Total Pageviews

Thursday, October 13, 2011

0

होचा खगेन्द्र थापा जन्म दिन मनाउन जर्मन जादै

होचा खगेन्द्र थापा जन्म दिन मनाउन जर्मन
करीब ८ महिनासम्म विश्व कृतिमानी कायम गरेका खगेन्द्र थापा मगर आफ्नो जन्म
दिन मनाउन जर्मन जादैछन । विलिभ ईट अर नट कम्पनीको निमन्त्रणामा खगॆन्द्र
सहित खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष र खगेन्द्रका बाबु रुपबहादुर थापा
मगर सहितको ३ सदस्यीय टोली भोलि जर्मन प्रस्थान गर्ने भएका छन ।
खगेन्द्र सहितको टोली भोलि सुक्रबार बिहान ९ः४५ बजे काठमाण्डौको
अन्तराष्ट्रिय विमान स्थलबाट कतार एर्यरको हवाई जहाज हुदै जर्मन प्रस्थान गर्ने
भएको प्रतिष्ठानले जनाएको छ ।
२६।४ ईन्च उचाई भएका खगेन्द्र यही असोज २८ गते १९ औं बर्षमा प्रबेस
गर्दछन्। उनको जन्म दिन जर्मनमा विलिभ ईट अर नट कम्पनीले मनाउने भएको
बताईन्छ । साथै उक्त कम्पनीको निमन्त्रणमा जर्मन जादै गरेको खगेन्द्र सहितको
टोलीले एक हप्तामा कतार जर्मन प्रुान्स लगायतका राष्ट्रहरु समेत भ्रमण गर्ने
कार्यक्रम रहेको छ ।
उक्त कम्पनीले खगेन्द्र सहित तीन सदस्यीय टोलीलाई युरोपका ४२ राष्टहरुको
मल्टीभिषा दिएको प्रतिष्ठानका अध्यक्ष रानाले बताउनु भयो ।
गिनिज बुक अफ दी वल्र्डमा गत असोज २८ गते देखि ८ महिना सम्म आफ्नो नाम
चम्काएका खगेन्द्रको उपाधि खोसिए पनि उनलाई बिभिन्न देशहरुमा सम्मान लिन तथा
भ्रमणको निमन्त्रणा भने आईरहेको खगेन्द्र थापा मगर प्रतिष्ठानले जनाएको छ

खगेन्द्र भन्दा होचा फिल्पिन्सका जुन्री वालविङले आफ्नो १८ बर्ष पुरा
भएको अवसरमा गत जेठ १८ गते देखि गिनिज बुकमा आफ्नो नाम विश्वकै होचा
मानिसको रुपमा चम्काउदै आएका छन्। बाग्लुङ धुल्लुवासकोट ६ घर भएका खगेन्द्र
नेपाल सदभासना राजदुतको रुपमा समेत घोषित भएका छन्।

No comments:

Post a Comment