Total Pageviews

8823

Tuesday, October 11, 2011

0

माता महालक्ष्मीको धुमधामका साथ पूजा आराधना

नेपालीहरुको महाड चाड बडा दशैंको अन्तिम दिन आज कोजाग्रत पूणिर्मा  । आजको दिन हिन्दू धर्मावलम्वीहरुले धनधान्य एवं सम्पन्नता कि देवी माता महालक्ष्मीको धुमधामका साथ पूजा आराधना गरेर रातमा जाग्राम बसी मनाउंदैछन् ।धार्मिक मान्यता अनुसार माता महालक्ष्मी पृथ्वीमा आई आजको दिनमा को को रातमा जाग्राम बसेको छ भनि लक्ष्मीले हेर्ने र जो जाग्राम बसेको छ त्यसको घर परिवारमा धनधान्यले भरिपूर्ण पारिदिन्छिन भन्ने मान्यता रहेको छ । सोही अनुसार आज राति लक्ष्मीको पूजा तथा आराधना गरेर रातभर जाग्राम बस्ने प्रचलन रहेको पाईन्छ ।पौराणिक मान्यता अनुसार को जाग्राम बसेको छ भनेर लक्ष्मीले हेर्ने भएकोले आजको दिनलाई कोजाग्रत पूणिर्मा भनिएको भन्ने प्रचलन पनि रहेको पाइन्छ ।

No comments:

Post a Comment