Total Pageviews

Monday, October 31, 2011

0

पोखरामा पनि छठको रौनक

पोखरा / पोखरामा पनि छठ पर्व मनाउन भारतीय मूलका तथातराईबासीहरुले तयारीलाई तीब्र पारेका छन । पोखराको नारायणथान मन्दीर नजिकको नहर फेवातालकोकिनार केदारेश्वर महादेवमणि मन्दिर परिसरमा हालै निमार्ण भएको पार्वती छठ घाट लगायतका ठाँउहरुमा छठ पुजा गर्न ब्यवस्थीत पारीएको छ । सामुहिकरुपमा पोखरामा मुख्य दुई ठाँउमा भए पनि जलासय क्षेत्रका कसैकसैले पुजा आज समेतगरेको पाईन्छ भने पहाडी मुलका ब्यक्तिहरुले समेत पछिल्लो क्रममा छठ पर्व मनाउन थालेकोपाईन्छ । छठका भत्तालुहरुले आफ्नै सकि्रयतामा अस्ताउँदो र उदाउँदो सूर्यलाईअर्घ दिनका लागि पुर्जा गर्ने स्थान सहज पार्न जुटेका छन । उनीहरुले केराको खम्माफलफुलका वोट लगायका वोटहरु सजाउने गर्नछन । सुर्यलाई भगवानको प्रतिको रुपमा पुजा गर्ने भक्तहरुले आफ्नोमनोकाक्षा पुरा हुने धार्मिक विश्व्ाासका साथ उनीहरु पुजा आज गर्न जुट्ने गर्दछन । पोखराकोनारायणथान मन्दीर नजिकको नहरमा करीब तीन दशकबाट पुजा आज गर्दै आए पनि पछिल्लोक्रममा भक्तहरुको सङख्यामा निकै बृद्धि भएको देवरानायण सुतीहारले बताउनु भयो ।

No comments:

Post a Comment