Total Pageviews

Sunday, October 9, 2011

0

राष्ट्रियताको सवालमा मधेसमाथि कसैले सवाल उठाउँछ भने मधेसमा उस्को औला काटिदिन्छौं ।’मन्त्री महतो


काठमाडौं । स्वास्थ्यमन्त्री तथा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले राष्ट्रियताका सम्बन्धमा मधेसीमाथि कसैले औँला उठाउँछ भने उनिहरुको मधेसमा औँला काटिदिने चेतावनी दिनुभएको छ । राजधानीमा आयोजित साक्षत्कार कार्यक्रममा मन्त्री महतोले नेपाली राष्ट्रियता कसरी बलियो पार्ने भनेर मधेसी जनताहरु लागि रहेको बताउनुभयो । मन्त्री महतोले भन्नुभयो-’राष्ट्रियताको सवालमा मधेसमाथि कसैले सवाल उठाउँछ भने मधेसमा उस्को औला काटिदिन्छौं ।’मन्त्री महतोले मधेसलाई अधिकार दिन माओवादी र मधेसी मोर्चाबीच भएको चार बुँदे सहमतिलाई राष्ट्रियतासँग जोड्ने कुरा मधेशी र मधेशका जनता बिरोधी रहेको बताउनुभयो । उहाँले भन्नुभयो- ‘राष्ट्रियताको सवालमा पहाडिया भन्दा मधेसी जनता सर्तक छन्, उनिहरुले राष्ट्रियताका पक्ष पहाडियाले भन्दा धेरै लडेका छन् ।’ मधेसले केही अधिकार पाउन थालेपछि राष्ट्रियताको कुरा गरेर कथित राष्ट्रवादीहरुले बिरोध गर्ने गरेको उहाँको आरोप थियो । उहाँले भन्नुभयो-’यो मुलुकको रक्षा मधेशीले जति कसैले गरेको छैन, राष्ट्रिय अखण्डताको सवालमा मधेसी बलिदान दिन पछि पर्दैन ।’ मन्त्री महतोले नेपाली सेनामा एकै पटक दस हजार मधेसी प्रवेश गराउने भन्दा पनि २/४ हजार दरबन्दी श्रृजना गरेर समावेश गराउदै जाने बताउनुभयो । मधेसीलाई सेनामा प्रवेश गराउन हुँदैन भनेर जसले भन्छ त्यो नै राष्ट्रघाति भएको भन्दै मन्त्री महतोले भन्नुभयो-’त्यसलाई देशमा बहिष्कार गर्नुपर्छ, सबैले चिन्नुपर्छ ।’
तराईमा भूमिगत सशस्त्र संघर्षरत बिभिन्न समूहका नेता तथा कार्यकर्तासंग आफूहरुको सम्बन्ध रहेको स्वीकार गर्दै मन्त्री महतोले भन्नुभयो-’तराईका भूमिगत समूहमा हाम्रा नाता गोताकै मान्छे छन्, कोही भतिजा छन्, कोही छोरा छन्, कोही छोरी छन्, मामा भतीजा पनि छन ।’ यद्यपी मन्त्री महतोले भूमिगत समूहसंग कुनै राजनीतिक सम्बन्ध नरहेको दाबी गनुभयो ।
मन्त्री महतोले कार्तिक ४ गतेबाट हुने प्रधानमन्त्री बाबुराम भट्टराईको भारत भ्रमणका क्रममा भारतसंग सन् १९५० को सन्धी, सुपुदर्गी सन्धी, एयर मार्शल लगायतका बिषयमा पनि छलफल हुन सक्ने बताउनुभएको छ । उहाँले भन्नुभयो-’भारतले सुरक्षामा थ्रेट लाग्यो भने सन्धी सम्झौताका कुरा उठाउन सक्छ, तर दुई देशबीचको आपसी सहमतिमा मात्रै सन्धी र सम्झौता हुन्छन् ।’ मन्त्री महतोले भारत वा नेपालले मात्रै चाहँदैमा सन्धी सम्झौता नहुने भन्दै त्यसका लागि दुबै मुलुक तयार हुनुपर्ने उल्लेख गर्नुभयो ।
स्वास्थ्य मन्त्री महतोले पत्रकारलाई दशैंमा पैसा वितरण गरेर आएको समाचारको खण्डन गर्नुभएको छ । उहाँले भन्नुभयो-’कुन कुन मिडियो र पत्रकार कसरी चलेका छन्, खोज्नुपर्ने बेला भएको छ, पत्रकारलाई पैसा बाँडेको हो वा होइन मलाई सोधेको भए भनि हाल्थे ।’ ‘त्यो पत्रकार महासंघ को हो ? मलाई नसोधेर विज्ञप्ती जारी गर्ने’मन्त्री महतोले भन्नुभयो-’पैसा पुगेर हो वा नपुगे बिरोध गरेको, मलाई भन्नुपर्‍यो नि ?’ मन्त्री महतोले दशैंमा पत्रकारलाई रकम वितरण गरेको पत्रपत्रिकामा समाचार आएपछि नेपाल पत्रकार महासंघले बिरोध जनाउदै छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धन आयोगलाई आग्रह गरेको थियो ।

No comments:

Post a Comment