Total Pageviews

Friday, October 14, 2011

0

एनआरएनको नाम बेचेर खाँदैछन् ठगहरू


दक्षिण कोरिया । संघ संस्थाको नाम बेचेर ठग्न पल्किएकाहरूको झुण्डले विदेशमा नसताइएका नेपाली कमै होलान् । संस्था खोल्ने पद लिने र लुठखेतीमा लाग्नेहरूले हैरान पारिसकेका छन् प्रवासमा । खाडी मुलुकबाट सुरु भएको यो खेती अहिले कोरिया र जापानमा पनि सल्किएको छ । यसै क्रममा
कोरियामा पछिल्लो पटक देखिएका ठग हुन् एनआरएन कोरियाका सचिव आनन्द गुरुङ । उनीविरुद्ध ठगीको आरोपमा आन्सान अदालतमा मुद्धा दायर गरिएको छ । गुरुङले कोरियामा रहेका नेपालीहरूसँग आफ्नो रेष्टुरेन्टमा लगानी गर्न भन्दै लिएको रकम फिर्ता गर्न आग्रह गरेपनि बेवास्ता गर्दै रेष्टुरेण्ट बेच्ने तयारी गरेपछि मुद्धा दायर गरेको पीडितहरूले बताएका छन् । उनले ६ महिना अघिबाट आन्सान नजिकै चुहाँङ दोङ एरियामा ओम लक्ष्मी रेष्टुरेन्ट सञ्चालन गर्दै आएका छन् । हालसम्म गुरुङले विभिन्न व्यक्तिहरूबाट ७ देखि ८ करोड कोरियन वन ठगी गरेको बुझिएको छ ।
नेपाली सम्पर्क समितिका पूर्वसचिव समेत रहेका गुरुङ नेपाली काँग्रेसको भातृ संगठन नेपाली जन संम्पर्क समितिका उपाध्यक्ष तथा नेपाल कोरिया व्यापार संघका कोषाध्यक्ष समेत रहेका छन् । पीडितहरूले संघ संस्थाको नाम बेचेर श्रमिकहरूलाई लुट्ने गुरुङलाई कारवाहीको माग गर्दै नेपाली दूतावासमा पनि उजुरी दिएका छन् । गुरुङले कुक भिषा मिलाईदिने, रेष्टुरेण्टमा शेयर हाले भिषा बनाइदिने, सस्तो रेटमा हुण्डीबाट नेपाल पैसा पठाईदिने बाहानामा ठगी गरेको पीडितहरूको गुनासो छ ।

No comments:

Post a Comment