङका कृष्ण बहादुर पाण्डे र कोरियाका गंगाराज राईले र आसियान क्षेत्रको उपसंयोजकमा अस्टेलियाका निरज श्रेष्ठ लगायत ध्रुब सुवेदीले उम्मेदवारी दर्ता गरेका छन् ।
यसैले अब निर्वाचन तालिकाअनुसार भोलि १४ अक्टोबर शुक्रवार विहान ११ बजेबाट मतदान सुरु हुनेछ। भोलि हुने निर्बाचनमा केन्द्रीय समितीको लागि १५ जना उम्मेदवारहरुले र छेत्रीय समितीको लागि अन्य उम्मेदवारहरुले चुनाबी परिणामलाई आफनो पक्षमा पार्न प्रचार प्रशारमा तिब्रता दिएका छन्। विभिन्न गुट उपगुटहरुमा विभाजित भई चुनाबमा कसले कसलाई सघाउने भन्ने बारेमा विचार विमर्श गरि रहेका छन् भने युएईबाट स्वतन्त्र उम्मेद्वार चन्द्र प्रसाद सापकोटालाई दुबईका पंजीकृत सदस्यहरु मध्येमा ६५ प्रतिसत मत र अन्य देशका दुबै गुटहरुबाट राम्रो मत आउने सम्भावना बढ्दै गएकोले गर्दा उपाध्यक्षमा निजको जित हुने देखिन्छ भने अन्य १ उपाध्यक्षमा भने युके वा अमेरिका मध्ये १ को हातमा जानेछ भने महासचिबमा बिष्णु माया परियारको समर्थक धेरै भएकोले र सचिबमा टिबि कार्की ठिक हो भन्ने आवाज सम्पूर्ण देशका गैर आबासिय बुद्दिजिबीहरुको भनाइ रहेकोले निजको जित हुने देखिन्छ /
अब रह्यो अध्यक्षमा वर्तमान अध्यक्ष देवमान हिराचन र उपाध्यक्ष जीवा लामिछाने बीच घमासान प्रतिस्पर्दा हुने देखिन्छ भने कोषाध्यक्षमा जापानका भवन भट्ट र अस्ट्रेलियाबाट गोवा कटवाल बीच १/२ भोटको अन्तरले जित हार हुने देखिन्छ /

Thursday, October 13, 2011

0

सुनकोशी नदी किनारमा बस खस्दा कम्तिमा ४२ जनाको मृत्यु

सिन्धुली / सिन्धुलीको पुरानो झाँगाझोली-६ रिठठेभिरबाट सुनकोशी नदी किनारमा बस खस्दा कम्तिमा ४२ जनाको मृत्यु भएको छ ।सिन्धुलीबाट काठमाण्डौतर्फ आउँदै गरेको बा ३ ख ९४१२ नम्बरको बस बनेपा-बर्दिबास सडक खण्ड अन्तरगत ट्राक मात्र खोलिएको खुर्कोट नेपालथोक सडक खण्डको रिठठेभिरबाट करिव ३ सय मिटर तल सुनकोशी नदी बसेको थियो । दुर्घटनामा परि चालिस जनाको घटनास्थलमै र २ जनाको उपचारका लागि धुलिखेल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु भएका मध्ये चालक प्रेम लामा, भिमेश्वर-७ का युवराज श्रेष्ठ, ८ का खुसबहादुर श्रेष्ठ, कामलामाइनगरपालिका-३ का विकास परियार, १ का वीरबहादुर तामाङ र उपयपुरका सिंहबहादुरको मात्र सनाखत भएको छ ।
0

