Total Pageviews

Tuesday, October 11, 2011

0

राष्ट्रपति डा. रामवरण यादव कतारमा

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव मित्रराष्ट्र कतारको चारदिने राजकीय भ्रमण गर्नु भएको छ । राष्ट्रपति नेतृत्वको १४ सदस्यीय भ्रमण टोली कतार एयरवेजको विमानबाट बिहान पौने १० बजे कतार प्रस्थान गरेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।कतारका अमिर शेख हमद विन खालिफा अल थानीको निमन्त्रणामा राष्ट्रपति यादव कतार भ्रमणमा जानुभएको हो । राष्ट्रपति यादवको यो चौथो विदेश भ्रमण हो । यसअघि उहांले भारत, चीन र कुवेतको भ्रमण गरिसक्नुभएको छ ।परराष्ट्र श्रोतका अनुसार भ्रमणका क्रममा नेपालीका लागि आवश्यक पर्ने कानुनी परामर्श सहयोगसम्बन्धी दुईवटा सम्झौता हुने जनाइएको छ । भ्रमण टोलीमा राष्ट्रपतिका छोरी अनिता, भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठी, राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहाल, राष्ट्रपति कार्यालयका सचिव वामनप्रसाद न्यौपाने, काययमुकायम परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराई लगायत सहगागी हुनुहुन्छ ।वैदेशिक रोजगारी अन्तर्गत कतारमा अहिले करिब चार लाख नेपाली कामदार रहेको बताइएको छ । राष्ट्रपतिको यो औपचारिक भ्रमणले नेपालीलाई थप सम्मानित रोजगार उपलब्ध गराउन मद्दत पुग्ने विश्वास गरिएको छ ।कतार र नेपालबीच सन् १९७७ मा कुटनीतिक सम्बन्ध कायम भए पनि अहिलेसम्म नेपालमा कतारको दुतावास खुलेको छैन ।

No comments:

Post a Comment