Total Pageviews

Tuesday, October 18, 2011

0

सन्धि सम्झौता गर्ने अख्तियारी प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई नभएको गजुरेल


एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले आसन्न भारत भ्रमणमा विवादित र राजनीतिक प्रकृतिका सन्धि सम्झौता गर्ने अख्तियारी प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई नभएको बताउनु भएको छ ।
भारतीय चाहना अनुसार सुपुर्दगी, स्काईमार्सल, सीमा विवाद र १९५० को सन्धी गर्छ कि भन्ने चिन्ता मुलुकमा रहेको भन्दै पार्टीले स्पष्ट रुपमा त्यस्ता विवादित विषयमा सम्झौता नगर्न निर्देशन दिएको जानकारी दिनुभयो । मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा सचिव गजुरेलले भन्नुभयो-’कुटनीतिक मर्यादा अनुसार निम्तो पूरा गर्न प्रधानमन्त्री भारत भ्रमणमा जान लाग्नु भएको हो । सदभाव भ्रमण भएकोले यो भ्रमणमा कुने पनि विवादीत र ठूला सन्धि सम्झौताहरु हुँदैन ।’
२ सय मेघावाट विद्युत आयात, नेपाली बस्तुको निर्यातमा लाग्दै आएको दोहोरो कर, चार प्रतिसतको अतिरिक्त कर हटाउने विषयमा सम्झौता गर्ने अख्तियारी प्रधानमन्त्रीलाई पार्टी दिएको गजुरेलले जानकारी दिनुभयो । भारतसँग माओवादीको सम्बन्ध राम्रो भएको भन्दै उहाँले यसको उदाहरण प्रधानमन्त्रीको भारत भ्रमण भएको दावी गर्नुभयो ।
उहाँले भन्नुभयो-’माओवादी र भारतको सम्बन्ध राम्रो नभएको भए माओवादीको प्रधानमन्त्रीलाई किन बोलायो त ? एमालेको प्रधानमन्त्रीलाई त बोलाएन । प्रधानमन्त्रीको यो भ्रमणले सम्बन्धलाई अझै राम्रो बनाउँछ भन्ने विश्वास छ ।’ छिमेकी भारत र चिनको विकासबाट फाईदा लिएर नेपालको विकास गर्नु पर्ने भन्दै उहाँले शान्ति प्रक्रिया र संविधान निर्माणमा कसैको प्रत्यक्ष सहयोग र मध्यस्थताको आवश्यकता नरहेको दावी गर्नुभयो 

No comments:

Post a Comment