व्यवहारको आधारमा नै राजनीति हुनु पर्छ

व्यवहारको आधारमा नै राजनीति हुनु पर्छ
- -शोभाकर पराजुली
माओावादीहरुको व्यवहारले लोकतन्त्रको मर्मलाई आत्मसात गर्न सकिरहेको छैन । दलका नेता प्रधानमन्त्री हुंदा समेत एक भएर देश र जनताको लागि जति सकिन्छ दिन खोज्ने सोच माओवादीहरुका केही दिग्गजहरुमा देखिएन । सायद उनीहरु मध्ये नै प्रधानमन्त्री भएको भए पनि बाबुरामहरुले त्यसै गर्दथे कि माओवादी नेताहरुले बहुदलिय व्यवस्था मान्ने भने पनि पहिला देखि नै भन्दै आएको अमृुक दललाई प्रतिवन्धित गर्ने भन्ने कुरा सच्याएका छैनन् । उनीहरु प्रतिवन्ध्ाित गर्न पनि आंफूहरु नै बिशेष अधिकारी भएको बताउंछन् । जनताले मत नदिए पछि अहिले बिलाएका दल जस्तै जनबिरोधी दलहरु बिलाउंदछन् भन्न्ो मान्न तयार छैनन् ।
कस्त्ाा दलहरुलाई प्रतिवन्ध लगाउने वा नलगाउने भन्ने तय आंफूहरुल्ो गर्ने कार्यले लोकतन्त्र मान्दैन । यो लोकतन्त्रको मर्म विपरित छ । आँफुलाई मात्र राष्ट्रबादी जनताका हित चिन्तक बिकासवादी आदि भन्नु जनतालाई अरुलाई छान्न पाउंदैनौ भन्नु हो । निषेधको राजनीति नै बिकास र जनताको हितको बाधक पनि हो । चोर डाँका ज्यानमारा जालीफटाहरुले पनि आफ्नो कार्यलाई ठिक भने पनि त्यसलाई हामी मान्न सक्दैनौं । यो त निस्पक्ष रुप्ामा अरुले हेर्ने हो र त्यो अधिकार सुरक्षित गर्नु भनेको आंफू इमान्दार भए नभएको पारख गर्ने अधिकार अरुल्ााई दिनु हो । माओवादीहरु भने आफ्नो र अरुको पनि जांच आंफैले लिने र सवैको जाँच पनि आँफैले गर्ने कुरा गरिरहेका छन् । यो हास्यास्पद हो ।
शान्तिको कुरा जति गरे पनि देशमा अशान्तिको बिजारोपण माओवादीहरु बाटै भएको हो । यो जनजनले बुझेको बिषय हो । अहिले पनि माओवादीको अर्धस्ौनिक दस्ता शान्तिको दुस्मन वनेर नै रहेकोमा राजनीतिक आधारमा दादागिरी र अपराध हुन नदिने प्रधानमन्त्री बाबुराम भट्टराईको भनाई पुरा हुन गाह्रो छ वा यो प्रधानम्ान्त्रीको औपचारिकता मात्र हो । माओवादीहरुको लागि कानुनको उलँघन मानिसलाई दुख दिनु संपत्ति कमाउन विभिन्न गैह्रकानुनी कार्य गर्नु सामान्य भएको छ । अहिले गोर्खामा एउटा कार्यक्रमको लागि भनेर जवर्जस्ती चन्दा उठाउने कार्य भइरहेको सुनिदैछ । नयां जोगील्ााई बढी खरानी घस्न पर्ने हुंदा बढी चन्दा आतंक मच्च्ााउनेमा पनि राम र काजीहरुको आफ्नै लहडले काम गरेकेा होला । प्रधानमन्त्रीले इच्छा लागेकाहरुल्ो दलको कार्यालयमा आएर चन्दा दिन आग्रह गर्ने ब्यवस्था गर्न सक्नु हुन्छ अरु दल भन्दा माओवादीको अवस्था फरक भएकोले पनि यो भन्न परेको हो ।
संपत्ति लुट्ने जनतालाई त्रसित पार्ने माओवादीहरु अहिले संपत्ति फिर्ताको कुरा पनि गरेका छन् । यो राम्रो हो तर बैद्यहरु त्यसको पक्षमा छैनन् । कुनै भूमिसुधार चाहियो अरे लोकतन्त्रवादीले चाहेको पनि बैद्यको जस्तै हो । लुटलाई दिन चर्या नवनाउनु होस् । आंफूसंग असहमत हुनेहरुलाई गरीव्ा भए पनि सामन्त भनेर उनीहरुको सम्पत्ति नलुट्नु होस् भन्ने जनताको चाहना हो । कानुन बनाएर क्रान्तिकारी वा महाक्रान्तिकारी जे नामको भूमिसुधार भन्ने ल्याए पनि हुन्छ । तर संपत्ति जफत भए कानुनको आधारमा नै हुनु पर्दछ । भूमिसुधार ल्याएर प्रतिब्यक्ति दश कठ्ठा वा पांच रोपनीको हदबन्दी बनाए पनि केही छैन । तर कानुन बिपरित हडप्ने र लुट्ने कार्य रोकनु होस् भन्ने संविधान र कानुन मान्नेहरुको हो र कानुनको राज्य हुनु पर्दछ भन्नेहरुको हो । तर कानुन पनि नवनाउने संपत्ति पनि लुट्ने गर्न पाइदैन । यो कार्य त लुट हो र आफ्नो दलमा आए फिर्ता आफ्ना दलकाले बेच बिखन र कमिसन पाए फिर्ता भन्ने नै हो ।
माओवादीहरु मैना सुनुवारको कुरा गर्दछन् । त्यो उठाउनु ठिक हो तर माओवादीहरुल्ो भने हजारौ मैना सुनुवारहरुल्ााई बरवाद गरेको कस्ले देख्ने बलात्कार हत्या बिश्थापन लुट अपांग जस्ता धेरै अपराधको वारेमा पनि माओवादीहरु साधु भएर सत्य बोल्नु पर् यो । माओवादीबाट हामीहरुका दिदी बहिनी दाज्यु भाइहरुप्रति भएको ज्यादतिको कार्यवाहीको हुनु पर्दछ । माओवादीहरु आफ्ना दलमा लागेका अपराधीलाई संरक्षण दिने अपराधीलाई पदोन्नती गर्ने वसमा वम हानेर मार्नेहरुलाई सजाय गर्न सहयोग नगर्ने कार्य गरिरहेका छन् । सत्य निरुपण र शान्ति संग संवन्धित आयोग अहिलेसम्म पनि बनेन । सवैले न्याय पाउनु पर्दछ भन्ने आशा अहिले पनि संकाको घेरामा छ । पिडित र पिडितका परिवारको हितलाई सवैले ख्याल गर्दै सवैले अव देशमा वास्तविक शान्ति चाहाने हो भने अन्याय र अपराधलाई अन्याय र अपराध भन्ने मात्र होइन सजायको दायरामा पनि ल्याउन सक्नु पर्दछ । यो पहिलो आवस्यकता पुरा नगरी अरु ठुला ठुला कुरा मात्र गरेर के हुन्छ ठुला कुरा कितावमा नै छन् कसैले भनिरहनु पर्दैन । हुनत आफ्नो दलवाट नै मन्त्री पुरा गर्न नसकेका र पदको लागि मन्त्रालय फोर्न तयार भएका प्रधानमन्त्री र माओवादी नेताहरुबाट जनताले पदको लोभ बाहेक के सोच्न सक्ने हुन् र तैपनि देखिएका कुराबाट जनता सकेसम्म सजग त हुनै पर्दछ ।
माओवादीहरुले पश्चिमा जलविद्युत आयोजनाको कार्य रोक्न भनेकामा कमिसन पाए पछि सुचारु भएको सुनिएकोमा यसले जनतालाई बिद्युत प्रयोग गर्न महंगो पर्ने प्रष्ट छ । विकास विरोधी नभएको तर भारतिय विस्तारवादको विरुद्ध रहेकोले त्यो कार्य रोक्न्ा लगाएको भनिएकोमा कमिसन मिले पछि बिस्तारवादको अन्त्य हुने राष्ट्रियता कस्तो होला भारतले सहयोग गरेर वा अन्य देशले सहयोग गरेर वा त्यस देशका नागरिकहरुले कुनै उद्योग गरेर देशको राष्ट्रिय अस्मिता खतरामा पर्ने भए भारतले देशमा सवैभन्दा बढी सहयोग गरेको छ । यसले राष्ट्रियता खतम हुन पर्ने । बरु दलको स्वार्थको लागि जे पनि भन्नेहरुका कारणले भारत र चीन जस्ता मित्र राष्ट्रहरुमा भ्रम पैदा भने हुन सक्दछ ।
सत्तामा जान जे पनि गर्ने र यो वाहेक अरु कुनै कुरामा संझौता नगर्ने र सत्ता नपाए विदेशीलाई सराप्ने माओवादी नीतिको पहिला देखि नै निन्दा भएको हो । जनताको हित गर्नु लोकतन्त्रको मुल मर्म हो सत्तामा जानु मात्र होइन । शान्ति संझौत्ाामा लोकतन्त्रको मर्म अनुसार कार्य गर्ने प्रष्ट उल्लेख भएकोमा लोकतन्त्रको मर्म विपरित न्यायपालिकालाई स्वतन्त्र हुन नदिने र कतिपय मौलिक हकहरुलाई परिवर्तनिय वनाउने माओवादी सोच र व्यवहारले माओवादीको लोकतन्त्र प्रतिको आस्था कथित हो र रणनीतिमा आधारित हो भन्ने देखाएकामा अहिलेको माओवादी सरकारले यो सोचमा परिवर्तन गर्नेछ भन्ने आशा राख्नु पर्ने हो कि अमेरिकाले माओवादीलाई आतंककारीको सूचिवाट हटाउन चाहेको छैन । यसको लागि वाइसियलका अपराधिक गतिविधी रोक्नु पर्ने कानुन आफ्नो हातमा लिने कार्य रोक्नु पर्ने तथा व्यवहारमा पनि िहंसा त्याग्न पर्ने समेतका कुरा छन् । यसमा यो सरकार सजग हुने कि नहुने माओवादीले िहंसालाई राजनीतिको माध्यम वनाएकोमा त्यस कार्यवाट माओवादी बाहिर आउनु पर्ने त अमेरिकीहरुले पहिला पनि बताएका थिए ।
माओबादीले औपचारिक रुपमा र भाषणमा कहिले कांहीं राम्रा र लोकतन्त्रमा आधारित कुरा राखे पनि लोकतन्त्रको ढाँचामा आउन सकिरहेको देखिएको छैन । शान्ति र लोकतन्त्रलाई आफ्नो लक्ष्यको वाधा देख्नु भनेकै सेना र अर्थसैन्य दस्तामा बिश्वास गर्नु हो । पूर्ण स्वतन्त्रता नै जनताको शक्ति हो भन्ने बारे लोकतन्त्र मान्ने नै हो भने माओवादीले राम्रोसंग आत्मसात गर्न सक्नु पर्दछ । देशलाई लोकतन्त्रको वाटोमा लग्ने र मिलेर समाजको हित गर्ने हो भन्ने सोच नआए सम्म भाषणले मात्र केही हुंदैन । लोकतन्त्रका संवन्धमा भन्नै पर्दछ कि पानीसंग डराएर पानीको उपयोगिता लिन सिकंदैन । लोकतन्त्र नमान्नेहरुले जनताको हितमा काम गर्न सक्दैनन् किनभने एकजना विद्धानले भनेजस्तै मुसाहरुको दौडको जीत भनेको आखिर मुसाको क्षमता भन्दा वाहिर जानु होइन । 
अन्यौलताको कारक माओवादी
मधुसुधन भट्टराई
देशको राजनितिक अन्यौलता चरम उत्कर्षमा छ । मंसिर १४ सम्ममा त्यो अन्यौलताले एक खालको निकास पाउने र शान्ति प्रकि्रयालाई सार्थक निश्कर्षमा पुर् याई संबिधान निर्माणको कामलाई पनि तिब्रता दिने बिषयमा दलहरुले सहमति गरे पनि त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सकेका छैनन् । दलहरुबीचको अबिश्वास कम हुन नसक्नु र प्रमुख दलहरुमा आन्तरिक समस्या पनि देखिनुले शान्ति र संबिधान निर्माणको सहमति कार्यान्वयन गर्न समस्या परेको हो । परिस्थीति अहिले पनि त्यस्तै छ र मंसिर १४ आउन दुई महिना केहि दिन बाँकी रहेपनि शान्ति र संविधान सम्वन्धि कुनै काम भईरहेको देखिदैन । यसले १४ मा राजनीतिक दलहरुले नेपाली जनताले दिएको म्याण्डेड अनुसारको कार्यभार पुरा गरी जनतालाई खुसी पार्ने छाट देखिदैन ।
जनताको चाहना शान्ति र संबिधान हो । संबिधानसभाको निर्वाचनमा माओवादी प्रति जनताले देखाएको समर्थनको प्रमुख कारण शान्तिप्रकि्रयाको हिस्सेदार माओवादीले नै यसलाई टुङ्ग्याउँछ भन्ने हो । सेना हतियार युद्धका लागि प्रशिक्षित कार्यकर्ता आमुल परिवर्तनको पक्षधर मानिने शक्तिका रुपमा माओवादी रहेका कारण सत्ताको बागडोर उसैको हातमा सुम्पिदा शान्ति प्रकि्रयाले निश्कर्ष पाउछ भन्ने मतदाताले अडकल काटेका थिए । उनीहरुको अडकल नाजायज भन्न मिल्दैन । युद्धबाट पिडित मतदाताहरुले माओवादी शान्ति प्रकि्रयाको हिस्सेदार बनोस र निर्णायक तहमा नै रहोस भन्ने चाहे । मतदाताको चाहनालाई माओवादीले बुझ्न सके नसकेको उसको व्यवहारले प्रष्टयाएको छ ।
शान्तिप्रकि्रयामा निर्णयक शाक्ति मानिएको र निर्णयक भूमिका खेल्ने अपेक्षा गरिएको माओवादी भित्र शान्ति प्रकि्रयाका वारेमा नै एक मत हुन नसक्नु अहिलेको प्रमुख समस्या हो । १२ बुँदे सहमति मार्फत शान्ति प्रकि्रयामा प्रबेश गरेको माओवादी अब त्यो सहमतिको सारलाई छाडेर पछाडी फर्कने सम्भावना देखिदैन । त्यस पछी भएका थुप्रै सहमतिमा पनि माओवादीले हस्ताक्षर गरेको छ । सहमतिलाई नाघेर जाने सम्भावना छैन र जान पनि सक्दैन । तर पनि आफैले हस्ताक्षर गरेका सहमतिका दस्ताबेजहरुको निश्कर्षका आधारमा माओवादीले शान्ति प्रकि्रयाका बारेमा पार्टी भित्र एकमत बनाउन नसक्नु उसको कमजोरी हो । माओवादीले सहमतिका बुँदालाई ढिलै भएपनि स्वीकार्ने बाद्ययता आउने छ । कम्युनिष्ट जडता बिश्वबाटै उखेलिदै गरेको परिस्थीति र हतियारवाट सत्ता कब्जाको सम्भाबना नभएको चुनवाङ् बैठकको निश्कर्ष पछी मात्रै माओवादी शान्तिप्रकि्रयामा आउन राजी भएको हो । यी दुईवटा निश्कर्ष माओवादीले पुनरबिचार गरी त्यहि धारणामा फर्कन सम्भब पनि छैन उ तयार हुदैन पनि । यस्तो अबस्थामा माओवादी भित्र शान्तिप्रकि्रयाका बारेमा एकमत हुन जरुरी छ । यसमा ढिलाइ भए माओवादीलाई त हुन्छ नै राष्ट्रलाई पनि क्षति हुने पक्का छ । आफ्नो क्षतिलाई बुझ्न नसक्नु माओवादी भित्रको अर्को समस्या हो । ठूलो दल बनाउदा पनि शान्तिप्रकि्रयाको नेतृत्व गर्न सकेन भनेर माओवादी प्रति जनताको अबिश्वास बढ्दो छ । यो उसका लागि सबै भन्दा ठूलो क्षति हो । त्यसै गरी सेना समायोजनका सन्दर्भमा भएको ढिलाईले माओवादी नेतृत्व प्रति ति सेनाहरुको बिश्वास घट्दै जानसक्ने सम्भावना छ । केहिले त त्यो कुरा सार्वजनिक रुपमा बोली पनि सकेका छन । अयोग्य भनेर शिबिरबाट निकालीएका लडाकुहरुले नेतृत्वलाई चुनौति दिन थालेका समाचारहरु दिन प्रतिदिन बढिरहेका छन् । शिबिरभित्रका लडाकुहरुले आफहरुलाई बन्धक बनाएर नेतृत्वले सौदावाजी गरिरहेको भन्दै नेतृत्वलाई सचेत बन्न आग्रह सचेत गरेका छन । अर्कोतिर सत्ताको नेतृत्व गर्दा वा सत्तामा सहभागि हुँदा पनि आमुल परिवर्तनका मुद्दाहरुलाई उठाउन नसकेको आरोप पनि माओवादीलाई लागिरहेको छ । यस्ता विषयबस्तुले उसप्रतिको बिश्वास र अपेक्षाको पारो घट्दै जान थालेको छ ।
माओवादीले आफ्नो चाखर्ँ बाचर्य राख्न र जनताको बिश्वास जित्न आँटिलो निर्णय गर्नुपर्ने हुन्छ । अन्यथा क्षयीकरण तर्फ सुरु भएको उसको यात्राले निरन्तरता पाउने छ । देशको सुन्दर भबिश्य निर्माणको आधार मानिएको शान्तिप्रकि्रया अलपत्र पर्ने छ । अन्य राजनीतिक दलहरुले आँटिलो निर्णय गरेर अगाडी आउन माओवादी अध्यक्ष प्रचण्डलाई सुझाइ रहेका छन । निर्णय गर्न अलमल ह
0

