Total Pageviews

Friday, October 14, 2011

0

गैरआवासीय नेपाली संघको अध्यक्षमा जिवा लामिछाने निर्विरोध निर्वाचित

गैरआवासीय नेपाली संघको अध्यक्षमा जिवा लामिछाने निर्विरोध निर्वाचित हुनुभएको छ। अध्यक्षका प्रत्यासी देवमान हिराचनले उम्मेदवारी फिर्ता लिएपछि लामिछाने निर्विरोध निर्वाचित हुनुभएको हो। संघको बन्द सत्रलाई रोकेर दुई प्रत्याशीबीच सहमति भएको घोषणा गरिएको हो। लामिछानेले रुसमा बसेर व्यावसाय गर्दै आउनुभएको छ।सर्वसम्मतिको प्रयास असफल भएपछि एनआरएनको आठ वर्षे इतिहासमा नेतृत्व चयनका लागि पहिलोचोटि निर्वाचन हुन लागेको थियो। तर मतदान हुनु केहि समय अघि मात्र हिराचनले उमेद्वारी फिर्ता लिनुभए पछि अध्यक्ष पदमा चुनाव टरेको हो।आफुहरुविच कुनै तिक्तता नभएको लामिद्छानेले वताउनुभएको थियो भने हिराचनले वर्तमान उपाध्यक्ष लामिछानेका लागि अध्यक्ष पद छाडेको बताउँदै उहाँको कार्यकालको सफलताको कामना गर्नुभएको थियो।निर्वाचन समितिले बिहान ११ बजेबाट मतदान प्रक्रिया सुरु हुने बताएको थियो। एनआरएनको अध्यक्ष पदका वर्तमान अध्यक्ष देवमान हिराचन र उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष जीवा लामिछानेले उम्मेदवारी दिनु भएको थियो।

No comments:

Post a Comment