Total Pageviews

Friday, October 14, 2011

0

उपाध्यक्षमा ५ जनाले उम्मेदवारी दर्ता


गैरआवासीय नेपाली संघको अध्यक्षमा वर्तमान अध्यक्ष देवमान हिराचन र उपाध्यक्ष जीवा लामिछानेले निर्बाचन समितीले तोकेको समयमा उम्मेदवारी दर्ता गराएका भने उपाध्यक्षमा युएई बाट समाजसेवी तथा पूर्व मध्यपुर्ब संयोजक चन्द्र प्रसाद सापकोटा र रामेश्वर साह, अमेरिकाबाट रतन झा, कोरियाबाट रुद्र शर्मा र युकेबाट क्याप्टेन हितमान गुरुङले समेत ५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उपाध्यक्षमा उम्मदवारी घोषणा गर्ने द. कोरियाबाट तेन्जी शेर्पा, जर्मनी बाट दिल बहादुर गुरुङ उम्मदवारी दिएनन भने अस्ट्रेलिया कि इन्द्र बनले उम्मदवारी दर्ता फर्म लिई उम्मदवारीदर्ता नगरेकी हुन् / महासचिबमा अमेरिकाबाट एनआरएन अमेरिकाको बोर्ड निर्देशकमा रहेकी महिला समाजसेवी बिष्णु माया परियार, कोरियाबाट वर्तमान सचिब तेन्जी शेर्पा र जापानबाट वर्तमान प्रबक्ता डा. कुमार बस्नेतको उम्मदवारी परको छ भने महासचिवमा दुबईबाट राष्ट्रिय समन्वय परिसद UAE का पूर्व महासचिब तथा समाजसेबी सुरेश बस्यालले उम्मदवारी दर्ता नगरेको हुनाले महासचिब पदमा अब अमेरिका,कोरिया र जापान मध्येमा १ को हुनेछ / त्यसैगरी सचिवमा कतारबाट युवा समाजसेबी तथा व्यवसायी टिबी कार्की, बेल्जिम बाट युवराज गुरुङ र सुवास अधिकारीले मनोनयन दर्ता गराएका छन् ।त्यस्तै कोषाध्यक्षमा एनआरएन जापानका पूर्व अध्यक्ष तथा संरक्षक भवन भट्ट र अस्ट्रेलियाबाट गोवा कटवालले पनि उम्मेदवारी दर्ता गराएका छन् भने जापानकि अर्की उम्मेद्वार नम्रता पाण्डेले उम्मदवारी दर्ता गरिनन्/ जसले गर्दा अब कोषाध्यक्षमा पनि जापान र अस्ट्रेलिया मध्य १ को हुनेछ/ यसरि देशगत रुपमा हेर्न हो भने जापानले छुट्टा छुटै ३ पदमा उम्मदवारी दर्ता गरेका छन् भने दुबईले उपाध्यक्षको पदमा मात्रै २ जनाको उम्मदवारी दर्ता गरेका छन् , कोरिया र अमेरिकाबाट २/२ जनाले छुट्टा छुटै पदमा उम्मदवारी दर्ता गरेका छन् / अन्य देशमा युके,अस्ट्रेलिया,रसिया,कतार ,बेल्जियम बाट १/१ जनाले अलग अलग पदमा उम्मदवारी दर्ता गरेका छन् /
हालसम्म निर्बिरोध हुनेहरुमा महिला संयोजकमा अस्टेलियाकी रन्जु थापा, आसियन क्षेत्रबाट संयोजकमा मन खत्री र मध्यपूर्वबाट उपसंयोजकमा युएईका लोकनाथ सुवेदी(हस्ती ) र उत्तर अमेरिकी क्षेत्रको उपसंयोजकमा राम चन्द्र खरेल निर्विरोध भएका छन् भने अफ्रिकी संयोजक र उपसंयोजकमा कसैको उम्मदवारी परेको छैन। उत्तर अमेरिकी क्षेत्रीय संयोजकको लागि क्यानडाबाट द्रोणप्रसाद रसाइली र युएसएका मुकेशकुमार सिंह, युरोप संयोजकमा बेल्जियमबाट सुदाम लम्साल र जर्मनीका कुमार पन्त,उपसंयोजकको लागि युकेका लक्ष्य ब. गुरुङ र जर्मनीका विजय मोक्तान, मध्यपूर्वबाट संयोजकमा साउदीअरबका धर्म बहादुर केसी र कतारका नरेन्द्रबहादुर भाट, एसिया प्यासेफिक छेत्रबाट संयोजकमा जापानका राजन प्रधानाङ, हङकङकि उमा गुरुङ र उपसंयोजकमा हङकङका कृष्ण बहादुर पाण्डे र कोरियाका गंगाराज राईले र आसियान क्षेत्रको उपसंयोजकमा अस्टेलियाका निरज श्रेष्ठ लगायत ध्रुब सुवेदीले उम्मेदवारी दर्ता गरेका छन् ।
यसैले अब निर्वाचन तालिकाअनुसार भोलि १४ अक्टोबर शुक्रवार विहान ११ बजेबाट मतदान सुरु हुनेछ। भोलि हुने निर्बाचनमा केन्द्रीय समितीको लागि १५ जना उम्मेदवारहरुले र छेत्रीय समितीको लागि अन्य उम्मेदवारहरुले चुनाबी परिणामलाई आफनो पक्षमा पार्न प्रचार प्रशारमा तिब्रता दिएका छन्। विभिन्न गुट उपगुटहरुमा विभाजित भई चुनाबमा कसले कसलाई सघाउने भन्ने बारेमा विचार विमर्श गरि रहेका छन् भने युएईबाट स्वतन्त्र उम्मेद्वार चन्द्र प्रसाद सापकोटालाई दुबईका पंजीकृत सदस्यहरु मध्येमा ६५ प्रतिसत मत र अन्य देशका दुबै गुटहरुबाट राम्रो मत आउने सम्भावना बढ्दै गएकोले गर्दा उपाध्यक्षमा निजको जित हुने देखिन्छ भने अन्य १ उपाध्यक्षमा भने युके वा अमेरिका मध्ये १ को हातमा जानेछ भने महासचिबमा बिष्णु माया परियारको समर्थक धेरै भएकोले र सचिबमा टिबि कार्की ठिक हो भन्ने आवाज सम्पूर्ण देशका गैर आबासिय बुद्दिजिबीहरुको भनाइ रहेकोले निजको जित हुने देखिन्छ /
अब रह्यो अध्यक्षमा वर्तमान अध्यक्ष देवमान हिराचन र उपाध्यक्ष जीवा लामिछाने बीच घमासान प्रतिस्पर्दा हुने देखिन्छ भने कोषाध्यक्षमा जापानका भवन भट्ट र अस्ट्रेलियाबाट गोवा कटवाल बीच १/२ भोटको अन्तरले जित हार हुने देखिन्छ /

No comments:

Post a Comment