Total Pageviews

Wednesday, October 19, 2011

0

भट्टराईले रक्षामन्त्री शरदसिंह भण्डारी र भूमिसुधारमन्त्री प्रभु साहलाई पदमुक्त गर्नु भएको छ

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रक्षामन्त्री शरदसिंह भण्डारी र भूमिसुधारमन्त्री प्रभु साहलाई पदमुक्त गर्नु भएको छ । बुधबार व्यवपस्थापिका संसदको बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री भट्टराईले सम्वन्धित दलको सिफारिस अनुसार मन्त्रीद्धय भण्डारी र साहलाई पदमुक्त गरिएको जानकारी दिनुभयो भट्टराईले रक्षामन्त्रीको कार्यभार गृहमन्त्री विजयकुमार गच्छदारलाई र भूमिसुधारमन्त्रीको कार्यभार स्थनिय विकासमन्त्री टोपबहादुर रायमाझीलाई दिनु भएको छ । रक्षा र भूमिसुधारमन्त्रीको बर्खास्तीपछि विपक्षीहरुले गर्दै आएको सदनको अवरोध हटेको छ । रक्षा र भूमिसुधारमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरुले असोज २६ गतेबाट संसदको बैठक अवरुद्ध पार्दै आएका थिए ।
प्रधानमन्त्री भट्टराईले आरोप प्रमाणित भएर नभई मुलुकको मुख्य कार्यभार शान्ति र संविधानको काममा केन्द्रीय हुन विवादमा परेका मन्त्रीहरुलाई पदमुक्त गरिएको जानकारी दिनुभयो । उहाँले मन्त्रीद्धयलाई पदमुक्त गर्ने निर्णयलाई हार र जितका रुपमा नलिन र राष्ट्रियतालाई कसैले पनि पार्टी विशेषको मुद्धा नबनाउन आग्रह गर्नुभयो । माओवादी सभासद बालकृष्ण ढुङ्गेलको मुद्धाफिर्ताबारे विपक्षी दलहरुले उठाएको विषयलाई सम्वोधन गर्दै प्रधानमन्त्री डा. भट्टराईले वितृत शान्ति सझौताको मर्म र भावना विपरित गएर कुनै कदम चालिएको भन्दै कुनै आशंका नगर्न दलहरुलाई आग्रह गर्नुभयो ।

No comments:

Post a Comment