Total Pageviews

Tuesday, October 11, 2011

0

लनटेनिस टोली ढाका

काठमाडौं  / बंगलादेशको ढाकामा हुने एसियाली यु-१४ टेनिस च्याम्पियनसिपमा सहभागी हुन ८ खेलाडीसहित १० सदस्यीय नेपाली लनटेनिस टोली आइतबार त्यसततर्फ प्रस्थान गरेको छ ।उक्त च्याम्पियनसिपमा समान ४-४ पुरुष तथा महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष खेलाडीहरुमा इभान हो लिसानेविच प्रनव कायश्थ सक्षम कार्की तथा आभाष मल्ल छन् । त्यस्तै महिलामा विभूति कार्की विजिशा श्रेष्ठ तथा राणाद्वय माहिका र मायांका छन् ।टिम व्यवस्थापकमा अखिल नेपाल लनटेनिस संघकी उपाध्यक्ष ज्योति राणा तथा प्रशिक्षकमा लिटिल एन्जल्स स्कुलका टेनिस प्रशिक्षक रामेश्वर थापा छन् ।एसियाली लनटेनिस महासंघ र बंगलादेश टेनिस संघको संयुक्त आयोजनामा हुने प्रतियोगिता अक्टोबर १० देखि १६ तारिखसम्म साचालन हुनेछ ।

टोलीलाई सफलताको शुभकामना दिँदै अखिल नेपाल लनटेनिस संघका अध्यक्ष मनोज राणा संघका अन्य पदाधिकारीलगायतले एक कार्यक्रमबीच बिदाइ गरेका थिए

No comments:

Post a Comment