भारत भ्रमणको अवसरमा नेपाल पक्षबाट उठाउनु पर्ने कुरा सार्वजनिक

वर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराई यही कार्तिक ४ गतेदेखि मित्रराष्ट्र भारतको भ्रमणमा जानुहुने कुरा सार्वजनिक भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको चारबुँदे सम्झौता मार्फत् नेपाललाई सिक्किमीकरण गर्ने विशेष रणनीति अन्तरगत भारतकै ग्य्राण्ड डिजाइनमा वर्तमान सरकारको निर्माण भएको टिप्पणी स्वयम् डा। भट्टराईको पार्टीले आशंका गरिरहेको अवस्थामा नेपाल पक्षबाट भारतसँग उठाउनुपर्ने मुद्दाहरु बारे छलफल चलाउनु अत्यन्त महत्वपूर्ण भएकोले बहसको लागि यो लेख समर्पित छ । चारबुँदे सम्झौताको एउटा बुँदामा दुई छिमेकी मित्रराष्ट्रहरुबाट प्रस्तावित कतिपय विषयहरु समाधान गर्ने विषय पनि उल्लेख छ । त्यसैले सुपुर्दगी सन्धी मार्फत् नेपालको सुरक्षा हत्याउने सिमानामा एकिकृत जाँच चौकी खडा गरेर नेपाललाई चौतर्फी नाकाबन्दी भित्र पार्ने र सुरक्षामा समेत दख्खल दिने नेपालको एयरपोर्टमा भारतीय एयर फोस्र तैनाथ गरेर नेपालको आकाश कब्जा गर्ने १८२ स्थान गलत नक्साहरु प्रस्तुत गरेर मिचिएका सिमानाहरु सबै भारतमा गाभेको ल्याप्चे छाप लगाइदिने र नेपालको सम्पूर्ण जलभण्डार हत्याउनको लागि हालसम्म भारतका निजी विद्युत कम्पनीहरु जिन्दाल जि।एम।आर। टाटा इनर्जी भिलबाडा पावर ल्यान्क्रोइन्प्रुाटेक लगायतका दुई दर्जनभन्दा बढी कम्पनीहरुले दुई दर्जनभन्दा बढी नदीनालाहरुमा बन्ने उच्च जलाशययुक्त बाँधहरु निर्माण गरी पानी र बिजुलीको सम्पूर्ण स्रोत एत्ऋ क्ष्लमष्ब को दलाल कम्पनीको नेपालमा पनि भगीनी संस्था खोलेर एत्ऋ ल्भउबि खडा गर्न डा। बाबुराम भट्टराई अर्थमन्त्री भएकै अवस्थामा ूनेपाल-भारत संयुक्त विद्युत उद्यमू मन्त्री परिषद्को अर्थ समितिमा प्रस्ताव गरेको थियो । एत्ऋ क्ष्लमष्ब का नेपाली एजेन्टहरु सभासद् आरजु देउवा पूर्व मुख्य सचिव विमल कोइराला क्याम्पस साचालक विष्णु अधिकारी बैंकस्र हिमालय शमशेर राणा उद्योगपति वसन्तलाल चौधरी र ज्ञानेन्द्रलाल प्रधानहरुको नाउँमा ३०% शेयर एत्ऋ क्ष्ल्मष्ब को ३०% शेयर नेपाल सरकारको ३०% शेयर र सर्वसाधारणको १०% शेयर गरी विद्युत उद्यम खोल्ने षडयन्त्र असफल भएता पनि त्यसलाई ब्यूँताउने पुनः सम्भावना बढेको छ । यस सन्दर्भलाई समेत लिँदा चौतर्फि रुपमा सिक्किमीकरण हुनसक्ने बलिया संकेतहरु यसका ज्वलन्त उदाहरणहरु हुन् । यस अवस्थामा हुने भारत भ्रमणको विशेष चिन्ता र चासो नेपाली जनतामा जाग्नु स्वभाविकै हो । त्यसकारण भारतको पक्षबाट प्रस्तावित विषयहरु र नेपालको पक्षबाट समाधान गरिनुपर्ने विषयमा बहस चलाउनु अति आवश्यक हुन गएको छ । यसका अधिकांश बुँदाहरु गतसाल २०६६ भाद्र २ गतेबाट भारत भ्रमणको अवसरमा पनि राष्ट्रिय जनमोर्चा जनमोर्चा नेपाल
नेपाल एकीकृत नेकपा माक्स्रवादी र नेकपा माओवादी केन्द्रिय संयोजन समितिबाट उठाइएका थिए तर ती विषय समाधान हुनुका बदला अझ थप भएका छन् ।
१ सन् १९५० को सन्धिसहित सबै असमान सन्धिहरु खारेज गरिनु पर्दछ ।
२ भारतीय सेनाले नेपाली भूमि लिम्पियाधुरा कालापानी क्षेत्रमा लामो समयदेखि कब्जा जमाएका छन् । त्यहाँबाट भारतीय सेनालाई हटाउन ठोस पहल गर्नुपर्ने आवश्यकता छ । त्यस्तै नेपाल-भारत सीमाबाट क्क्द्य फौज हटाउन जरुरी छ ।
३ भारतबाट सुस्ता सन्दकपुर मानेभाज्या· हनुमाननगर बारा दाङ सहित नेपालका कैयौं स्थानहरुमा सीमाना अतिक्रमण भएको छ र त्यो क्रम लगातार बढ्दै गइरहेको छ । त्यस प्रकारको सबै सीमाना अतिक्रमणलाई बन्द गर्ने भविष्यमा त्यो कार्य हुन नदिन र अतिक्रमित क्षेत्रहरु फिर्ता गर्ने पहल गर्नुपर्दछ ।
४ सीमावर्ती क्षेत्रमा अन्तर्राष्ट्रिय कानुन विपरीत बनेका कैलासपुरी लक्ष्मणपुर महलीसागर हरकठ्ठा बाग्मती डण्डा-फरैना रसियावाल फुर्दालोटन कुनौली लगायतका बाँधहरुका कारणले नेपालका कैयौं स्थानहरु जलमग्न हुने गरेका छन् र त्यसबाट स्थानीय जनतालाई ठूलो क्षति हुने गरेको छ । सीमावर्ती क्षेत्रहरुमा त्यस प्रकारका बाँधहरुको निर्माण अन्तर्राष्ट्रिय कानुनको पनि विपरीत छन् । ती बाँधहरुलाई भत्काउन तथा तिनीहरुका कारणले डुवानमा परेका जनतालाई क्षतिपूर्ति दिने व्यवस्था गरिनु पर्दछ ।
५ नेपालको सीमानाका निकटवर्ती भारतीय भूमिमा सरजु तथा लालबोजी भजनी क्षेत्रमा बस्न लागेको भारतीय नहरबाट नेपालको दक्षिण भागका कैयौं जिल्लाहरुको ठूलो भू-भाग जलमग्न हुने खतरा छ । भारतद्वारा एकतर्फीरुपमा निर्मित ती नहरहरुको निर्माण अन्तर्राष्ट्रिय कानुनको पनि विपरीत छन् । त्यसकारण ती नहरहरु निर्माण रोक्न पहल गरिनु पर्दछ ।
६ कोशी सम्झौतामा व्यवस्था भए अनुसार त्यहाँका जनताबाट कोशी बाँध निर्माणको लागि लिइएको जमीन समेतको क्षतिपूर्तिको ठूलो रकम भारतबाट प्राप्त भएको छैन । हालै त्यहाँ बाढीका कारणले भएको क्षतिको पनि दुवै देशका बीचमा भएको सम्झौताअनुसार भारतले नै पूर्ति गर्नुपर्दछ । सो सम्झौता अनुसार कोशी पीडित जनतालाई पहिलेको बाँकी रहेको र अहिलेको बाढीका कारणले पुगेको क्षति समेतको क्षतिपूर्ति दिलाउनका लागि पहल गरिनु पर्छ । गण्डक बाँधबाट नेपाली पक्षले व्यहोरी रहेको क्षतिको सम्पूर्ण क्षतिपूर्ति भराउन भारतसँग सार्थक पहल गरिनु पर्दछ ।
७ राष्ट्रघाती महाकाली सन्धि खारेज गरिनु पर्दछ र सो अनुसारको पाचेश्वर बहुउद्देश्यीय योजना खारेज गरी राष्ट्रहित विपरित रहेको नौमुरे जलविद्युत आयोजना खारेज गरिनु पर्दछ ।
८ नेपालका राष्ट्रिय हितहरुका विरुद्ध भारतका निजी कम्पनीलाई दिइएको पश्चिम सेती उपरकर्णाली र अरुण तेस्रो चैनपुर बझा· उपल्लो मस्र्याङ्दी दोस्रो तीला दोस्रो÷तेस्रो लिखु÷बलेफी÷तामाकोशी तेस्रो लगायत सबै गैरकानुनी र संविधान मिचेर गरिएका सबै सम्झौता समेतका परियोजनाहरु तुरुन्त खारेज हुनुपर्दछ ।
९ कोशी उच्चबाँधको निर्माणबाट नेपालका कैयौं भागहरु जलमग्न हुनेछन् । त्यसकारण त्यो प्रस्तावित सम्झौतालाई अस्वीकार गर्नुपर्दछ ।
१० नेपालकेा जलविद्युत सौदावाजी गर्ने उद्देश्यले भारतको ऊर्जा दलाल कम्पनी पी।टी।सी। को संयुक्त लगानीमा नेपालमा पनि उसको भगिनी संस्था खोल्ने गतिविधि भइरहेको सन्दर्भमा पी।टी।सी। इण्डियालाई नेपाल भियभयाई कथित् नीजि कम्पनीहरुसित सहकार्य गराइ कथित उर्जा आपूर्ति गर्ने नाममा नेपालको सम्पूर्ण उर्जा विदेशी कम्पनीको हातमा सुम्पने काम कारवाही बन्द गरिनु पर्दछ र विगतमा भएको त्यस प्रकारको सहमति रद्द गरिनु पर्दछ ।
११ २०६५ साल आश्विन १५ गते नेपाल र भारतका जलस्रोत सचिवहरुको निर्णयबाट टनकपुर व्यारेजबाट महाकाली तेस्रो चरण िसंचाई आयोजनाको मूल नहर जोड्ने १२०० मी। गड्डाचौकी वरपरको सारदा व्यारेज मर्मत सम्हार गर्ने गरी दिइएको नेपाली भूमिको भारतले सट्टाभर्ना दिने गरी सन् १९२० मा सम्झौता भएकोमा सो प्राप्त नभएको र समयसीमा पनि कटिसकेकोले उक्त जमीन नेपालको नै भएको छ । तर सो निर्णयमा ूभारतकोू भन्ने उल्लेख भएकोले सो जमीनको स्वामित्व समाप्त गरी राष्ट्रियतामाथि गम्भीर आँच पुर् याउने राष्ट्रघाती काम भएको छ । सो निर्णय खारेज गरिनु पर्दछ ।
१२ तराई सडकको नाममा हुलाकी सडक जसको नक्सा प्राविधिक सर्भे लगानी र सम्पूर्ण संरचना भारतले आÇनो मातहतमा राखि गर्ने भएको एकपछि अर्काे तराईको सीमावर्ती क्षेत्रमा बाँधहरु निर्माण गर्दै गएको र भारतीय क्षेत्रमा २२०० कि।मी। लामो सीमा सडकको नाममा बाँध निर्माण भइरहेकोले भारतको विवादास्पद नदी जडान योजनाको अंगको रुपमा यो सडकले कालान्तरमा बाँधको रुप लिएर नेपालको राष्ट्रिय हितमा आँच पुग्न नपावस् भन्नका लागि उच्चस्तरको सतर्कता अपनाइनु पर्दछ ।
१३ नेपाल सरकारले नेपाल र भारतको सीमा सम्बन्धी समस्याको ९८ प्रतिशत समाधान भइसक्यो भन्ने प्रकारका अभिव्यक्तिहरु बाहिर ल्याउने गरेको छु । तर वास्तविकता यो हो कि कालापानीमा भारतीय सेनाको कब्जा सुस्ता बारा दा· मेची महेशपुर लगायत देशका कैयौं सीमाहरुमा अतिक्रमण माथि विचार गर्दा यो समस्या अझै पनि गम्भीर छ । त्यसकारण दुवै देशहरुका सिमांकन बारे विस्तृत अध्ययन भारतीय सेनाले कब्जा जमाएका नेपाली भूमि फिर्ता गर्ने वा सीमा अतिक्रमणलाई समाप्त गर्ने कार्य सम्पन्न नगरिकन तथा नेपाल र भारतका सीमा सम्बन्धी समस्या सतप्रतिशत समाधान गर्न नक्सा बारे सार्वजनिक रुपमा छलफल नभइकन त्यस सम्बन्धी नक्सामा हस्ताक्षर गर्न अस्वीकार गर्नुपर्दछ किनभने त्यसो गरेमा त्यसका दुगामी दुष्परिणाम निस्कने छ ।
१४ नेपाल र भारतका बीचमा सुपुदर्गी सन्धि सम्बन्धी प्रस्तावित सन्धिलाई अस्वीकार गर्नुपर्दछ किनभने त्यस प्रकारको सन्धिद्वारा नेपालमा भारतीय हस्तक्षेप बढेर जाने तथा नेपालको राष्ट्रिय सुरक्षामा समेत असर पर्न गई राष्ट्रियता र सार्वभौमिकतामा गम्भीर खतरा पुग्ने सम्भावना रहने छ ।
१५ भारतसित व्यापार सन्धिको नविनिकरण गर्दा नेपालको व्यापार उद्योगको संरक्षण राष्ट्रिय अर्थतन्त्र र जनताका आम हितहरुको रक्षा तथा एउटा पिछडिएको भूपरिवेष्ठित देशका हैसियतले नेपाललाई व्यापारमा सुविधाहरु प्राप्त गर्ने कुराहरुमा ध्यान दिनुपर्ने आवश्यकता छ ।
१६ वीरगाजमा भारतीय पूँजी भियभयाउने नाउँमा प्रस्तावित ँविशेष सुरक्षित आर्थिक क्षेत्र’ को निर्माणबाट विदेशी पूँजीको एकाधिकार कायम हुने राष्ट्रिय अर्थतन्त्रमा आँच पुग्ने तथा मजदुर वर्गका हक र हितहरु पनि कुण्ठित हुने खतरा छ । त्यसकारण त्यसलाई अस्वीकार गर्नुपर्दछ ।
१७ एउटा भूपरिवेष्ठित राष्ट्रको हैसियतले अन्तर्राष्ट्रिय कानुन अनुसार नेपालका पारवहन सम्बन्धी हक र हितको रक्षाका लागि आवश्यक सन्धि वा सम्झौता गरिनु पर्दछ ।
१८ नेपालको एयरपोर्टमा भारतीय सुरक्षा जाँच राख्ने व्यवस्थाको मागलाई दृढतापूर्वक अस्वीकार गरिनु पर्दछ ।
१९ सेप्टेम्बर १४-१८ २००८ मा नयाँदिल्लीमा नेपाल-भारत बीच संयुक्त विज्ञप्तिमा उल्लेख भए अनुसार सहमति भएको राष्ट्रघाती ूमेघा प्रोजेक्टू खारेज गरिनु पर्दछ ।
२० भूटानी शरणार्थीहरुको समस्या भारतको सकारात्मक सहयोगबिना सम्भव नभएकोले त्यसलाई समाधान गर्न आवश्यक पहल गरिनु पर्दछ ।
२१ २०६६ मंसीर ५-७ गते निर्णय भएको पाचेश्वर विद्युत प्राधिकरण गठन गर्ने नेपाल-भारत संयुक्त जलस्रोत सचिव स्तरीय निर्णय राष्ट्रघाती महाकाली सन्धिलाई कार्यान्वयन गर्ने निरन्तरता भएकोले रद्ध गरिनुपर्दछ ।
२२ नेपाल-भारत सिमानामा भारतको योजनामा संयुक्त एकिकृत जाँच चौकी निर्माण गर्ने योजना रहेको र त्यसै योजनाको अंगको रुपमा विरगाज÷रक्सौल नाकामा भारतीय प्रधानमन्त्रीका विशेष दुत परराष्ट्रमन्त्री यस।एम। कृष्णाले ६ महिना अघि उद्घाटन समेत गरिसकेको कारणले त्यसबाट नेपालको सुरक्षामा हस्तक्षेप हुनसक्ने सम्भावनालाई ध्यान दिँदै त्यस्तो कार्य बन्द गर्न आग्रह गर्ने ।
२३ १८-२२ अगस्त २००९ मा भएको २५००० मेघावाट विद्यतु सम्बन्धि नेपाली आयोजनामा भारतलाई सकि्रय सहभागी बनाउने भन्ने सहमतिको ूस्वेत पत्रू जारी गर्नु पर्दछ ।
२४ भारततर्फ नेपालको तराईमा भैरहेको हतियार तस्करी सशस्त्र समूहहरुलाई संरक्षण र प्रोत्साहन बन्द गरिनुपर्दछ । नेपाल-भारत खुला सिमाना अन्तर्राष्ट्रिय अपराधीबाट समेत दुरुपयोगको सम्भावना भएकोले वैज्ञानिक सिमाना व्यवस्थापन र नियमन गर्दै आवत-जावतको लागि अन्तर्राष्ट्रिय सीमा व्यवस्थापन मापदण्ड अनुरुपको भिषाप्रथा लागु गरिनुपर्दछ ।
-साध्यबहादुर भण्डारी
0

