Total Pageviews

Tuesday, October 11, 2011

0

जुवा तास खेल्ने पक्राउ ः


ललितपुर /  सैबु भैसेपाटी बस्ने विश्व गोपाल कार्कीको घरमा अवैध जुवा तास खेल्ने उनी समेतका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  महानगरीय प्रहरी परिसर ललितपुर र प्रहरी प्रभाग बुगमतीबाट खटिएको प्रहरीले उनीहरुलाई आज ०१ः०० बजे नगद १ लाख ४३ हजार ८ सय कौडा र तास सहित पक्राउ गरेको थियो ।
काठमाडौँ महानगरपालिका-७ भत्केकोपुलमा बलराम बुढाथोकीले संचालन गरेको फर्निचर उद्योगमा जुवा तास खेल्ने दोलखा जिल्ला सुनखानी-५ घर भएका ४६ बर्षीय बलराम बुढाथोकी सहित ८ जनालाई प्रहरीले असोज २२ गते २२ः०० बजे नगद १३ हजार ४ सय ५८ रुपैयाँ सहित पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

No comments:

Post a Comment