Total Pageviews

Thursday, October 13, 2011

0

रजिअको निवासमा राजनीतिकदलहरुलाई फकाउनका लागी भोजको आयोजना

रजिअको निवासमा राजनीतिकदलहरुलाई फकाउनका लागी भोजको आयोजना

जयकृष्ण यादव । इनरुवा
सुनसरीका राजनीतिक दलका नेताहरुलाई फकाउनका लागी मंगलवार प्रमुख जिल्ला
अधिकारीले भोजको आयोजना गरेको खुलासा भएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी चुडामणि शर्माले राजनीतिक दलका नेताहरुलाई
आफनै निवासमा वोलाएर भोज दिएका हुन् । करीन १ लाख वढीको खर्च गरेर
भोजको आयोजना गरेको एक सहभागी नेताले वताए । नसालु पेय पदार्थ देखी
खाना सहीतको भोजमा प्रहरी अधिकारी सहितको उपस्थितीमा दलका नेता फकाउने
भोजको आयोजना गरिएको रहस्य वाहीर आएको हो । राजनीतीक दलका
प्रतिनिधिहरु र उनका आसेपासेहरुको उपस्थितीमा सरकारी निवासमा भोजको
आयोजना गरेको प्रसाशनका एक कर्मचारीले नाम नवताउने शर्तमा भने । सहभागी
भएका अर्का एक नेताका अनुसार प्रजिअलाई चौतर्थी दवाव वढेकाले
राजनीतिकहरुलाई फकाउनका लागी मंगलवार भोजको आयोजना गरिएको हो ।
संयुक्त मधेसी मााेर्चाले वहीसकार गरे पनि प्रजिअको आग्रमा आफु पनि गएको
मोर्चासंग आवद्ध रहेको मधेसी जन अधिकार फोरम गणतान्त्रिकका एसएन मेहताले
वताउनुभयो । सो भोजमा एमाले नेपाली काग्रेसका जिल्ला नेतहरुको
सहभागीता रहेको थियो । सुनसरीको देवानगंजमा भएको गोली काण्ड पिछ
सम्वन्ध विग्रेको काग्रेसको सुनसरी सभापती राजीव कोईराला सहितलाई
भुभकाना कार्यक्रम भनी वोलाएको तर कार्यक्रम नभएर भोज रहेको थाहा पारेर
फर्केको कोईरालाले वताए ।
मधेसी जन अधिकार फोरम नेपालका भगीरथ खत्वे एमालेका रेवती भण्डारी
खेमराज पोख्रेल एमाओवादीका सरोज सींह लगायतका समेत सहभागी थिए तर
केहीले नसालु पदार्थ समेतको व्यावस्था देखे पछि मनमनै वहीस्कार गरेको
हिडेको एक सहभागीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी चुडामणि शर्माले
भने फेन उठाउन भइएको छैन् भने सरकारी रकम खर्च गरिए पनि त्यसको लागी
कुनै सरकारी रकम खर्च नभएको र पारीवारीक जस्तो भएको सुनसरीका सहायक
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले वतउनुभयो ।
गृहमन्त्री मधेसवादीको परेकाले दलहरुसंगको सम्वन्ध मिलाउने र सम्वध सुधारका
लगाी भोज गरिएको रहस्य वाहीर आएको छ । विदाको दिन पारेर प्रजिअ
निवासमा दिउसोवाट सुरु भएको भोज रातीसम्म चलेको सहभागीहरुले वताए ।

No comments:

Post a Comment