Total Pageviews

Monday, October 10, 2011

0

टिकटको कालो बजारी नियन्त्रण गर्न श्रम सचिव लाई प्रधानमन्त्री को निर्देशन

पछिल्लो समय सार्वजनिक यातायातका साधनले यात्रुहरुबाट मनपरी भाडा असुल गरेको तथा चाडवाडका बेला टिकटको कालो बजारी गरेको गुनासो आएपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले त्यसको नियन्त्रण गर्न श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिव डा. रामहरी अर्याललाई निर्देशन दिनु भएको छ ।
बस तथा जीप काउन्टरहरुमा सरकारले तोकेको भाडा दर सूची नराखिएको तथा यात्रुहरुबाट चर्काे भाडा असुलेको गुनासो आएपछि प्रधानमन्त्री भट्टराईले वस तथा जीप काउन्टरको अनुगमन गर्न समेत निर्देशन दिनुभएको हो । आज प्रधानमन्त्री भट्टराईले सचिव अर्याललाई तत्काल सरकारले तोकेको जीप तथा वसको भाडा दर सार्वजनिक गर्न तथा काउन्टरमा भाडा दर सूची अनिवार्य राख्न लगाउन निर्देशन दिनु भयो । उहाँले यातायात क्षेत्रमा यात्रुहरुबाट मनपरि भाडा असुल गर्नेलाई तत्काल कारवाही गर्न पनि निर्देशन दिनुभयो । उहाँले यात्रुहरुबाट चर्काे भाडा असुल्नेलाई तत्काल कारवाही गर्न पनि निर्देशन दिनु भएको छ ।
चर्काे भाडा असुलेको पाइएमा तत्काल सम्बन्धित निकायमा खवर गर्नका लागि सार्वजनिक नम्बरको व्यवस्था गर्न पनि प्रधानमन्त्रीले सचिवलाई निर्देशन दिनु भएको छ ।
त्यस्तै यस अघि राजमार्गका होटलहरुमा अनुगमन गरिए पनि ती होटलहरुमा सुधार नभएको तथा ग्राहकहरुलाई ठग्ने प्रवृत्ति नरोकिएको गुनासो आएपछि प्रधानमन्त्री भट्टराईले त्यस्ता व्यापारीलाई कारवाही गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिनु भएको छ ।
राजमार्गका होटलहरुमा हुने ठगीको विषयमा टेलिफोन मार्फत तत्काल जानकारी गराउन प्रधानमन्त्रीको नीजि सचिवालयले आग्रह गरेको छ । यात्रुहरुसँग बढी भाडा असुलेको पाइएमा वा कुनै पनि जनसरोकारका ठाउँमा हुने ठगिका विषयमा प्रधानमन्त्रीको नीजि सचिवालयको टोल फ्रि नम्बर ११११ र स्वकीय सचिवालयको मोवाईल नम्बर ९८४१४९३६८७ मा तत्काल फोन गरी जानकारी गराउन पनि अनुरोध गरिएको छ । ठगीको जनाकारी हुनासाथ तत्काल कारवाही प्रक्रिया अघि बढाईने नीजि सचिवालयले जनाएको छ । –विश्वदीप पाण्डे
 

No comments:

Post a Comment