Total Pageviews

Wednesday, October 12, 2011

0

जुवा खेल्ने र खेलाउने ३० जनाबाट ५ लाख ९० हजार सहित पक्राउ

पोखरा / नेपाल प्रहरीले पोखराका विभिन्न स्थानमा जुवा खेलाउने र खेल्ने ३० जनालाई पक्राउ गरेको छ भने ५ लाख ९० हजार ३ सय ८० बरामद गरेको जनाएको छ ।पोखरा उपमहानगरपालिका वडा नंं-९ नयावजारवाट प्रहरी नायब निरीक्षक सुदर्शन लम्साल समेतको प्रहरी टोलीले- ६ जना वडा नंं-१ वगरवाट ४ जना र पुम्दीभुम्दी गा।वि।स।वडा नं।-१ वाट प्रहरी निरीक्षक प्रेम वहादुर वस्नेतको कमाण्डमा खटिएको टोलीले- २० जना गरी -३० जनालाई तास र कौडा तथा नगद रु ५ लाख ९० हजार ३ सय ८० सहित वरामदी गरी पक्राउ गरि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएकेा छ ।यस्तै पोखरा उपमहानगरपालिका वडा नंं-१५ फुलवारी क्यासीनो मा नेपालीले जुवा खेली रहेको अवस्थामा वडा प्रहरी कार्यालय रामवजारवाट प्रहरी निरीक्षक मदन कुवँर समेतको टोलीले ६ जनालाई पक्राउ गरि अनुसन्धन गरिहेको जनाईएको छ ।उनिहरुलाई रु १०००।- दरको दर २० वटा र रु। १००।- दरको दर ३१ वटा क्वाईन सहित वरामद पक्राउ गरि पक्राउ गरिएको र थप अनुसन्धान कार्य भई रहेको प्रहरीले बताएकेा छ ।पक्राउ परेकाहरुमा पोखरा वडा नंं-८ सिमलचौर वस्ने नारायण क्षेत्री वलराम गौतम शृजनाचोक वस्नॆ गणेष ठाकुर लम्जुङ्ग वेसीसहर घर भई पोखरा - ८ सिमलचौर वस्नॆ विकाश घले लम्जुङ्ग वेसीसहर घर हुनॆ यम वहादुर खड्का र पोखरा-१७ वस्नॆ मिलन पहारी रहेका छन् ।

No comments:

Post a Comment