Total Pageviews

Thursday, October 13, 2011

0

लामाको संरक्षकत्वमा ३० सदस्यीय नेपाल कराते महासंघ पुनर्गठन

राष्ट्रिय खेलकुद परिषद् राखेप अन्तर्गत दर्ता रहेको नेपाल कराते महासंघले परिषद्ले दिएको निर्देशन पटकपटक उल्लंघन गर्दै खेलकुद उद्देश्यको प्रतिकूल कार्य गरेको विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरु चीनको ग्वान्झावमा भएको एकेएफ सिनियर कराते च्याम्पियनसिपमा परिषद्को स्वीकृति बेगर मकाउमा रहेका नेपाली खेलाडीलाई सहभागी गराइ अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको प्रतिष्ठामा आँच पुर् याएको मातहतका कराते संघहरुलाई समान अवसर उपलब्ध नगराएको एक पक्षीय ढंगले काम गरेको ब्ल्याकवेल्ट वितरण गर्दा अपारदर्शी एवं आर्थिक हिनामिना गरेको वार्षिक लेखा परीक्षण र साधारणसभा नगराएको खेलाडी छनोटमा अनियमिततालगायत दर्जनौं कार्य नियमको परिधि बाहिर रहि गरेर कराते मात्र नभइ समग्र नेपाली खेलकुदकै बद्नाम गरेको यहाँहरुमा सर्वविदित्तै छ ।

यसअघिका नेतृत्व रहुन्जेलसम्म कराते दिनप्रति दिन धरासायी हुने महशुस गरी महासंघअन्तर्गतका विभिन्न संघका पदाधिकारी खेलाडी प्रशिक्षकलगायतले पटकपटक महासंघ विघटन गरी नयाँ नेतृत्व चयन गर्नु पर्ने जोडदार माग गरे बमोजिम खेलकुद विकास नियम २०४९ को परिच्छेद ३ को नियम १० को उपनियम घ बमोजिम सितोरियो करातेका संस्थापक एवं राखेपका सदस्य-सचिव युवराज लामाको संरक्षकत्वमा ३० सदस्यीय नेपाल कराते महासंघ पुनर्गठन गर्ने निर्णय गरेको यहाँहरुमा अवगत गराउन चाहन्छु । पुनर्गठित महासंघले ३५ दिन भित्र निर्वाचन साधारणसभा सम्पन्न गर्न निर्देशन दिइएको छ । स्मरण रहोस् परिषद्को खेलकुद विकास नियम २०४९ को परिच्छेद ३ को नियम १० को खण्ड घ मा व्यवस्था भए बमोजिम मिति २०६८ साल साउन ८ गते नेपाल कराते महासंघ विघटन गरिएको थियो ।

१ श्री युवराज लामा - संरक्षक

२ श्री दावा गुरुङ - अध्यक्ष

३ श्री चन्द्रबहादुर थापा सागर - प्रथम उपाध्यक्ष

४ श्री गीता राणा - उपाध्यक्ष

५ श्री भूषण राणा - उपाध्यक्ष

६ श्री धु्रवविक्रम मल्ल - महासचिव

७ श्री महेशकुमार श्रेष्ठ - सचिव

८ श्री सानुलाल श्रेष्ठ - कोषाध्यक्ष

सदस्यहरु ः

रवि केसी प्रकाशमोहन धौभडेल सुरेश सिल्वाल उपेन्द्रकेशरी न्यौपाने अर्जुन शर्मा विकासजङ राणा खुमसुङ गुरुङ नारायणबहादुर मगर ओमकृष्ण प्रसाईं हेमकुमार श्रेष्ठ बलराम मित्र मुकुन्द विष्ट गंगालाल श्रेष्ठ मिङमा शेर्पा हरिशरण केसी निवासगोपाल वैद्य विनिता चौधरी सरलशम्शेर राणा शिव पाण्डे धर्मशीला चापागाईं पुष्पा घर्ती विष्ट तथा मर्दनिसंह तामाङ

No comments:

Post a Comment