Total Pageviews

Friday, October 14, 2011

0

जिल्ला सभापतिहरुको भेला बोलाउनु अघि सहमतिका लागि सभापतिलाई भेटेर दबाव दिने

नेपाली कांग्रेसको देउवा पक्षले भ्रातृ संगठन विघटन गर्ने निर्णय खारेजका लागि पार्टी नेतृत्वलाई दबाव दिन जिल्ला सभापतिहरुको भेला बोलाउने तयारी गरेको छ ।सभापतिहरुको भेला गर्नेबारे निर्णय गर्न वरिष्ठ नेता शेरबहादुर देउवाले शनिबार आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको भेला बोलाउनु भएको छ ।  भ्रातृ संगठन विघटन गर्ने केन्द्रीय समितिको बहुमतको निर्णय विगतमा भएको सहमति र धुलिखेल भेलाको सुझाव विपरित भएको भन्दै देउवा पक्षले निर्णय खारेजका लागि पार्टी नेतृत्वलाई दबाव दिन जिल्ला सभापतिहरुको भेला बोलाउने बताएको छ ।भ्रातृ संगठन विवाद उत्कर्षमा पुगेपछि वरिष्ठ नेता देउवाले केन्द्रीय सदस्य पदबाट राजीनामा दिएपछि संस्थापन पक्षले सहमतिका लागि कुनै पहल नगरेको देउवा पक्षको आरोप छ ।  देउवा पक्ष माग अनुसार भ्रातृ संगठन विघटनको निर्णय खारेज गर्नु पनि भएको छैन ।’ देउवा पक्षीय केन्द्रीय सदस्यहरुले जिल्ला सभापतिहरुको भेला बोलाउनु अघि सहमतिका लागि सभापतिलाई भेटेर दबाव दिने तयारी समेत गरेका छन् ।

No comments:

Post a Comment