Total Pageviews

Friday, October 21, 2011

0

बैदेशिक रोजगार बिभागमा अझै लुट

काठमाडौं । बाबुराम भट्टराई प्रधानमन्त्री नियुक्त भए पछि देश र जनताले ठुलै आशा पालेका थिए । उनकै निर्दैशनले वैदेशिक रोजगार बिभागमा रुपान्तरण गर्ने आशा जगाएको थियॊ । तर यति बेला बिभागमा कार्यरत अन्तिम स्वकृती शाखाका नायब सुब्बा विश्वबन्धु रेग्मी नवराज जैशी राजन पोख्रेलले अहिले पनि आन्तरिक रुपमा लुट मच्चाएका छन । कार्यलयमा सिमित ब्यक्तीले लुट मच्चाएको त्यही कार्यरत एक कर्मचारीले समाचारस्रोतलाई बताए । त्यसो त बिभाग अहिले लथालिङ्ग भताभुङ बनेको छ । रोजगारको लागि बिदेशिने सयौं कामदारहरु अन्तराष्ट्रिय विमानस्थलबाटै फर्काइएका छन् । व्यक्तिगत प्रयासमा वैदेशिक रोजगारीकोलागि जान चाहनेले स्वयं उपस्थित भै श्रम स्वीकृति निकाल्नुपर्ने विभागको निर्देशनपछि वैदेशिक रोजगार झन लथालिङ्ग भएको हो । विभागले अनावश्यक दुःख दिएको भन्दै रोजगारमा जानेहरुले गुनासो गरेका छन् । विभागले दुइ हप्ता अघिदेखि यो नियम लागु गरेको हो । यसभन्दा अगाडि व्यक्तिगत श्रमस्वीकृति निकाल्ने एजेन्टहरुले निश्चित रकम लिएर व्यक्तिगत प्रयासमा वैदेशिक रोजगारीमा जानेहरुकॊ श्रमस्वीकृति निकालीदिन्थे । यसरी एजेन्टमार्फत श्रम स्वीकृती निकाल्दा व्यापक अनियमितता भएको रिपोर्ट प्रधानमन्त्री भट्टराई समक्ष पेश भएपछि प्रधानमन्त्री ले ठाडो निर्देशन दिएका थिए । अहिले पनि बिभागमा विश्वबन्धु रेग्मी नवराज जैशी राजन पोख्रेलको मिलेमतोमा आन्तरिक काम हुनेगरेको स्रोतको दाबी छ । स्वयं उपस्थित भएर श्रम स्वीकृति निकाल्ने अन्तिम स्वकृती दिने शाखामा बैदेशिक रोजगार ब्याबसायीसँग मोलमोलाई गरि सम्पृर्ण कारोबार भित्रैबाट हुने गरेको छ । उता तिर एउटा भिड एकाविहानैदेखि लाईनमा बसेर श्रम स्वीकृती निकाल्छन् भने अर्का तिर भित्रभित्रै ब्याबसायीसँग मिलेर रकम लिदै मलेसीयाको केडिएम नमिलेका कागजात होस या साउदीका लागि नमिलेका भिषाहरु पुर्णरुपमा कामको जिम्मा लिने गरेको जानकारीमा आएको छ । कागजात नमिलेको प्रतिकि्रया दिदै रेग्मी र पोख्रेलको निर्देशनमा व्यवसायिलाई दुख दिदै प्रति भिषा रु १००० का दरले उठाउदै काम गरि दिने गरेका छन् एक बैदेशिक रोजगार व्यवसायिले बताए । श्रम स्वीकृति निकालेर विमानस्थलमा पुगेकाहरुलाई समेत कर्मचारीले चेकजाँच गरि पैसाखाने मेसो गरिरहेका छन । आवश्यक कागजात मिलेन भनेर फर्कनु पर्ने या रकम निकाल्न बाध्य बनाएकाछन् । यसरी विभाग देखि विमानस्थल सम्म केही व्यक्तिले खुलेआम लुट मच्चाइरहेका छन् उनीहरुमाथि सरोकार निकायले समयमै ध्यान दिन जरुरी छ ।

No comments:

Post a Comment