Total Pageviews
8824
Thursday, October 20, 2011
0
डनलाई सम्पति शुद्धिकरणले नछाड्ने
काठमाण्डौ । राजनैतिक संरक्षणमा अवैध तरिकाले अमृत सम्पति जोड्नेहरुलाई अब निद्रा हराम हुने भएको छ । तस्करी गरेर होस् या अन्य नक्कली कारोबार गरि एकाएक सम्पति जोड्ने व्यक्तिहरुलाई सम्पत्ति शुद्धिकरण निवारण विभागले बैक खाता तथा सम्पति रोक्का गर्ने भएको हो । अवैध रुपमा जम्मा गरेका जो कोही नेपालीलाई उक्त विभागले नछोड्ने भएको छ । व्यक्तिगत प्रभावमा सम्पति जोड्दै जाने राज्यलाई छल्ने गिरोहको व्यापकता भए पछि अर्थ मन्त्रालय अन्तगर्त रहने गरि विभागको स्थापना भएको छ । स्थापनाको दुइ महिनामा नै पत्रकार आर्कमणका फरार अभियुक्त पर्शुराम बस्नेत र उपत्यकामा डनका रुपमा परिचित गणेश लामा विरुद्ध विभागले अनुसन्धान थालीसकेर व्यापक चर्चा बटुली सकेको छ । बस्नेतको नविल र सिदार्थ बैकको खाता रोक्का गरि जिपकार र मोटरसाईकल गरि झण्डै एक सयवटा सवारीसाधन र विराटनगर पान्चालीमा रहेको आधुनिक वंगला सगै पिता गोपाल बहादुर बस्नेतको नाम रहेको सम्पति समेत रोक्का गर्ने भएको छ । त्यसै गरि डन भनेर चिनिने मधेसी जनाधिकार फोरम लोकतान्त्रिक का विजयगच्छदार अध्यक्ष भएको पाटीका केन्द्रिय सदस्य समेत रहेका गणश लामाको बैक खाता रोक्का गर्नुको साथै २ वटा एक्जाभेटर चारवटा टिपर एक लोडर र ल्याडकुजर थी ४४ वटा र टोयोटा यारिस गाडि उपत्यका३४ आना जग्गा सहित चारवटा घर लाई रोक्का राखी थप अनुसन्धान अगाडि बढाएको छ । त्यसो त यी डन बाहेक चव्ा्रुे मिलनदिपक मनाङे दिनेश अधिकारी चरीलुमणी कार्की रोजराणा काजी शेर्पा राजु गोर्खाली विण्णु लामाको समेत सम्पति खोज्दै कार्वाही अगाडि बढाउने बुझिएको छ । राजनैतिक प्रभावमा विभिन्न प्रकारका चन्दा आतंक चारीडकैतीटेन्डरठेक्का लगायतमा जबरजस्ती रकम असुल गर्ने समुह भएकाले उनीहरुमाथि कार्वाही प्रकि्रयामा अगाडि बढेको समाचार स्रोतले बतायो । त्यसो त देश भित्र अन्य कुनै व्यक्तिले एकाएक अप्रत्यासीत रुपमा सम्पति जोडी असाधारण कि्रयाकलाप देखिए जो कोहीलाई नछोड्ने विभागले बताएको छ । यसरी असाधारण तरिकाले रकम जोड्ने व्यक्ति माथि राष्ट्रबैक र भुमिसुधार तथा व्यवस्थापन विभाग मार्फत सबै बैक र ३ वटै मालपोत कार्यालयमा रोक्का राख्ने पत्रचार हुने विभागका एक कर्मचारीले बताए । राजनैतिक दलका नेता सँग सम्बन्ध भएको आधारमा एक लौटी लुट मच्चाउदै आएका अपराधिक कि्रयाकलापमा सम्लग्न रहेका डनहरुलाई नेपालका प्रहरीहरुले समेत माथिको आदेश भन्दै छाड्ने गरेको अवस्थामा यतीबेला सम्पति सुद्धिकरणको यो प्रयासलाई आम नेपाली नागरिकले प्रशंसा मात्र होइन खुलेरै साथ दिने प्रष्टै छ । उनीहरुका मुद्दा यी दुई बाहेक थुप्रै भएता पनि शुरुवातीमा चर्चामा रहेका डन बस्नेत लामाका बारेमा अनुसन्धान गर्दा विभिन्न नेताहरुको दवाव रहेको शुद्धिकरण विभागका एक कर्मचारी अभियान टाइम्सलाई बताए तर खुम पुाजाली महानिर्देशक रहेको सम्पति शुद्धिकरण विभागमा केही कर्मचारी अपुग भएपनि भएको स्रोत साधनले नै राज्य विरुद्ध काम गरि सम्पति जोड्न लाग्नेहरुलाई तह लगाउने विभागको लक्ष्य रहेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment