Total Pageviews

Monday, October 10, 2011

0

पेट्रोलमा र ३ डिजेल तथा मटितेलमा १ रुपैयाँ बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले विहान १० बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलको मूल्यबृद्धि गरेको हो ।
पेट्रोलमा प्रतिलिटर ३ र डिजेल तथा मटितेलमा प्रतिलिटर १-१ रुपैयाँ बृद्धि गरिएको निगमका प्रवत्ता मुकुन्द ढुङ्गेलले अनलाइनखबरलाई जानकारी दिनुभयो । मूल्यबृद्धि पछि पेट्रोल प्रतिलिटर १ सय ५ रुपैयाँ भएको छ भने डिजेल तथा मटितेलको मूल्य प्रतिलिटर ७६ पुगेको छ ।
प्रवत्ता ढुङ्गेलका अनुसार सोमबारको मुल्यबृद्धि पछि आयल निगमलाई पेट्रोलमा ७५ पैसा नाफा भएको छ भने डिजेलमा १० रुपैयाँ १ पैसा र पेट्रोलमा १ पैसा घाटा रहेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने पुरानै यथावत रहेको छ । ग्यासमा निगमलाई प्रतिसिलिण्डर ३ सय ५ रुपैयाँ ६४ पैसा घाटा छ ।

No comments:

Post a Comment