Total Pageviews

Friday, October 14, 2011

0

पुर्व राजदूत हमिद अन्सारीको थप कर्तुतहरु खुलासा

मृतकको बीमा रकम दुरुपयोग गरेको अभियोगमा पदच्युत गरिएका साउदी अरबका पुर्व राजदूत हमिद अन्सारीको थप कर्तुतहरु खुलासा भएको छ । उनले साउदीको अनेष्ट अरेबिक भिसा ट्रान्सलेसन सेन्ट्ररमा कार्यरत २७ वर्षीय खर्कबहादुर घर्तीमगरको मृत्युपछि ५० हजार रियाल बुझेर ३३ हजार रुपैयाँ पच पारेको रहस्य खुलेको छ ।
२०६५ माघ ९ गते ब्लक फ्याक्ट्रिमा काम गरिरहेकै बेला मेसिनले किचेर मृत्यु भएका मगरको परिवारलाई कम्पनील दूतावासमार्फत ५० हजार रियाल पठाएकोमा राजदूत अन्सारीले १७ हजार रियालमात्र परराष्ट्र मन्त्रालयमा पठाइदिएको र बाँकी रकम आफैले लिएको पीडित परिवारले दावी गरेको छ ।
मृतक घर्तीका पत्नी देवीसरा घर्तीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विहिबार अन्सारी विरुद्ध उजुरी दर्ता गरेकी छन् । कम्पनीले क्षतिपूर्ति वापत दिएको ३३ हजार रियाल नपाएको भन्दै उनले उजुरी दिएकी हुन् । दूतावास स्रोतका अनुसार अन्सारीले मृतक घर्तीको लाश गाड्न समेत ८ हजार रियाल खर्च लाग्ने भन्दै क्षतिपूर्तिको रकम दुरुपयोग गरेका छन् ।
अन्सारीले बुझेको रकमको बिल भर्पाई केही नभएको समेत दूतावास स्रोतले जनाएको छ ।
अन्सारीले यसअघि झापा र रोल्पाका दुइ मृतकको क्षतिपू्र्तिसमेत दुरुपयोग गरेको समाचार प्रकाशनसँगै तत्कालीन माधवकुमार नेपाल नेतृत्वको सरकारले पदच्यूत गरेको थियो । परराष्ट्र मन्त्रालय स्रोतले पूर्वराजदूत अन्सारीले अन्य मृतको पनि रकम दुरुपयोग गरेको दावी गर्दै उनीमाथि थप अनुसन्धान थाल्नु पर्ने बताएका छन् । khadisandesh  bata

No comments:

Post a Comment