रजिअको निवासमा राजनीतिकदलहरुलाई फकाउनका लागी भोजको आयोजना

रजिअको निवासमा राजनीतिकदलहरुलाई फकाउनका लागी भोजको आयोजना

जयकृष्ण यादव । इनरुवा
सुनसरीका राजनीतिक दलका नेताहरुलाई फकाउनका लागी मंगलवार प्रमुख जिल्ला
अधिकारीले भोजको आयोजना गरेको खुलासा भएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी चुडामणि शर्माले राजनीतिक दलका नेताहरुलाई
आफनै निवासमा वोलाएर भोज दिएका हुन् । करीन १ लाख वढीको खर्च गरेर
भोजको आयोजना गरेको एक सहभागी नेताले वताए । नसालु पेय पदार्थ देखी
खाना सहीतको भोजमा प्रहरी अधिकारी सहितको उपस्थितीमा दलका नेता फकाउने
भोजको आयोजना गरिएको रहस्य वाहीर आएको हो । राजनीतीक दलका
प्रतिनिधिहरु र उनका आसेपासेहरुको उपस्थितीमा सरकारी निवासमा भोजको
आयोजना गरेको प्रसाशनका एक कर्मचारीले नाम नवताउने शर्तमा भने । सहभागी
भएका अर्का एक नेताका अनुसार प्रजिअलाई चौतर्थी दवाव वढेकाले
राजनीतिकहरुलाई फकाउनका लागी मंगलवार भोजको आयोजना गरिएको हो ।
संयुक्त मधेसी मााेर्चाले वहीसकार गरे पनि प्रजिअको आग्रमा आफु पनि गएको
मोर्चासंग आवद्ध रहेको मधेसी जन अधिकार फोरम गणतान्त्रिकका एसएन मेहताले
वताउनुभयो । सो भोजमा एमाले नेपाली काग्रेसका जिल्ला नेतहरुको
सहभागीता रहेको थियो । सुनसरीको देवानगंजमा भएको गोली काण्ड पिछ
सम्वन्ध विग्रेको काग्रेसको सुनसरी सभापती राजीव कोईराला सहितलाई
भुभकाना कार्यक्रम भनी वोलाएको तर कार्यक्रम नभएर भोज रहेको थाहा पारेर
फर्केको कोईरालाले वताए ।
मधेसी जन अधिकार फोरम नेपालका भगीरथ खत्वे एमालेका रेवती भण्डारी
खेमराज पोख्रेल एमाओवादीका सरोज सींह लगायतका समेत सहभागी थिए तर
केहीले नसालु पदार्थ समेतको व्यावस्था देखे पछि मनमनै वहीस्कार गरेको
हिडेको एक सहभागीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी चुडामणि शर्माले
भने फेन उठाउन भइएको छैन् भने सरकारी रकम खर्च गरिए पनि त्यसको लागी
कुनै सरकारी रकम खर्च नभएको र पारीवारीक जस्तो भएको सुनसरीका सहायक
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले वतउनुभयो ।
गृहमन्त्री मधेसवादीको परेकाले दलहरुसंगको सम्वन्ध मिलाउने र सम्वध सुधारका
लगाी भोज गरिएको रहस्य वाहीर आएको छ । विदाको दिन पारेर प्रजिअ
निवासमा दिउसोवाट सुरु भएको भोज रातीसम्म चलेको सहभागीहरुले वताए ।
0

होचा खगेन्द्र थापा जन्म दिन मनाउन जर्मन जादै

होचा खगेन्द्र थापा जन्म दिन मनाउन जर्मन
करीब ८ महिनासम्म विश्व कृतिमानी कायम गरेका खगेन्द्र थापा मगर आफ्नो जन्म
दिन मनाउन जर्मन जादैछन । विलिभ ईट अर नट कम्पनीको निमन्त्रणामा खगॆन्द्र
सहित खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष र खगेन्द्रका बाबु रुपबहादुर थापा
मगर सहितको ३ सदस्यीय टोली भोलि जर्मन प्रस्थान गर्ने भएका छन ।
खगेन्द्र सहितको टोली भोलि सुक्रबार बिहान ९ः४५ बजे काठमाण्डौको
अन्तराष्ट्रिय विमान स्थलबाट कतार एर्यरको हवाई जहाज हुदै जर्मन प्रस्थान गर्ने
भएको प्रतिष्ठानले जनाएको छ ।
२६।४ ईन्च उचाई भएका खगेन्द्र यही असोज २८ गते १९ औं बर्षमा प्रबेस
गर्दछन्। उनको जन्म दिन जर्मनमा विलिभ ईट अर नट कम्पनीले मनाउने भएको
बताईन्छ । साथै उक्त कम्पनीको निमन्त्रणमा जर्मन जादै गरेको खगेन्द्र सहितको
टोलीले एक हप्तामा कतार जर्मन प्रुान्स लगायतका राष्ट्रहरु समेत भ्रमण गर्ने
कार्यक्रम रहेको छ ।
उक्त कम्पनीले खगेन्द्र सहित तीन सदस्यीय टोलीलाई युरोपका ४२ राष्टहरुको
मल्टीभिषा दिएको प्रतिष्ठानका अध्यक्ष रानाले बताउनु भयो ।
गिनिज बुक अफ दी वल्र्डमा गत असोज २८ गते देखि ८ महिना सम्म आफ्नो नाम
चम्काएका खगेन्द्रको उपाधि खोसिए पनि उनलाई बिभिन्न देशहरुमा सम्मान लिन तथा
भ्रमणको निमन्त्रणा भने आईरहेको खगेन्द्र थापा मगर प्रतिष्ठानले जनाएको छ

खगेन्द्र भन्दा होचा फिल्पिन्सका जुन्री वालविङले आफ्नो १८ बर्ष पुरा
भएको अवसरमा गत जेठ १८ गते देखि गिनिज बुकमा आफ्नो नाम विश्वकै होचा
मानिसको रुपमा चम्काउदै आएका छन्। बाग्लुङ धुल्लुवासकोट ६ घर भएका खगेन्द्र
नेपाल सदभासना राजदुतको रुपमा समेत घोषित भएका छन्।
0

