Total Pageviews

Monday, October 31, 2011

0

महानिमहासभामा सहभागिरीक्षक श्रेष्ठ भियतनामतर्फ प्रस्थान


काठमाडौं
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठ भियतनामको राजधानी हनोईमा संचालन हुने इन्टरपोलको ८०औं महासभामा सहभागि हुन गएराति त्यसतर्फ प्रस्थान गर्नुभयो ।सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय कोषराज वन्त र ठाकुरमोहन श्रेष्ठ लगायत बलका उच्च अधिकृतहरुले हार्दिक बिदाई गर्नुभएको थियो ।
यही कार्तिक १४ गतेदेखि १७ गतेसम्म संचालन हुने इन्टरपोलको सो महासभामा इन्टरपोलका सदस्य राष्ट्रका प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ । सो महासभामा फरार अपराधीको खोजी अन्तर्राष्ट्रिय प्रहरी सहयोग आपसी समन्वय मानव बेचविखन तथा तस्करीविरुद्धको कारवाही विभिन्न अपराधको रोकथामका उपायहरु लगायतका विविध विषयमा छलफल हुने बताइएको छ ।
विश्वका विभिन्न राष्ट्रका प्रतिनिधिहरु बीच अनुभव आदन-प्रदानसमेत हुने उक्त महासभा इन्टरपोलको नियमित कार्यक्रमअनुसार हरेक वर्ष हुने गर्दछ ।
यसैगरी महासभामा साइवर क्राइम लागुऔषधको ओसारपसार मानव बेचविखन तथा तस्करी विरुद्धको कारवाही अपराध नियन्त्रणमा इन्टरपोलका सदस्य राष्ट्रहरुका सुरक्षा संगठनको भूमिका लगायतका विविध पक्षमाथि अन्तरकि्रया हुने बताइएको छ ।
एचआइआरभी टोलीको सकि्रयाताले लुटपाटको प्रयास विफल ः-
काठमाडौं
काठमाडौबाट कोहलपुरतर्फ साइकलमा जाँदै गरेका दुई जना विदेशी पर्यटकमाथि गएराति बाँके जिल्लाको महादेवपुरी गाविस ५ झिझिरा खोला नजिकै लुटपाट गर्न खोज्ने लुटेराहरुको प्रयास सशस्त्र प्रहरी बलको हाइवे इमिडियट रेस्पोन्स भेहिकल एचआइआरभी टोलीको सकि्रयाताले विफल भएको छ ।
साइकलमा कोहलपुरतर्फ जाँदै गरेका अमेरिकी नागरिक माइकल चर्च र निजकी श्रीमती जिन चर्चलाई लुटेराहरुको समूहले पिछा गरेको थाहा पाउनासाथ सशस्त्र प्रहरी बल त्रिपुरा गण कोहलपुरबाट परिचालित एचआइआरभी टोली तत्कालै त्यसठाउँमा पुगेको थियो ।
ती विदेशी नागरिकलाई लुटपाट गर्ने योजनाकासाथ पिछा गरिरहेका लुटेराहरु एचआइआरभी टोलीलाई देख्नासाथ फरार भएका थिए ।
यसैगरी तनहुँ जिल्लाको बन्दीपुरमा गएराति धारिलो हतियार देखाई माइक्रोबसमा लुटपाटको प्रयास गर्ने तीन जनालाई सशस्त्र प्रहरी बलद्वारा राजमार्गमा परिचालित हाइवे इमिडियट रेस्पोन्स भेहिकल एचआइआरभी टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको बन्दीपुर १ वस्ने अर्जुन गुरुङ आशिष गुरुङ र प्रकाश गुरुङ रहेका छन् ।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग।१ ख ३५७४ नम्बरको माइक्रोबसमा लुटपाटको प्रयास भएको थाहा पाउनासाथ त्यसठाउँबाट नजिकै रहेको एचआइआरभी टोली तत्कालै त्यहाँ पुगी लुटेराहरु मध्येका तीन जनालाई पक्राउ गर्न सफल भएको थियो ।
