Total Pageviews

Tuesday, October 18, 2011

0

चीनको ताक्लाकोटमा द्धिपक्षिय बैठक सम्पन्न


नेपाल सरकार हुम्ला जिल्ला र चीन सरकार तिब्बत स्वायत्त प्रदेश विच विविध
विषयमा यहि भाद्र ४ र ५ गते चीनको ताक्लाकोटमा द्धिपक्षिय बैठक सम्पन्न भयो
। उक्त बैठकमा नेपालको तर्फबाट हुम्लाका सभासद कर्णजित बुढाथोकीको
नेतृत्वमा सर्वदलिय सर्वपक्षिय टोली सहभागी भई चिनले बर्षेनी दिने ३० लाख
सहयोगको साथै आर्थिक व्यापारिक पर्यटन र स्थानिय स्तरमा भैपरी आउने
समस्याको विषयमा छलफल भई चौध बुधे सहमती भयो । उक्त सहमती अनुसार १५
लाख हिल्सा मोटर बाटो र १५ लाख लिमीलाप्चा सिमीकोट मोटरबाटो लाई दिने
निर्णय हुनको साथै सर्वदलिय सहमती अनुसार उक्त सहयोग बुझनको लािग
हिल्साको लागि पासाङ लामा र टसी लामालाई जिम्मा दिने र पछि सर्वदलिय
निर्णय गरेर लगानी गर्ने सहमती भई सकेपछि उक्त सहयोग चामल मैदा तेल उक्त
दुई जनाले बुझीसकेपछि हिल्सामा कार्मातुन्डुप लामाको नेतृत्वमा १४ - १५
जनाको टोलीले प्रहरी प्रशासनको अगाडि कुटपिट गरी चामल मैदा तेल खोसेर
आ-आफ्नो घरमा लिनुको लिएका छन गत बर्ष २०१० को हिल्साको निम्ति
विनियोजन भएको ३० लाख रकम दरुपयोग भएको सर्वदलिय प्रदिवेदनको निष्कर्ष
रहेको छ ।

No comments:

Post a Comment