साबधान औषधी खादा ज्यान जाला

राजधानीका अधिकाशं औषधी पसलमा गुणस्तरहिन औषधी विकि्र वितरण<br>
काठमाडौं । के तपाई राजधनीमा रहेका औषधी पसलमा औषधी खरिदगर्न जादै<br>
हुनुहुन्छ  यदी जादै हुनुहुन्छ भने एक पटक सोचविचार गर्नुहोस जहाँ<br>
तपाईलाई दिएको औषधीले ज्यान बचाँउने भन्दापनि ज्यान जान सक्छ । सेवा<br>
दिने उदेश्यले हाल विभिन्न स्थानमा गुणस्तरहिन औषधीहरुको विकि्र वितरण<br>
भई रहेको छ । कमिशनको चक्करमा परेर औषधी पसलहरुले कम गुणस्थरको<br>
औपाधी खरिदगरि आम उपभोक्तालाई नक्कली औषधी विकि्र वितरण गरेको<br>
खुलासा भएको छ । राजधानीको रत्नपार्क आसपार र विर अस्पताल टिचीङओम<br>
अस्पतालका आसपसमा नै खुलेका अधिकाश औषधी पसलहरु मापदण्ड विपरित साचालनमा<br>
रहेको औषधी व्यवस्था विभागको एक अनुसन्धानबाट खुल्न आएको छ । औषधी<br>
व्यवस्था विभागले विभिन्न स्थानमा गरेको अनुसन्धानबाट हाल स्वदेशी तथा विदेशी<br>
कम्पनीबाट विकि्रवितरण गरिएका १६ ओटा कम्पनीको औषधी बजारबाट फिर्ता<br>
गरेपछि सो कुराको पत्ता लागको हो ।<br>
देशको विभिन्न स्थानबाट विकि्र वितरण हुने गरेका औपाधी मध्ये १ सय २६<br>
ओटा औषधीको नमुना संकलन गरि अनुसन्धान गर्दा सो मध्ये २६ कम्पनीको<br>
औषधी गुणस्थरहिन भएको प्रमाणीत सो विभागका प्रमुख राधारमण प्रसादले<br>
जनाएका छन् । उनका अनुसार सो अनुगमनबाट गुणस्तरहिन भेटिएका औषधी<br>
कम्पनीलाई तत्तकाल ती औषधी अबिलम्ब फिर्ता लैजान सम्बन्धित निकायलाई<br>
निर्देशन दिएको समेत बताए । सो मध्ये ११ ओटा कम्पनी भने भारतीय रहेको<br>
समेत विभागले जानएको छ । यसरी गुणस्तर्हिन रहेका भारतीय कम्पनीबाट<br>
उत्पादीत सलाईनडावर इन्डिया र श्री बैधनाथका उत्पादनहरु रहेका छन् । सो<br>
कम्पनीको औपाधीलाई परिक्षण गर्दा व्याक्टेरिया भेटिएको समेत विभागले<br>
जनाएको छ । त्यसेगरि स्वदेशी कम्पनीका केएक्स फर्मास्यूटिकल्सको सेफडक्स ५०<br>
ड्राइ सिरपलोमस फर्मास्यूटिकल्सको एटिन ट्यावलेटजीडि फर्मास्युटिकल्सको<br>
टुसिनोल सिरप र सुर्मि फर्मास्युटिकल्सका हाम्रो सिरप गुणस्तरहिन  र<br>
व्याकटेरिया भेटिएको छ ।<br>
यसरी सस्तोमा कमीशन बढी लिने उदेश्यका साथ गुणस्तरहिन औषधीको खुलेआम<br>
व्यापार भै रहदा समेत राजधानीका औषधी पसलहरुमा सरकारी चासो पुगेको छैन<br>
। राजधानीको अति व्यस्त मानीने विरअस्पतालका आसपासका औषधी पसलमा एकत<br>
सवैभन्दा बढी मुल्यमा विकि्र वितरण गरिएको छ । भने मंहगोमा औषधी विकि्र<br>
गरेर पनि गुणस्तरहिन औपाधी विकि्र भईरहेको छ । त्यसैगिर<br>
महाराजगाजपाटनचावहिलबानेश्वर नयाँ बानेश्वर लगायत अधिकाशं औपधी पसल<br>
समेत मापदण्ड विपरित साचालनमा रहेको पाइएको छ ।
0

लामाको संरक्षकत्वमा ३० सदस्यीय नेपाल कराते महासंघ पुनर्गठन

राष्ट्रिय खेलकुद परिषद् राखेप अन्तर्गत दर्ता रहेको नेपाल कराते महासंघले परिषद्ले दिएको निर्देशन पटकपटक उल्लंघन गर्दै खेलकुद उद्देश्यको प्रतिकूल कार्य गरेको विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरु चीनको ग्वान्झावमा भएको एकेएफ सिनियर कराते च्याम्पियनसिपमा परिषद्को स्वीकृति बेगर मकाउमा रहेका नेपाली खेलाडीलाई सहभागी गराइ अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको प्रतिष्ठामा आँच पुर् याएको मातहतका कराते संघहरुलाई समान अवसर उपलब्ध नगराएको एक पक्षीय ढंगले काम गरेको ब्ल्याकवेल्ट वितरण गर्दा अपारदर्शी एवं आर्थिक हिनामिना गरेको वार्षिक लेखा परीक्षण र साधारणसभा नगराएको खेलाडी छनोटमा अनियमिततालगायत दर्जनौं कार्य नियमको परिधि बाहिर रहि गरेर कराते मात्र नभइ समग्र नेपाली खेलकुदकै बद्नाम गरेको यहाँहरुमा सर्वविदित्तै छ ।

यसअघिका नेतृत्व रहुन्जेलसम्म कराते दिनप्रति दिन धरासायी हुने महशुस गरी महासंघअन्तर्गतका विभिन्न संघका पदाधिकारी खेलाडी प्रशिक्षकलगायतले पटकपटक महासंघ विघटन गरी नयाँ नेतृत्व चयन गर्नु पर्ने जोडदार माग गरे बमोजिम खेलकुद विकास नियम २०४९ को परिच्छेद ३ को नियम १० को उपनियम घ बमोजिम सितोरियो करातेका संस्थापक एवं राखेपका सदस्य-सचिव युवराज लामाको संरक्षकत्वमा ३० सदस्यीय नेपाल कराते महासंघ पुनर्गठन गर्ने निर्णय गरेको यहाँहरुमा अवगत गराउन चाहन्छु । पुनर्गठित महासंघले ३५ दिन भित्र निर्वाचन साधारणसभा सम्पन्न गर्न निर्देशन दिइएको छ । स्मरण रहोस् परिषद्को खेलकुद विकास नियम २०४९ को परिच्छेद ३ को नियम १० को खण्ड घ मा व्यवस्था भए बमोजिम मिति २०६८ साल साउन ८ गते नेपाल कराते महासंघ विघटन गरिएको थियो ।

१ श्री युवराज लामा - संरक्षक

२ श्री दावा गुरुङ - अध्यक्ष

३ श्री चन्द्रबहादुर थापा सागर - प्रथम उपाध्यक्ष

४ श्री गीता राणा - उपाध्यक्ष

५ श्री भूषण राणा - उपाध्यक्ष

६ श्री धु्रवविक्रम मल्ल - महासचिव

७ श्री महेशकुमार श्रेष्ठ - सचिव

८ श्री सानुलाल श्रेष्ठ - कोषाध्यक्ष

सदस्यहरु ः

रवि केसी प्रकाशमोहन धौभडेल सुरेश सिल्वाल उपेन्द्रकेशरी न्यौपाने अर्जुन शर्मा विकासजङ राणा खुमसुङ गुरुङ नारायणबहादुर मगर ओमकृष्ण प्रसाईं हेमकुमार श्रेष्ठ बलराम मित्र मुकुन्द विष्ट गंगालाल श्रेष्ठ मिङमा शेर्पा हरिशरण केसी निवासगोपाल वैद्य विनिता चौधरी सरलशम्शेर राणा शिव पाण्डे धर्मशीला चापागाईं पुष्पा घर्ती विष्ट तथा मर्दनिसंह तामाङ
0

सक्षम र प्रनवको जोडी सेमिफाइनलमा

सक्षम र प्रनवको जोडी सेमिफाइनलमा

काठमाडौं / बंगलादेशको ढाकामा भइरहेको प्रथम एसियाली यु-१४ टेनिस च्याम्पियनसिपको पुरुष डबल्सतर्फ नेपालका सक्षम कार्की र प्रनव कायश्थको जोडी बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

उक्त जोडीले बंगलादेशका नुर मोहम्मद र अरिफ सल्मानको जोडीलाई सीधा सेटमा ६-४ र ६-२ ले पाखा लगाए ।
0

न्यायालय पनि शक्तिका सामु चुक्ने गरेको तथ्य सार्वजनिक


काठमाडौं÷आम जनताले सरकारको नियम अनुसार निर्माण गरेको न्यायालयले निश्पक्ष न्याय गर्ने आशा जनताले राखेका हुन्छन । तर त्यहि न्यायालय पनि शक्तिका सामु चुक्ने गरेको तथ्य सार्वजनिक भएको छ । काशी तिवारी हत्या प्रकरणमा मुछिएका भूमिसुधार तथा व्यवस्था मन्त्री प्रभु साहलाई जिल्ल्ाा सरकारी वकिलको कार्यालय पस्राले उन्मुक्ति दिएपछि त्यो तथ्य छर्लङ्गिएको हो । प्रहरी अनुसन्धानबाट मुख्य योजनाकारका रुपमा देखिएका मन्त्री साह उपर सरकारी वकिल कार्यालयले शक्तिको सामु नतमस्तक भएर मुद्दा नै दायर गर्न सकेन । बर्तमान प्रधानमन्त्री डा। बाबुराम भट्टराईका निकट व्यक्तिको रुपमा परिचित शाहलाई उनको आडमा उन्मुक्ति दिन लागीएको हो ।

बुधबार जिल्ल्ाा अदालत पस्रामा दायर गरिएको मुद्दाबाट मन्त्री साहको नाम हटाइएको छ । चार जना उपर उक्त हत्या प्रकरणमा मुद्दा चलाइएको छ । मन्त्री साहका स्वकीय सचिव सियाराम कुशवाहालाई सर्वस्वसहित जन्म कैदको माग गर्दै मुद्दा पेस गरिएको छ । त्यस्तै हत्या गर्ने बेलामा मोटरसाइकल चालक रहेका अमन कुशवाहालाई १० वर्ष कैद तथा मुकेश सर्राफ र बलराम साहलाई मतियार भन्दै तीन÷तीन वर्ष कैद सजायको माग गरिएको छ ।

मुद्दा पेस गर्न जिल्ला अदालत पुगेका सहायक जिल्ल्ाा न्यायधिवक्ता सत्यनारायण यादवले प्रहरीले दिएको मिसिल्ामा प्रमाण अभाव रहेकाले मन्त्री साह उपर तत्काललाई मुद्दा नचल्ााइएको जानकारी दिए । तर प्रहरीले भने अन्य आरोपित सरहको नै मिसिल मन्त्री शाहको पनि बनाएको बताएको छ ।

