Total Pageviews

Saturday, October 22, 2011

0

देशीकमा कुम्ल्याए विश्वबन्धु रेग्मीले

वै
काठमाडौं । वैदेशिक रोजगार विभागमा घुष वापतको
रकम उठाउने जिम्मा नायव सुव्वा विश्ववन्धु
रेग्मीले पाएका छन् । लामो समय स्वास्थ्य सेवा विभागमा बसेर लाखौं कमाएका रेग्मी साढे दुई वर्ष अगाडि वैदेशिक रोजगार विभागमा सरुवा भएका थिए । कर्मचारी र राजनीतिक तहका उच्चपदस्थ व्यक्तिहरुसँगको साठगाँठ रहेका नायव सुव्वा रेग्मी भ्रष्टाचार गरेर अहिले
लखपति बनेका छन् । उनीसँगै नवराज जैशी
राजन पोख्रेल लगायतका नायव सुब्बाले अहिले पनि आन्तरिक रुपमा लुट मच्चाएका छन । कार्यलयमा सिमित ब्यक्तीले लुट मच्चाएको त्यही कार्यरत एक कर्मचारीले न्यूज अप्रेशनलाई बताए । त्यसो त बिभाग अहिले लथालिङ्ग भताभुङ्ग बनेको छ । रोजगारको लागि बिदेशिने सयौं कामदारहरु अन्तराष्ट्रिय विमानस्थलबाटै फर्काइएका छन् । व्यक्तिगत प्रयासमा वैदेशिक रोजगारीको लागि जान चाहनेले स्वयं उपस्थित भै श्रम स्वीकृति निकाल्नुपर्ने विभागको निर्देशनपछि वैदेशिक
रोजगार झन लथालिङ्ग भएको हो । विभागले अनावश्यक दुःख दिएको भन्दै रोजगारमा जानेहरुले गुनासो गरेका छन् । विभागले दुइ हप्ता अघिदेखि यो नियम लागु गरेको हो । यसभन्दा अगाडि व्यक्तिगत श्रमस्वीकृति निकाल्ने एजेन्टहरुले निश्चित रकम लिएर व्यक्तिगत प्रयासमा वैदेशिक रोजगारीमा जानेहरुकॊ श्रमस्वीकृति निकालीदिन्थे । यसरी एजेन्टमार्फत श्रम स्वीकृती निकाल्दा व्यापक अनियमितता भएको रिपोर्ट प्रधानमन्त्री भट्टराई समक्ष पेश भएपछि प्रधानमन्त्री ले ठाडो निर्देशन दिएका थिए । अहिले पनि बिभागमा विश्वबन्धु
रेग्मी नवराज जैशी राजन पोख्रेलको मिलेमतोमा आन्तरिक काम हुनेगरेको स्रोतको दाबी छ । स्वयं उपस्थित भएर श्रम स्वीकृति निकाल्ने अन्तिम स्वकृती दिने शाखामा बैदेशिक रोजगार ब्याबसायीसँग मोलमोलाई गरि सम्पृर्ण कारोबार भित्रैबाट हुने गरेको छ । उता तिर एउटा भिड एकाविहानैदेखि लाईनमा बसेर श्रम स्वीकृती निकाल्छन् भने अर्का तिर भित्रभित्रै ब्याबसायीसँग मिलेर रकम लिदै मलेसीयाको केडिएम नमिलेका कागजात होस या साउदीका लागि नमिलेका भिषाहरु पुर्णरुपमा कामको जिम्मा लिने गरेको जानकारीमा आएको छ । कागजात नमिलेको प्रतिकि्रया दिदै रेग्मी र पोख्रेलको निर्देशनमा व्यवसायिलाई दुख दिदै प्रति भिषा रु १००० का दरले उठाउदै काम गरि दिने गरेका छन् एक बैदेशिक रोजगार व्यवसायिले बताए । श्रम स्वीकृति निकालेर विमानस्थलमा पुगेकाहरुलाई समेत कर्मचारीले चेकजाँच गरि पैसाखाने मेसो गरिरहेका छन । आवश्यक कागजात मिलेन भनेर फर्कनु पर्ने या रकम निकाल्न बाध्य बनाएकाछन् । यसरी विभाग देखि विमानस्थल सम्म केही व्यक्तिले खुलेआम लुट मच्चाइरहेका छन् उनीहरुमाथि सरोकार निकायले समयमै ध्यान दिन जरुरी छ ।
डा।बावुराम भट्टराई प्रधानमन्त्री भएपछि वैदेशिक रोजगार विभागमा केही परिवर्तनको संकेत देखिन थाले पनि भ्रष्ट रेग्मी पोखरेल जैशीका कारण सुधार आउने संकेत देखिएको छैन् । दशैं लगत्तैदेखि विभागले व्यक्तिगत प्रयासमा वैदेशिक रोजगारमा जानेहरु स्वयं उपस्थित हुनुपर्ने निर्देशन दिएपछि विभागमा भिड बढेको छ । विभागमा भिड देखाएर धमिलो पानीमा माछामार्न पल्केका रेग्मीले यही मौका छोपेर विभागका महानिर्देशक नरेन्द्रराज शर्मा निर्देशकहरु ल्ाालबाबु कवाडी र काशीराज दाहाललाई हात लिएर घुष बटुल्ने तरिका
