Total Pageviews

Tuesday, October 11, 2011

0

बुधबारबाट राजधानीमा साचालन भएको पाँचौ सम्मेलनमा हिराचन र लामिछाने अध्यक्ष पदमा उम्मेदवारी दिने

गैरआबशिय नेपाली संघको आगामी २ वर्षे कार्य कालकालागि वर्तमान अध्यक्ष देवमान हिराचन र उपाध्यक्ष जीवा लामिछानेबीच सुरु भएको भाले भिड्न्त तीब्ररुपमा अगाडी बढेको छ । आगमी बुधबारबाट राजधानीमा साचालन भएको पाँचौ सम्मेलनमा हिराचन र लामिछाने अध्यक्ष पदमा उम्मेदवारी दिने सार्वजनीक धोषणा गरेपछि सो संघमा दुई खेमामा चुनाबी प्रचारप्रसार सुरु भएको हो । दुईदेशको नागरिकता खल्तीमा हालेर नेपाल आउदाँ नेपालीको शान देखाउने र विदेशबस्दा विदेशी इसारामा चल्ने गैरनेपालीहरुले प्राथमिकताका साथ उठाएको पुरानै मुद्धालाई यस सम्मेलनमा समेत पहिलो प्राथमिकतामा रखेर चुनाबी प्रचार दुवै पक्षले गरेरका छन् । बर्तमान अध्यक्ष हिराचनले पून अध्यक्षमा विजय भएको खण्डमा दोहोरो नागरिकता र विदेशमा ्रहेका नेपालीले स्वदेशमा मतदान गर्न सक्ने सयन्त्र निमार्ण गर्ने पहल गर्ने बताए । यसैगरि अध्यक्षपदमा बर्तमान उपाध्यक्ष जीवा लामीछानेले पनि ृउम्मेदवा्री हाल्ले भएकाछन् । त्यस्ौगरि महासचिबमा तेन्जी शेर्पाले उम्मेदवारी दिने भएको जनाएको छ । अध्यक्ष पदका दाबेदारहरुले नेपालमा आबशिय राजदुताबास खोल्न आग्रह गर्ने एनआरएनहरुको लगानीको सुरक्षाका लागि कानुनी प्राबधानको व्यवस्था गर्ने लगायतको अन्य विषयमा आफुहरुले कामगर्ने जनाएकाछन् । अध्यक्ष हिराचनले आगामी नेतृत्वकालागि अन्तिम समयसम्म सहमतिनै जानकालागि पहल गर्ने समेत बताए । अध्यक्षका प्रत्याशी हिराचनले आफ्नो प्रतिबद्धतामा हामी गैरआवासीय नेपालीहरुको यो एक साझा अभियान भएकोले संस्थागत रुपमा यसको मजबुती अत्यन्त आवश्यक भएको जनाएका छन । उनले भनेुसंस्था बलियो भएन भने यो व्यक्तिवादी भएर जान्छ । हाम्रो संस्थाले केवल धनी या सम्पन्न र उद्योगपतिहरुलाई मात्र अध्यक्ष बनाउने उद्देश्य राखेको होइन भन्ने म यहाँनेर स्मरण गराउन चाहन्छु ।ु भिजन भएका व्यक्तिहरु व्यवसायी नभए पनि संस्थाको नेतृत्वपंक्तिमा आउन सक्ने वातावरण बनाउनु पर्छ भन्ने धारणा सुरुदेखि नै रहीआएको र सोही अनुसार कार्य गरेको दाबी समेत उनले गरे । संस्था बलियो बनाउन यसलाई कानूनी या वैधानिकताको कसीमा खरो रुपले स्थापित गराउनु जरुरी पर्छ । उनका अनुसार नौ वर्षसम्म संस्थाले कानूनी रुपमा स्थापित हुन नसक्नु भनेको लाजमर्दो विषय भएको बताए । तर विगत दुई वर्षमा यस क्षेत्रको काम द्रुत गतिमा अगाडि बढेको कुरा जानकारी गराउदै बाँकी कामलाई पूर्णता दिन पून अध्यक्ष पदमा हिराचनले र दुई वर्ष कार्यकालमा ठूला अयोजनामा लगानी गर्ने प्रतिबद्धताकासाथ वर्तमान उपाध्यक्ष लामिछान्ले उम्मेदवारी दिएका छन् ।

No comments:

Post a Comment