Total Pageviews

Monday, October 10, 2011

0

चेलीबेटी बेचबिखन गर्नेहरु जेल चलान

बालबालिका बेच्न खोज्न खोजेको आरोपमा दुई व्यक्ति जेल चलान भएका छन् । ती बालबालिकालाई भारततर्फ बेच्न खोजेको अभियोगमा ती व्यक्तिहरु पक्राउ भएका थिए ।
मानव बेचबिखन तथा ओसारपसार उद्योगअन्तर्गत मुद्दा चलाइएका मोरङ उर्लाबारी–६ दोघरेकी गोमा ढकाल र गीता गुरुङ जेल चलान भएका हुन् ।जिल्ला अदालत मोरङको आदेशमा उनीहरु पुर्पक्षका लागि जेल चलान भएका हुन् ।प्रहरीले शनिश्चरे–४ की १६ वर्षीया पुनम राई, १५ वर्षीया विष्णुमाया गिरी र नाम नखुलेकी एक बालिकालाई गत भदौ २६ गते भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरी मुद्दा चलाएको थियो ।उनीहरुसँगै पक्राउ परेकी शनिश्चरे–४ की १६ वर्षीया पार्वता लुईंटेललाई भने उमेर कम भएको भन्दै सुधारगृहमा पठाइएको छ ।

No comments:

Post a Comment