Total Pageviews

Thursday, October 13, 2011

0

सुनकोशी नदी किनारमा बस खस्दा कम्तिमा ४२ जनाको मृत्यु

सिन्धुली / सिन्धुलीको पुरानो झाँगाझोली-६ रिठठेभिरबाट सुनकोशी नदी किनारमा बस खस्दा कम्तिमा ४२ जनाको मृत्यु भएको छ ।सिन्धुलीबाट काठमाण्डौतर्फ आउँदै गरेको बा ३ ख ९४१२ नम्बरको बस बनेपा-बर्दिबास सडक खण्ड अन्तरगत ट्राक मात्र खोलिएको खुर्कोट नेपालथोक सडक खण्डको रिठठेभिरबाट करिव ३ सय मिटर तल सुनकोशी नदी बसेको थियो । दुर्घटनामा परि चालिस जनाको घटनास्थलमै र २ जनाको उपचारका लागि धुलिखेल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु भएका मध्ये चालक प्रेम लामा, भिमेश्वर-७ का युवराज श्रेष्ठ, ८ का खुसबहादुर श्रेष्ठ, कामलामाइनगरपालिका-३ का विकास परियार, १ का वीरबहादुर तामाङ र उपयपुरका सिंहबहादुरको मात्र सनाखत भएको छ ।

No comments:

Post a Comment