Total Pageviews

Tuesday, October 11, 2011

0

थाईल्याण्डका प्रधानमन्त्री को टि्वटर एकाउन्ट हृयाक

थाईल्याण्डका प्रधानमन्त्री यिङ्गलक सिनावात्राको टि्वटर एकाउन्ट हृयाक भएको छ । हृयाकरहरुले थाई यिङ्गलकको टि्वटरमा प्रधानमन्त्रीको क्षमतामा प्रश्न उठाएका छन् । हृयाक गरिएको एकाउन्टमा प्रधानमन्त्रीमाथि असफल भएको तथा भेदभाव गरेको आरोप लगाइएको छ । यस एकाउन्टको अन्तिम टि्वटमा भनिएको थियो-’यदि प्रधानमन्त्री आफ्नो एकाउन्ट त सम्हाल्न सक्दैनन भने देश कसरी सम्हाल्न सक्छन् ।’ पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राका कान्छि बहिनी यिङ्गलक गत जुलाईमा भएको आम निर्वाचन जित्दै प्रधानमन्त्री बन्नु भएको थियो । प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि उहाँमाथि आफ्नो भाई र पूर्वप्रधानमन्त्री थाक्सिनको इशारामा चलेको अरोप लागेको छ ।

No comments:

Post a Comment