Wednesday, October 12, 2011

0

जुवा खेल्ने र खेलाउने ३० जनाबाट ५ लाख ९० हजार सहित पक्राउ

पोखरा / नेपाल प्रहरीले पोखराका विभिन्न स्थानमा जुवा खेलाउने र खेल्ने ३० जनालाई पक्राउ गरेको छ भने ५ लाख ९० हजार ३ सय ८० बरामद गरेको जनाएको छ ।पोखरा उपमहानगरपालिका वडा नंं-९ नयावजारवाट प्रहरी नायब निरीक्षक सुदर्शन लम्साल समेतको प्रहरी टोलीले- ६ जना वडा नंं-१ वगरवाट ४ जना र पुम्दीभुम्दी गा।वि।स।वडा नं।-१ वाट प्रहरी निरीक्षक प्रेम वहादुर वस्नेतको कमाण्डमा खटिएको टोलीले- २० जना गरी -३० जनालाई तास र कौडा तथा नगद रु ५ लाख ९० हजार ३ सय ८० सहित वरामदी गरी पक्राउ गरि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएकेा छ ।यस्तै पोखरा उपमहानगरपालिका वडा नंं-१५ फुलवारी क्यासीनो मा नेपालीले जुवा खेली रहेको अवस्थामा वडा प्रहरी कार्यालय रामवजारवाट प्रहरी निरीक्षक मदन कुवँर समेतको टोलीले ६ जनालाई पक्राउ गरि अनुसन्धन गरिहेको जनाईएको छ ।उनिहरुलाई रु १०००।- दरको दर २० वटा र रु। १००।- दरको दर ३१ वटा क्वाईन सहित वरामद पक्राउ गरि पक्राउ गरिएको र थप अनुसन्धान कार्य भई रहेको प्रहरीले बताएकेा छ ।पक्राउ परेकाहरुमा पोखरा वडा नंं-८ सिमलचौर वस्ने नारायण क्षेत्री वलराम गौतम शृजनाचोक वस्नॆ गणेष ठाकुर लम्जुङ्ग वेसीसहर घर भई पोखरा - ८ सिमलचौर वस्नॆ विकाश घले लम्जुङ्ग वेसीसहर घर हुनॆ यम वहादुर खड्का र पोखरा-१७ वस्नॆ मिलन पहारी रहेका छन् ।
0

अवैध गैरआवासीय नेपाली संघलाई प्रधानमन्त्रीदेखि सेनासम्मको साथ


गैरआवासीय नेपाली संघ गठन भएको एक दशक वितिसक्दा पनि अहिलेसम्म वैधानिकता पाउन सकेको छैन । संघ कहीँ कतै दर्ता छैन । स्पष्ट रूपमा भन्नुपर्दा संघ अवैध हो तर, यही अवैध हैसियतमै संघले पाचौं विश्व सम्मेलन सुरु गरिसकेको छ र प्रधानमन्त्री डा. बाबुराम भट्टराईले त्यही अवैध संघको उद्घाटन गरेका छन् । प्रधानमन्त्री जस्तो व्यक्तिले संघको वैधानिकताको ख्यालै नगरी सम्मेलनमा सहभागी हुनुले उनको छबीमाथि प्रश्नचिन्ह खडा भएको छ । कुनै सभा सम्मेलन उद्घाटन गर्न नजाने घोषणा गरेका प्रधानमन्त्रीले आफ्नो घोषणा विपरीत एनआरएनको पाचौं विश्व सम्मेलन उद्घाटन गरे जुन संघको वैधानिकता अत्तोपत्तो छैन । अवैध संघलाई नेपाली सेनाले पनि साथ दिएको छ सम्मेलनस्थल उपलब्ध गराएर । राष्ट्रिय सेनाले विदेशमा धन कमाएर आएकाहरूको अनुहारकै भरमा कानुनी हैसियत नबुझिकनै कार्यक्रम गर्न दिएको छ । प्रधानमन्त्री डा. भट्टराईले सम्मेलनको उद्घाटन गर्दै सन् २०१२ र १३लाई नेपाल लगानी बर्ष घोषणा गरिने र त्यसमा एनआरएनलाई पनि सहभागी बनाएर लैजाने सोच राखेको बताएका छन् । विश्वका बिकसित मुलुकमा पुगेर ज्ञान सीप र पूँजी हासिल गरेका नेपालीहरूलाई नेपाल भित्र्याएर नेपाललाई नै सम्बृद्ध बनाउने आफ्नो चाहना रहेको उनको भनाई थियो । तर, संघको वैधानिकताको विषयमा भने प्रधानमन्त्रीले चुईंक्क शब्द उठाएनन् ।
‘हाम्रो सञ्जाल, हाम्रो पहिचान ः समृद्ध नेपाल’ को नारा घन्काउँदै सुरु भएको सम्मेलनमा पहिलो विश्व सम्मेलनदेखि नै उठाइएका पुरानै कुरालाई तोड मतोड गरेर नयाँ पार्न खोजिएको छ । यस सम्मेलनमा पनि नेपालमा लगानी प्रवद्र्धन सम्बन्धी विभिन्न विषयले प्राथमिकता पाउने भएका छन् । दोहोरो नागरिकता, सामुहिक लगानी, खुला विश्वविद्यालय, सामाजिक क्षेत्रमा एनआरएनको संलग्नताको विषयलाई मूल मुद्दाको रूपमा उठाउँदै आएको एनआरएनले सम्मेलनका क्रममा वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन चालिनुपर्ने कदम, संघको वैधानिकता एवम् वित्तीय सुदृढीकरणका लागि चाल्नुपर्ने भावी रणनीति तथा कार्यक्रम, गैरआवासीय नेपाली सम्बन्धी कानुनको पुनरावलोकन लगायतका विषयमा पनि छलफल गर्ने कार्यक्रम रहेको जनाएको छ । तीन दिनसम्म चल्ने यस सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने भएकाले सम्पूर्ण सम्मेलन यसैमा केन्द्रित देखिएको छ । संघको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष देवमान हिराचन र उपाध्यक्ष जीवा लामिछानेले उम्मेद्वारी घोषणा गरिसकेका छन् । अन्तिम समयसम्म सहमति बन्न नसकेमा नयाँ नेतृत्वका लागि एनआरएनको इतिहासमा पहिलोपटक चुनाव हुनेछ । नेतृत्व हत्याउन हिराचन र लामिछाने दुवै गुट सक्रिय रूपमा लागेका छन् भने सहमतिका प्रयासहरू पनि जारी रहेका छन् ।

khadi sandesh

Tuesday, October 11, 2011

0

राष्ट्रपति डा. रामवरण यादव कतारमा

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव मित्रराष्ट्र कतारको चारदिने राजकीय भ्रमण गर्नु भएको छ । राष्ट्रपति नेतृत्वको १४ सदस्यीय भ्रमण टोली कतार एयरवेजको विमानबाट बिहान पौने १० बजे कतार प्रस्थान गरेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।कतारका अमिर शेख हमद विन खालिफा अल थानीको निमन्त्रणामा राष्ट्रपति यादव कतार भ्रमणमा जानुभएको हो । राष्ट्रपति यादवको यो चौथो विदेश भ्रमण हो । यसअघि उहांले भारत, चीन र कुवेतको भ्रमण गरिसक्नुभएको छ ।परराष्ट्र श्रोतका अनुसार भ्रमणका क्रममा नेपालीका लागि आवश्यक पर्ने कानुनी परामर्श सहयोगसम्बन्धी दुईवटा सम्झौता हुने जनाइएको छ । भ्रमण टोलीमा राष्ट्रपतिका छोरी अनिता, भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठी, राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहाल, राष्ट्रपति कार्यालयका सचिव वामनप्रसाद न्यौपाने, काययमुकायम परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराई लगायत सहगागी हुनुहुन्छ ।वैदेशिक रोजगारी अन्तर्गत कतारमा अहिले करिब चार लाख नेपाली कामदार रहेको बताइएको छ । राष्ट्रपतिको यो औपचारिक भ्रमणले नेपालीलाई थप सम्मानित रोजगार उपलब्ध गराउन मद्दत पुग्ने विश्वास गरिएको छ ।कतार र नेपालबीच सन् १९७७ मा कुटनीतिक सम्बन्ध कायम भए पनि अहिलेसम्म नेपालमा कतारको दुतावास खुलेको छैन ।
0

माओवादीले मंगलबार प्रहरी प्रशासनविरुद्ध पर्सा, बारा र रौतहटमा विरोध

हिन्दु युवा संघका संस्थापक अध्यक्ष काशीननाथ तिवारीको हत्यामा भूमीसुधार मन्त्री प्रभु साहको नाम मुछिएको भन्दै एकीकृत नेकपा माओवादीले मंगलबार प्रहरी प्रशासनविरुद्ध पर्सा, बारा र रौतहटमा विरोध प्रदर्शन गरेको छ ।तिवारीको हत्याको योजनाकारको रुपमा चित्रित गर्दै पर्सा प्रहरीले मन्त्री साहविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेपछि पर्सा, बारा र रौतहटका माओवादी कार्यकर्ता आन्दोलित भएका हुन् । माओवादीले रौतहट जिल्ला बन्दको आहृवान गरेको छ । प्रहरीले भूमिसुधारमन्त्री साहको चरित्र हत्या गर्ने षड्यन्त्र गरिरहेको भन्दै माओवादी कार्यकर्ताले तत्काल मुद्दा खारेजीको माग गर्दै नाराबाजी गरेका छन् ।
यस्तै सचेत नागरिक समाज पर्साको नामबाट प्रभु साहका समर्थकहरुले वीरगन्जमा प्रहरीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । रानीघाटबाट निकालिएको विरोध जुलुस घण्टाघरबाट मेनरोड,अलखिया मठ, आदर्शनगरदेखि घडिअर्वा पोखरी हुँदै पुनः घण्टाघर चोक पुगेर कोण सभामा परिणत भएको थियो ।
0

लनटेनिस टोली ढाका

काठमाडौं  / बंगलादेशको ढाकामा हुने एसियाली यु-१४ टेनिस च्याम्पियनसिपमा सहभागी हुन ८ खेलाडीसहित १० सदस्यीय नेपाली लनटेनिस टोली आइतबार त्यसततर्फ प्रस्थान गरेको छ ।उक्त च्याम्पियनसिपमा समान ४-४ पुरुष तथा महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष खेलाडीहरुमा इभान हो लिसानेविच प्रनव कायश्थ सक्षम कार्की तथा आभाष मल्ल छन् । त्यस्तै महिलामा विभूति कार्की विजिशा श्रेष्ठ तथा राणाद्वय माहिका र मायांका छन् ।टिम व्यवस्थापकमा अखिल नेपाल लनटेनिस संघकी उपाध्यक्ष ज्योति राणा तथा प्रशिक्षकमा लिटिल एन्जल्स स्कुलका टेनिस प्रशिक्षक रामेश्वर थापा छन् ।एसियाली लनटेनिस महासंघ र बंगलादेश टेनिस संघको संयुक्त आयोजनामा हुने प्रतियोगिता अक्टोबर १० देखि १६ तारिखसम्म साचालन हुनेछ ।

टोलीलाई सफलताको शुभकामना दिँदै अखिल नेपाल लनटेनिस संघका अध्यक्ष मनोज राणा संघका अन्य पदाधिकारीलगायतले एक कार्यक्रमबीच बिदाइ गरेका थिए
0