परिवर्तन गरी त्यो जिम्मा आँफैले लिएको विभाग श्रोतले उल्लेख गरेको छ । यी सुव्वाहरुको विहान दश वजे अफिस आउँदा पाइन्टका दुवै खल्ती खाली हुन्छन् । जब मध्य दिन हुन्छ उनका पाईन्टका दुवै तर्फका खल्ती हजार हजारका नोटले टन्न परेका हुन्छन् एक स्रोतले न्यूज अप्रेशनलाई बतायो । पाइन्टले धान्न नसकेर पाइन्ट धेरै तल खसेको प्रष्ट देख्न सकिन्छ । चारैतिर प्रहरी घेरा लगाएर खुलेआम घुष बटुल्दा निरिह प्रहरीहरु हेरेको हेर् यै हुन्छन् । किनभने यस्ता भ्रष्टलाई समात्ने अधिकार प्रहरीका हव्लदार र सिपाहीलाई छैन् । अधिकार भैदिएको भए उनीहरुले रङ्गेहात पक्राउ गरिदिन्थे । जव दुवै पाइन्टका प्याकेट भरिन्छन् त्यसपछि सुव्वा रेग्मीले महानिर्देशक र निर्देशकको कार्यकक्षमा गएर खल्ती घटाउँछन् अनि फेरि वैदेशिक रोजगार विभागको सेतो घरको भुइतल्लामा रहेको अन्तिम स्वीकृति शाखाको दक्षिणतर्फको
विचको कोठामा चारैतिरबाट भुयालढोका बन्द गरेर असुल्न थाल्दछन् । यी सुव्वाहरुलाई
राज्यले टुलुटुलु हेरिरहेको छ । विगत साढे दुई वर्ष अघिदेखि रेग्मी पोखरेल र जैशी सुव्वाले यस्तै अवैध घुष बटुल्ने जिम्मा पाएका छन् । पटकपटक व्यक्तिगत शाखा र अन्तिम स्वीकृति शाखमामात्र बसेका रेग्मीले संचार माध्यामहरुलाई मिलाउने जिम्मा पनि पाएका छन् । कुनै पनि संचार माध्यममा वैरोको समाचार नआओस भनेर प्रत्येक पव्लिकेशन्सका कोही न कोही व्यक्तिसँग उनको राम्रो सम्वन्ध रहेकॊ छ । केही दैनिक पत्रिकामा प्रकाशन गर्न तयार पारिएको कभरस्टोरी लाखौं खर्च गरेर हटाउन रेग्मी सफल भएका थिए । साढेदुईवर्षको अवधिमा व्यक्तिगत र अन्तिम स्वीकृति शाखाभन्दा बाहिर नबसेका सुव्वा रेग्मीले व्यक्तिगत शाखामा रहँदा करोडौं करोड कमाईसकेका छन् । रेग्मीले व्यक्तिगत शाखामा घुष बापतको रकम घरसम्म लैजान बडेबडे मसल भएका दुईजना निजी पिए राखेका थिए । एकवर्ष अगाडि एक म्यानपावरका साचालकद्वारा साचालित टेलिभिजनले सुव्वा
रेग्मीले घुषलिदै गरेको श्रव्यदृष्य प्रसारण गर्दा समेत राज्यले उनलाई बहादुरको पगरी ओढाईदियो । कुनै कार्वाही गर्न सकेन । तत्कालीन माओवादीका तर्फबाट मन्त्री बनेका श्रममन्त्री लेखराज भट्टले रेग्मीले पार्टी परिवर्तन गर्ने शर्तमा उनलाई विभागमै राखेर पुरस्कृत गरियो । बरु उक्त टेलिभिजनमा कार्यरत रेग्मीको भिडियो खिच्ने र प्रसारण गर्ने संचारकर्मीलाई उक्त संचारमाध्यमबाट हटाईयो । सरकार परिवर्तनपछि रेग्मीले भ्रष्टाचार
गरेको उक्त रकम कलेज र मिडियामा लगानी गरेको थाहा हुन आएको छ । राज्यले थाहा नपाओस भनेर विदेशस्थित एक प्रतिष्ठत कम्पनीमा समेत उनको लगानी रहेको छ । रेग्मीले भ्रष्टाचार गरेको रकम नेपाल भित्रिने हो भनेमात्रै राज्यलाई ठूलो फाईदा हुने उनका सहकर्मी कर्मचारीहरुले उल्लेख गरेका छन् । भ्रष्टाचार गरेको रकमले अत्तालिएपछि रेग्मीले हालसम्म मासिक पचासौं हजार खर्चेर गुण्डा पालेका छन् । रेग्मीको हुण्डी खाएका गुण्डाको धाक लगाएर उनको वारेमा समाचार लेखेका एकजना पत्रकारलाई विभाग परिसरभित्र प्रवेश निशेध गरिएको विभाग श्रोतले उल्लेख गरेको छ । विजया दशमी २०६८ मा घुष बापतको रकम आफुनिकट पत्रकार राजनीतिक पार्टी विद्यार्थी संगठन र गुण्डागर्दीलाई बाडेका थिए । महानिर्देशक र निर्देशकहरुको कुनै पनि आदेश सुव्वा रेग्मीले मान्नु पर्दैन । प्रधानमन्त्री भट्टराईको निर्देशनपछि विभागका कुनै पनि कर्मचारीले घुष उठाउन नसक्ने जनाएपछि रेग्मीले आफैँले घुष उठाउने जिम्मा लिएका थिए । उनको नेतृत्वमा टोलीसमेत गठन गरिएको श्रोतको दावी छ । दैनिक दसौंलाख घुष बटुल्ने जिम्मा पाएका रेग्मीले सरकारदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मन्त्रालयसम्म बाँड्नुपर्छ भन्दै व्यवसायीहरुसँग अहिले पनि खुलेआम घुष उठाइरहेका छन स्रोतले बतायो ।

No comments:

Post a Comment