Total Pageviews

Tuesday, October 11, 2011

0

माओवादीले मंगलबार प्रहरी प्रशासनविरुद्ध पर्सा, बारा र रौतहटमा विरोध

हिन्दु युवा संघका संस्थापक अध्यक्ष काशीननाथ तिवारीको हत्यामा भूमीसुधार मन्त्री प्रभु साहको नाम मुछिएको भन्दै एकीकृत नेकपा माओवादीले मंगलबार प्रहरी प्रशासनविरुद्ध पर्सा, बारा र रौतहटमा विरोध प्रदर्शन गरेको छ ।तिवारीको हत्याको योजनाकारको रुपमा चित्रित गर्दै पर्सा प्रहरीले मन्त्री साहविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेपछि पर्सा, बारा र रौतहटका माओवादी कार्यकर्ता आन्दोलित भएका हुन् । माओवादीले रौतहट जिल्ला बन्दको आहृवान गरेको छ । प्रहरीले भूमिसुधारमन्त्री साहको चरित्र हत्या गर्ने षड्यन्त्र गरिरहेको भन्दै माओवादी कार्यकर्ताले तत्काल मुद्दा खारेजीको माग गर्दै नाराबाजी गरेका छन् ।
यस्तै सचेत नागरिक समाज पर्साको नामबाट प्रभु साहका समर्थकहरुले वीरगन्जमा प्रहरीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । रानीघाटबाट निकालिएको विरोध जुलुस घण्टाघरबाट मेनरोड,अलखिया मठ, आदर्शनगरदेखि घडिअर्वा पोखरी हुँदै पुनः घण्टाघर चोक पुगेर कोण सभामा परिणत भएको थियो ।

No comments:

Post a Comment