त्यस इलाकामा सशस्त्र प्रहरी बल मनकामना गण भानुबाट खटिँदै आएको एचआइआरभी टोलीको सकि्रयाताले उक्त माइक्रोबसमा लुटपाट गर्ने लुटेराहरुको प्रयास बिफल भएको छ ।
पक्राउ परेकाहरुल्ााई आवश्यक कारवाहीको लागि तत्कालै स्थानीय प्रहरीमा बुझाएको छ ।
दुर्घटनाका घाइतेहरुको एचआइआरभी टोलीद्वारा उद्धार ः-
काठमाडौं
यात्रुबाहक बसको ठक्करबाट हिजोसाँझ तनहुँ जिल्लाको बन्दीपुर १ डुम्रे बजारमा गम्भिर घाइते भएका एक व्यक्तिलाई सशस्त्र प्रहरी बलको हाइवे इमिडियट रेस्पोन्स भेहिकल एचआइआरभी टोलीले उद्धार उपचारार्थ अस्पताल पुर् याएको छ ।
तीब्रगतिमा रहेको भे।१ ख १०२५ नम्बरको यात्रुबाहक बसले पैदलयात्री स्थानीय आँबुखैरेनी वस्ने सुकबहादुर वि।s।लाई ठक्कर दिँदा गम्भीर घाइते भएकोमा राजमार्ग ड्युटीमा रहेको एचआइआरभी टोलीले तत्कालै उद्धार गरी लक्ष्मी अस्पताल डुम्रे पुर् याएको थियो ।
सशस्त्र प्रहरी बल मनकामना गण भानुबाट राजमार्ग क्षेत्रमा परिचालित एचआइआरभी टोलीले पीडितको उद्धार गरेको हो । ठक्कर दिने बसका चालक र बसलाई स्थानीय प्रहरीमा बुझाइएको ।
यसैगरी पूर्वपश्चिम राजमार्गको काचनपुर जिल्लास्थित सुडा गाविसको लालपुर भन्ने स्थानमा हिजो बेलुका गाडीको ठक्करबाट घाइते भएका साइकल यात्रीलाई एचआइआरभी टोलीले उद्धार गरेको छ ।
महेन्द्रनगरबाट धनगढीतर्फ आउँदै गरेको ८६३४ नम्बरको बलेरो गाडीले सोही दिशातर्फ जाँदै गरेका स्थानीय दैजी १ वस्ने साइकलयात्री पृथ्वीराज भट्टराईलाई ठक्कर दिँदा गम्भीर घाइते भएका छन् ।
उनलाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय काचनपुरबाट खटिएको एचआइआरभी टोलीले महाकाली अाचल अस्पताल पुर् याएको छ ।
यसैगरी पथलैयाबाट हेटौडातर्फ जाँदै गरेको ना।९ प २८३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई हिजो राति करीब साँढे आठ बजे बाराको अम्लेखगंजमा दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।
घाइतेहरुलाई सशस्त्र प्रहरी बल सुरक्षा बेस अम्लेखगंजबाट परिचालित एचआइआरभी टोलीले उद्धार गरी उपचारको लागि वीरगंजतर्फ पठाएको छ ।
तीव्रगतिमा रहेको सो मोटरसाइकल सडक छेउमा पल्टिएर दुर्घटना हुँदा घाइते भएका उनीहरुलाई एचआइआरभी टोलीले तत्कालै उद्धार गरी अस्पतालतर्फ पठाएको थियो ।
यसैगरी मोरङको जिल्लाको विराटनगरस्थित पारिजात चोकमा गएराति नै मोटरसाइकलको ठक्करबाट घाइते भएका एक व्यक्तिलाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय मोरङबाट खटिएको एचआइआरभी टोलीले उद्धार गरेको छ ।
जोगवनीबाट विराटनगरतर्फ आउँदै गरेको मोटरसाइकलले पैदलयात्री स्थानीय मधुवनी राजबंशील्ााई ठक्कर दिँदा उनीसहित मोटरसाइकल चालक विराटनगर ७ वस्ने ओमकार मुखिया समेत घाइते भएकोमा एचआइआरभी टोलीले ती दुवैलाई तत्कालै उद्धार गरी कोशी अाचल अस्पताल पुर् याएको थियो ।

No comments:

Post a Comment