थाईल्याण्डका प्रधानमन्त्री को टि्वटर एकाउन्ट हृयाक

थाईल्याण्डका प्रधानमन्त्री यिङ्गलक सिनावात्राको टि्वटर एकाउन्ट हृयाक भएको छ । हृयाकरहरुले थाई यिङ्गलकको टि्वटरमा प्रधानमन्त्रीको क्षमतामा प्रश्न उठाएका छन् । हृयाक गरिएको एकाउन्टमा प्रधानमन्त्रीमाथि असफल भएको तथा भेदभाव गरेको आरोप लगाइएको छ । यस एकाउन्टको अन्तिम टि्वटमा भनिएको थियो-’यदि प्रधानमन्त्री आफ्नो एकाउन्ट त सम्हाल्न सक्दैनन भने देश कसरी सम्हाल्न सक्छन् ।’ पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राका कान्छि बहिनी यिङ्गलक गत जुलाईमा भएको आम निर्वाचन जित्दै प्रधानमन्त्री बन्नु भएको थियो । प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि उहाँमाथि आफ्नो भाई र पूर्वप्रधानमन्त्री थाक्सिनको इशारामा चलेको अरोप लागेको छ ।
0

जुवा तास खेल्ने पक्राउ ः


ललितपुर /  सैबु भैसेपाटी बस्ने विश्व गोपाल कार्कीको घरमा अवैध जुवा तास खेल्ने उनी समेतका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  महानगरीय प्रहरी परिसर ललितपुर र प्रहरी प्रभाग बुगमतीबाट खटिएको प्रहरीले उनीहरुलाई आज ०१ः०० बजे नगद १ लाख ४३ हजार ८ सय कौडा र तास सहित पक्राउ गरेको थियो ।
काठमाडौँ महानगरपालिका-७ भत्केकोपुलमा बलराम बुढाथोकीले संचालन गरेको फर्निचर उद्योगमा जुवा तास खेल्ने दोलखा जिल्ला सुनखानी-५ घर भएका ४६ बर्षीय बलराम बुढाथोकी सहित ८ जनालाई प्रहरीले असोज २२ गते २२ः०० बजे नगद १३ हजार ४ सय ५८ रुपैयाँ सहित पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
0

माता महालक्ष्मीको धुमधामका साथ पूजा आराधना

नेपालीहरुको महाड चाड बडा दशैंको अन्तिम दिन आज कोजाग्रत पूणिर्मा  । आजको दिन हिन्दू धर्मावलम्वीहरुले धनधान्य एवं सम्पन्नता कि देवी माता महालक्ष्मीको धुमधामका साथ पूजा आराधना गरेर रातमा जाग्राम बसी मनाउंदैछन् ।धार्मिक मान्यता अनुसार माता महालक्ष्मी पृथ्वीमा आई आजको दिनमा को को रातमा जाग्राम बसेको छ भनि लक्ष्मीले हेर्ने र जो जाग्राम बसेको छ त्यसको घर परिवारमा धनधान्यले भरिपूर्ण पारिदिन्छिन भन्ने मान्यता रहेको छ । सोही अनुसार आज राति लक्ष्मीको पूजा तथा आराधना गरेर रातभर जाग्राम बस्ने प्रचलन रहेको पाईन्छ ।पौराणिक मान्यता अनुसार को जाग्राम बसेको छ भनेर लक्ष्मीले हेर्ने भएकोले आजको दिनलाई कोजाग्रत पूणिर्मा भनिएको भन्ने प्रचलन पनि रहेको पाइन्छ ।
0

बुधबारबाट राजधानीमा साचालन भएको पाँचौ सम्मेलनमा हिराचन र लामिछाने अध्यक्ष पदमा उम्मेदवारी दिने

गैरआबशिय नेपाली संघको आगामी २ वर्षे कार्य कालकालागि वर्तमान अध्यक्ष देवमान हिराचन र उपाध्यक्ष जीवा लामिछानेबीच सुरु भएको भाले भिड्न्त तीब्ररुपमा अगाडी बढेको छ । आगमी बुधबारबाट राजधानीमा साचालन भएको पाँचौ सम्मेलनमा हिराचन र लामिछाने अध्यक्ष पदमा उम्मेदवारी दिने सार्वजनीक धोषणा गरेपछि सो संघमा दुई खेमामा चुनाबी प्रचारप्रसार सुरु भएको हो । दुईदेशको नागरिकता खल्तीमा हालेर नेपाल आउदाँ नेपालीको शान देखाउने र विदेशबस्दा विदेशी इसारामा चल्ने गैरनेपालीहरुले प्राथमिकताका साथ उठाएको पुरानै मुद्धालाई यस सम्मेलनमा समेत पहिलो प्राथमिकतामा रखेर चुनाबी प्रचार दुवै पक्षले गरेरका छन् । बर्तमान अध्यक्ष हिराचनले पून अध्यक्षमा विजय भएको खण्डमा दोहोरो नागरिकता र विदेशमा ्रहेका नेपालीले स्वदेशमा मतदान गर्न सक्ने सयन्त्र निमार्ण गर्ने पहल गर्ने बताए । यसैगरि अध्यक्षपदमा बर्तमान उपाध्यक्ष जीवा लामीछानेले पनि ृउम्मेदवा्री हाल्ले भएकाछन् । त्यस्ौगरि महासचिबमा तेन्जी शेर्पाले उम्मेदवारी दिने भएको जनाएको छ । अध्यक्ष पदका दाबेदारहरुले नेपालमा आबशिय राजदुताबास खोल्न आग्रह गर्ने एनआरएनहरुको लगानीको सुरक्षाका लागि कानुनी प्राबधानको व्यवस्था गर्ने लगायतको अन्य विषयमा आफुहरुले कामगर्ने जनाएकाछन् । अध्यक्ष हिराचनले आगामी नेतृत्वकालागि अन्तिम समयसम्म सहमतिनै जानकालागि पहल गर्ने समेत बताए । अध्यक्षका प्रत्याशी हिराचनले आफ्नो प्रतिबद्धतामा हामी गैरआवासीय नेपालीहरुको यो एक साझा अभियान भएकोले संस्थागत रुपमा यसको मजबुती अत्यन्त आवश्यक भएको जनाएका छन । उनले भनेुसंस्था बलियो भएन भने यो व्यक्तिवादी भएर जान्छ । हाम्रो संस्थाले केवल धनी या सम्पन्न र उद्योगपतिहरुलाई मात्र अध्यक्ष बनाउने उद्देश्य राखेको होइन भन्ने म यहाँनेर स्मरण गराउन चाहन्छु ।ु भिजन भएका व्यक्तिहरु व्यवसायी नभए पनि संस्थाको नेतृत्वपंक्तिमा आउन सक्ने वातावरण बनाउनु पर्छ भन्ने धारणा सुरुदेखि नै रहीआएको र सोही अनुसार कार्य गरेको दाबी समेत उनले गरे । संस्था बलियो बनाउन यसलाई कानूनी या वैधानिकताको कसीमा खरो रुपले स्थापित गराउनु जरुरी पर्छ । उनका अनुसार नौ वर्षसम्म संस्थाले कानूनी रुपमा स्थापित हुन नसक्नु भनेको लाजमर्दो विषय भएको बताए । तर विगत दुई वर्षमा यस क्षेत्रको काम द्रुत गतिमा अगाडि बढेको कुरा जानकारी गराउदै बाँकी कामलाई पूर्णता दिन पून अध्यक्ष पदमा हिराचनले र दुई वर्ष कार्यकालमा ठूला अयोजनामा लगानी गर्ने प्रतिबद्धताकासाथ वर्तमान उपाध्यक्ष लामिछान्ले उम्मेदवारी दिएका छन् ।

Monday, October 10, 2011

0

टिकटको कालो बजारी नियन्त्रण गर्न श्रम सचिव लाई प्रधानमन्त्री को निर्देशन

पछिल्लो समय सार्वजनिक यातायातका साधनले यात्रुहरुबाट मनपरी भाडा असुल गरेको तथा चाडवाडका बेला टिकटको कालो बजारी गरेको गुनासो आएपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले त्यसको नियन्त्रण गर्न श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिव डा. रामहरी अर्याललाई निर्देशन दिनु भएको छ ।
बस तथा जीप काउन्टरहरुमा सरकारले तोकेको भाडा दर सूची नराखिएको तथा यात्रुहरुबाट चर्काे भाडा असुलेको गुनासो आएपछि प्रधानमन्त्री भट्टराईले वस तथा जीप काउन्टरको अनुगमन गर्न समेत निर्देशन दिनुभएको हो । आज प्रधानमन्त्री भट्टराईले सचिव अर्याललाई तत्काल सरकारले तोकेको जीप तथा वसको भाडा दर सार्वजनिक गर्न तथा काउन्टरमा भाडा दर सूची अनिवार्य राख्न लगाउन निर्देशन दिनु भयो । उहाँले यातायात क्षेत्रमा यात्रुहरुबाट मनपरि भाडा असुल गर्नेलाई तत्काल कारवाही गर्न पनि निर्देशन दिनुभयो । उहाँले यात्रुहरुबाट चर्काे भाडा असुल्नेलाई तत्काल कारवाही गर्न पनि निर्देशन दिनु भएको छ ।
चर्काे भाडा असुलेको पाइएमा तत्काल सम्बन्धित निकायमा खवर गर्नका लागि सार्वजनिक नम्बरको व्यवस्था गर्न पनि प्रधानमन्त्रीले सचिवलाई निर्देशन दिनु भएको छ ।
त्यस्तै यस अघि राजमार्गका होटलहरुमा अनुगमन गरिए पनि ती होटलहरुमा सुधार नभएको तथा ग्राहकहरुलाई ठग्ने प्रवृत्ति नरोकिएको गुनासो आएपछि प्रधानमन्त्री भट्टराईले त्यस्ता व्यापारीलाई कारवाही गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिनु भएको छ ।
राजमार्गका होटलहरुमा हुने ठगीको विषयमा टेलिफोन मार्फत तत्काल जानकारी गराउन प्रधानमन्त्रीको नीजि सचिवालयले आग्रह गरेको छ । यात्रुहरुसँग बढी भाडा असुलेको पाइएमा वा कुनै पनि जनसरोकारका ठाउँमा हुने ठगिका विषयमा प्रधानमन्त्रीको नीजि सचिवालयको टोल फ्रि नम्बर ११११ र स्वकीय सचिवालयको मोवाईल नम्बर ९८४१४९३६८७ मा तत्काल फोन गरी जानकारी गराउन पनि अनुरोध गरिएको छ । ठगीको जनाकारी हुनासाथ तत्काल कारवाही प्रक्रिया अघि बढाईने नीजि सचिवालयले जनाएको छ । –विश्वदीप पाण्डे
 
