Total Pageviews

Sunday, October 23, 2011

0

पत्रकार र खेलकुद विकास समिति वरावरी

पत्रकार र खेलकुद विकास समिति वरावरी
धनकुटा ४कार्तिकदिपावलीको अवसरमा जिल्ला खेलकुद विकास समिति धनकुटाको आयोजनामा आज सम्पन्न भएको फुटवल खेलमा पत्रकार र खेलकुद विकास समिति धनकुटाको टिम वरावरी भएको छ ।
नेपाल पत्रकार महासंघ धनकुटा र जिल्ला खेलकुद विकास समितिको टिम विच भएको फुटवल खेलमा निर्धारित समय भित्र दुवै टिको तर्फबाट तिन÷ तिन गोल गरी वरावरी भएको थियो ।
फुटवल खेल प्रतियोगितामा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष साजय सन्तोषी राईकेन्द्रिय सदस्य सिद्धराज राईशाखाका अध्यक्ष महोन वान्तवानिवर्तमान अध्यक्ष विजय सन्तोषी राईउपाध्यक्ष खगेन्द्र घिमिरेसचिव नगेन्द्र राई र राष्टिय खेलकुद विकास समितिका सदस्य कुसुम श्रेष्ठजिल्ला अध्यक्ष नगेन्द्र घतराजजिल्ला फुटवल संघका अध्यक्ष शम्भु प्रधान लगायनको उपस्थिती रहेको थियो ।
नेपाली कांग्रेस धनकुटाकाले जिल्ला सदरमुकाममा उपलब्ध नेता तथा कार्यकर्ताहरुको भेला गरी पार्टी संगठन विस्तारका लागी कार्तिक ८ गते धनकुटामा केन्द्रिय नेताको उपस्थितीमा कार्यकर्ता भेला गर्ने जानकारी गराएको छ ।
नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं नेता बिमेलेन्द्र निधिले शहिद भीम नारायण श्रेष्ठ स्मृती भवन जिल्ला पार्टी कार्यालय धनकुटामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी प्रचार विभाग प्रमुख विजय सन्तोषी राईले वताउनु भयो ।
सो अवसरमा नेपाली कांग्रेसका सभापती मनोहर नारायण श्रेष्ठले पार्टीका नेता बिमेलेन्द्र निधिको उपस्थितिमा हुने उक्त भेलामा सम्पूर्ण नेता तथा कार्यकर्ताहरलाई उपस्थित भै दिन आग्रह गर्दै शान्ति र संविधान निर्माणका लागी कांग्रेस कि्रयाशिल रहेको वताउनु भयो ।
यसैगरी नेपाली कांग्रेस धनकुटाका सचिव नविन किशोर शाक्य जिल्ला सदस्य विष्णु पौडेलअाजना ताम्लीगोविन्द्र थापानेपाल शिक्षक संघका अध्यक्ष गंगा ढुंगाना प्रचार विभाग प्रमुख विजय सन्तोषी राईतरुण दलका अध्यक्ष श्रीकृष्ण प्रधान महिला संघकी अध्यक्ष अम्विका राई लगायतलले नेपाली कांग्रेसलाई अव शसक्त बनाउनु पर्नेमा जोड दिदै कार्तिक ८ गतेको भेलालाई सफल बनाउन कि्रयाशिल ढंगले सवै लाग्नु पर्ने वताउनु भयो ।



No comments:

Post a Comment