Total Pageviews

Friday, October 14, 2011

0

रसाइदियौ दशैं -सुरज गिरी


भुल्दै गएको पिडालाई बल्झाइ दियौ दशैं
बिसे्रको यादलाई कुरेती दियौ दशैं
भन्थे दशैंमा रमाइलो अनी खुशी हुन्छ
छिन्न भिन्न पारी मेरो मनलाई रुवायौ दशैं ।

टिका जमरा मेरो भाग्यमा थिएन दशैं
मिठो खाइ रमाइलो गर्नु मलाई थिएन दशैं
सबैले रातो टिका जमरा निधारमा लगाए
मेरो रित्तो निधार र शिरमा ओइलायौ दशैं ।
विधाताले दुःखको वौछार गरेको छ हे दशैं
मुटुलाई स्तभ्ध बनाइ एकोहोरियो यो दशैं
हात थिएन मेरो निधारसम्म आउने आज
तपतपी चुहाउँदै आँसु बहाइदियौ दशैं ।
न त आफन्तलाई बोलाइदियौं दशैं
न त कोही आफ्नाले ढाडस दिए हे दशैं
मन रुँदा झन एक्लो बनाइ मेरो
दिनभरी आँखा रसाइ दियौ दशैं ।
यो वर्ष तिमी हराएको भए के जान्थ्यो दशैं
यो वर्ष यादमा नआइदिएको भए के हुन्थ्यो दशैं
मडारी मडारी भित्री दियौं किन घरमा
आँसुको बेदना सित्तैमा उपहार दिइ गयौ दशैं ।
चङ्गा आकाशमा नाच्छ म कल्पनामा हुन्छु दशैं
जताततै धुँवा देखिन्छ म विह्वल भै रहेछु दशैं
सबैले मानेहोलान् सकेजती खुशी बटोरी
रुमालले पुछ्नु पर्नेगरी आँखा रसाइदियौ दशैं ।

No comments:

Post a Comment