0

नेपाली संघले पाँचौं विश्व सम्मेलनका अवसरमा हुने छलफलका एजेण्डाहरु सार्वजनिक

गैरआवासीय नेपाली संघले पाँचौं विश्व सम्मेलनका अवसरमा हुने छलफलका एजेण्डाहरु सार्वजनिक गरेको छ ।नेपाल उद्योग वाणिज्य महासंघको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त एजेण्डाहरु सार्वजनिक गरिएको हो । उक्त सम्मेलनमा सम्बृद्ध नेपाल निर्माणमा शिर्ष नेताहरु तथा नागरिक समाजको आकांक्षा र दृष्टिकोण दैवी प्रकोप सर्तकता तयारीमा गैरआवासीय नेपालीको भूमिका गैरआवासीय नेपाली अभियानमा महिला तथा दोस्रो पुस्ताको सहभागिता नेपालमा विदेशी लगानीका अवसर र चुनौती खाडी मुलुकमा वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाउन चालिनु पर्ने कदम गैरआवासीय नेपाली संघको वैधोनिक एवम् वित्तिय सुदृढिकरणका लागि भावि रणनीति तथा कार्यक्रम गैरआवासीय नेपाली सम्बन्धी ऐन नियममा पुनरावलोकन लगायतका विषयमा छलफल हुने जानकारी गराइएको थियो ।
त्यसैगरी दोहोरो नागरिकता सामूहिक तथा विभिन्न परियोजनमा लगानी खुला विश्व विद्यालय सामाजिक क्षेत्रमा गैरआवासीय नेपालीको संलग्नता विस्तार जस्ता विषयमा पनि सम्मेलनमा छलफल हुने विज्ञप्तीमा उल्लेख छ ।
"हाम्रो संजाल हाम्रो पहिचानः सम्बृद्ध नेपाल" मुख्य नाराका साथ यहि असोज २५ देखि २७ सम्म सम्पन्न हुन गैरहेको सो सम्मेलनमा ५७ देशका ७ सय गैरआवासीय नेपालीहरुको सहभागिता रहने बताइएको छ । यसपटको सम्मेलन यस अघिका सम्मेलनमा झैं नेपाल सरकार नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको सहकार्य र सहभागीतामा आयोजना हुँदैछ । सम्मेलन आयोजनाका लागि सरकारले उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीको संयोजकत्वमा उच्चस्तरीय आयोजक समिति गठन गरेको छ । समितिमा नेपाल सरकारका विशिष्ट व्यक्तिहरु नेपाल उद्योग वाणिज्य महासंघ गैरआवासीय नेपाली संघ तथा नीजि क्षेत्रका संघसंस्थाका पदाधिकारीहरुको संलग्नता छ ।
त्रिभुवन आर्मी अफिसस्र क्लब भद्रकालीमा हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री डा बाबुराम भट्टराईबाट हुने कार्यक्रम छ भने अन्य कार्यक्रमहरु सोल्टी क्राउन प्लाजामा हुने छन् ।
सम्मेलनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्वको समेत चयन गर्नेछ । अध्यक्ष पदमा वर्तमान अध्यक्ष देवमान हिराचन र उपाध्यक्ष जीवा लामिछानेले उम्मेदवारी घोषणा गरिसक्नु भएको छ ।
0

पेट्रोलमा र ३ डिजेल तथा मटितेलमा १ रुपैयाँ बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले विहान १० बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलको मूल्यबृद्धि गरेको हो ।
पेट्रोलमा प्रतिलिटर ३ र डिजेल तथा मटितेलमा प्रतिलिटर १-१ रुपैयाँ बृद्धि गरिएको निगमका प्रवत्ता मुकुन्द ढुङ्गेलले अनलाइनखबरलाई जानकारी दिनुभयो । मूल्यबृद्धि पछि पेट्रोल प्रतिलिटर १ सय ५ रुपैयाँ भएको छ भने डिजेल तथा मटितेलको मूल्य प्रतिलिटर ७६ पुगेको छ ।
प्रवत्ता ढुङ्गेलका अनुसार सोमबारको मुल्यबृद्धि पछि आयल निगमलाई पेट्रोलमा ७५ पैसा नाफा भएको छ भने डिजेलमा १० रुपैयाँ १ पैसा र पेट्रोलमा १ पैसा घाटा रहेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने पुरानै यथावत रहेको छ । ग्यासमा निगमलाई प्रतिसिलिण्डर ३ सय ५ रुपैयाँ ६४ पैसा घाटा छ ।
0

चेलीबेटी बेचबिखन गर्नेहरु जेल चलान

बालबालिका बेच्न खोज्न खोजेको आरोपमा दुई व्यक्ति जेल चलान भएका छन् । ती बालबालिकालाई भारततर्फ बेच्न खोजेको अभियोगमा ती व्यक्तिहरु पक्राउ भएका थिए ।
मानव बेचबिखन तथा ओसारपसार उद्योगअन्तर्गत मुद्दा चलाइएका मोरङ उर्लाबारी–६ दोघरेकी गोमा ढकाल र गीता गुरुङ जेल चलान भएका हुन् ।जिल्ला अदालत मोरङको आदेशमा उनीहरु पुर्पक्षका लागि जेल चलान भएका हुन् ।प्रहरीले शनिश्चरे–४ की १६ वर्षीया पुनम राई, १५ वर्षीया विष्णुमाया गिरी र नाम नखुलेकी एक बालिकालाई गत भदौ २६ गते भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरी मुद्दा चलाएको थियो ।उनीहरुसँगै पक्राउ परेकी शनिश्चरे–४ की १६ वर्षीया पार्वता लुईंटेललाई भने उमेर कम भएको भन्दै सुधारगृहमा पठाइएको छ ।

Sunday, October 9, 2011

0

राष्ट्रियताको सवालमा मधेसमाथि कसैले सवाल उठाउँछ भने मधेसमा उस्को औला काटिदिन्छौं ।’मन्त्री महतो


काठमाडौं । स्वास्थ्यमन्त्री तथा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले राष्ट्रियताका सम्बन्धमा मधेसीमाथि कसैले औँला उठाउँछ भने उनिहरुको मधेसमा औँला काटिदिने चेतावनी दिनुभएको छ । राजधानीमा आयोजित साक्षत्कार कार्यक्रममा मन्त्री महतोले नेपाली राष्ट्रियता कसरी बलियो पार्ने भनेर मधेसी जनताहरु लागि रहेको बताउनुभयो । मन्त्री महतोले भन्नुभयो-’राष्ट्रियताको सवालमा मधेसमाथि कसैले सवाल उठाउँछ भने मधेसमा उस्को औला काटिदिन्छौं ।’मन्त्री महतोले मधेसलाई अधिकार दिन माओवादी र मधेसी मोर्चाबीच भएको चार बुँदे सहमतिलाई राष्ट्रियतासँग जोड्ने कुरा मधेशी र मधेशका जनता बिरोधी रहेको बताउनुभयो । उहाँले भन्नुभयो- ‘राष्ट्रियताको सवालमा पहाडिया भन्दा मधेसी जनता सर्तक छन्, उनिहरुले राष्ट्रियताका पक्ष पहाडियाले भन्दा धेरै लडेका छन् ।’ मधेसले केही अधिकार पाउन थालेपछि राष्ट्रियताको कुरा गरेर कथित राष्ट्रवादीहरुले बिरोध गर्ने गरेको उहाँको आरोप थियो । उहाँले भन्नुभयो-’यो मुलुकको रक्षा मधेशीले जति कसैले गरेको छैन, राष्ट्रिय अखण्डताको सवालमा मधेसी बलिदान दिन पछि पर्दैन ।’ मन्त्री महतोले नेपाली सेनामा एकै पटक दस हजार मधेसी प्रवेश गराउने भन्दा पनि २/४ हजार दरबन्दी श्रृजना गरेर समावेश गराउदै जाने बताउनुभयो । मधेसीलाई सेनामा प्रवेश गराउन हुँदैन भनेर जसले भन्छ त्यो नै राष्ट्रघाति भएको भन्दै मन्त्री महतोले भन्नुभयो-’त्यसलाई देशमा बहिष्कार गर्नुपर्छ, सबैले चिन्नुपर्छ ।’
तराईमा भूमिगत सशस्त्र संघर्षरत बिभिन्न समूहका नेता तथा कार्यकर्तासंग आफूहरुको सम्बन्ध रहेको स्वीकार गर्दै मन्त्री महतोले भन्नुभयो-’तराईका भूमिगत समूहमा हाम्रा नाता गोताकै मान्छे छन्, कोही भतिजा छन्, कोही छोरा छन्, कोही छोरी छन्, मामा भतीजा पनि छन ।’ यद्यपी मन्त्री महतोले भूमिगत समूहसंग कुनै राजनीतिक सम्बन्ध नरहेको दाबी गनुभयो ।
मन्त्री महतोले कार्तिक ४ गतेबाट हुने प्रधानमन्त्री बाबुराम भट्टराईको भारत भ्रमणका क्रममा भारतसंग सन् १९५० को सन्धी, सुपुदर्गी सन्धी, एयर मार्शल लगायतका बिषयमा पनि छलफल हुन सक्ने बताउनुभएको छ । उहाँले भन्नुभयो-’भारतले सुरक्षामा थ्रेट लाग्यो भने सन्धी सम्झौताका कुरा उठाउन सक्छ, तर दुई देशबीचको आपसी सहमतिमा मात्रै सन्धी र सम्झौता हुन्छन् ।’ मन्त्री महतोले भारत वा नेपालले मात्रै चाहँदैमा सन्धी सम्झौता नहुने भन्दै त्यसका लागि दुबै मुलुक तयार हुनुपर्ने उल्लेख गर्नुभयो ।
स्वास्थ्य मन्त्री महतोले पत्रकारलाई दशैंमा पैसा वितरण गरेर आएको समाचारको खण्डन गर्नुभएको छ । उहाँले भन्नुभयो-’कुन कुन मिडियो र पत्रकार कसरी चलेका छन्, खोज्नुपर्ने बेला भएको छ, पत्रकारलाई पैसा बाँडेको हो वा होइन मलाई सोधेको भए भनि हाल्थे ।’ ‘त्यो पत्रकार महासंघ को हो ? मलाई नसोधेर विज्ञप्ती जारी गर्ने’मन्त्री महतोले भन्नुभयो-’पैसा पुगेर हो वा नपुगे बिरोध गरेको, मलाई भन्नुपर्‍यो नि ?’ मन्त्री महतोले दशैंमा पत्रकारलाई रकम वितरण गरेको पत्रपत्रिकामा समाचार आएपछि नेपाल पत्रकार महासंघले बिरोध जनाउदै छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धन आयोगलाई आग्रह गरेको थियो ।

Saturday, October 8, 2011

0

पत्रकारहरुको दशैको शुभ कामना


नेपाल प्रेस युनियनका केन्द्रिय उपमहासचिव एवं नेपाल पत्रकार महासंघ धनकुटा शाखाका निर्वतमान अध्यक्ष विजय सन्तोषी राईले आज धनकुटामा पत्रकारहरुविच शुभ कामना आदन प्रदान कार्यक्रमको आयोजना गर्नु भएको छ ।विशेषगरी दशैको समयमा कामको शिलशिलाले गर्दा घर गई परिवारजनसंग दशै मान्न नपाएका पत्रकारहरुको लागी केन्द्रिय उपमहासचिव विजय सन्तोषी राईलो दशैको शुभ कामना आदन प्रदान र भेटघाट कार्यक्रमको आयोजना गर्नु भएको हो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष महोन वान्तवानेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष महोन वान्तवाप्रेस चौतारी नेपालका पूर्व केन्द्रिय सदस्य रमेशचन्द्र अधिकारीप्रेस युनियनका सह सचिव विदुर खवासकोषाध्यक्ष हरी वहादुर लम्जले केन्द्रिय पार्षद पूर्ण चौधारीनेपाल पत्रकार महासंघका सदस्य अजय सन्तोषी राई लगायतका विभिन्न मिडियामा कार्यरत संचारकर्मीहरुको सहभागीता रहेको थियो ।
नेपाल प्रेस युनियनका केन्द्रिय उपमहासचिव एवं नेपाल पत्रकार महासंघ धनकुटा शाखाका निर्वतमान अध्यक्ष विजय सन्तोषी राईले शुभ कामना व्यक्त गर्दै स्वागत गर्नु भएको थियो भने सहभागी सचारकर्मीहरुले एक आपसमा शुभ कामना आदन प्रदान गर्नु भएको थियो ।www.abhiyantimesweekly
.blogspot.com