Total Pageviews

Thursday, October 20, 2011

0

८ लाख कहाँ पुग्यो


मन्त्रीले घूस दिएको ८ लाख कहाँ पुग्यो
काठमाडौं । हिन्दू युवा संघका अध्यÔ काशीराम तिवारीको हत्यामा संलग्न रहेको भन्ने आरोप लागेका भूमिसुधार मन्त्री प्रभु साहलाई माओवादीले सरकारबाट फिर्ता बोलाएको छ । विपÔी दल लगायत बिभिन्न मानवअधिकारवादी संघसंस्थाबाट व्यापक दबाव बढेपछि साहलाई फिर्ता बोलाउन माओवादी बाध्य भएको हो । शान्ति र संविधान निर्माण प्रकृयामा अवरोध नआओस् भनेर मन्त्री साहलाई फिर्ता बोलाएपनि हत्यामा संलग्न रहेको भन्ने आरोपको चािहं माओवादीले खण्डन गर्दै आएको छ । तर मन्त्री साहलाई हत्यामा संलग्न रहेको आरोप मात्रै लागेन आरोपबाट मुक्त हुन तिवारीका परिवारलाई ८ लाख रुपैंया घूस दिएको पिडित परिवारले दावी गरेको छ । तिवारीका परिवारले ८ लाख रुपैंयाको बिटा नै देखाएर भूमिसुधार मन्त्रालयका सहसचिव नागेन्द्र ´ाबाट घूस प्राप्त भएको बताएको छ । ुहत्यारा को हो भन्ने आफूहरुलाई थाहा नभएको भन्नु सरकारले अरु सहयोग जे जे मागे पनि दिन्छ भनेर ८ लाख रुपैंया थमाएु मृतक काशीरामकी पत्नी वविताले भन्नुभयो । तर सहसचिव ´ाले भने आफूले पैसा दिएको भन्ने कुरा ´ूट भएको बताउनुभयो ।

No comments:

Post a Comment