Total Pageviews

Monday, October 10, 2011

0

नेपाली संघले पाँचौं विश्व सम्मेलनका अवसरमा हुने छलफलका एजेण्डाहरु सार्वजनिक

गैरआवासीय नेपाली संघले पाँचौं विश्व सम्मेलनका अवसरमा हुने छलफलका एजेण्डाहरु सार्वजनिक गरेको छ ।नेपाल उद्योग वाणिज्य महासंघको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त एजेण्डाहरु सार्वजनिक गरिएको हो । उक्त सम्मेलनमा सम्बृद्ध नेपाल निर्माणमा शिर्ष नेताहरु तथा नागरिक समाजको आकांक्षा र दृष्टिकोण दैवी प्रकोप सर्तकता तयारीमा गैरआवासीय नेपालीको भूमिका गैरआवासीय नेपाली अभियानमा महिला तथा दोस्रो पुस्ताको सहभागिता नेपालमा विदेशी लगानीका अवसर र चुनौती खाडी मुलुकमा वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाउन चालिनु पर्ने कदम गैरआवासीय नेपाली संघको वैधोनिक एवम् वित्तिय सुदृढिकरणका लागि भावि रणनीति तथा कार्यक्रम गैरआवासीय नेपाली सम्बन्धी ऐन नियममा पुनरावलोकन लगायतका विषयमा छलफल हुने जानकारी गराइएको थियो ।
त्यसैगरी दोहोरो नागरिकता सामूहिक तथा विभिन्न परियोजनमा लगानी खुला विश्व विद्यालय सामाजिक क्षेत्रमा गैरआवासीय नेपालीको संलग्नता विस्तार जस्ता विषयमा पनि सम्मेलनमा छलफल हुने विज्ञप्तीमा उल्लेख छ ।
"हाम्रो संजाल हाम्रो पहिचानः सम्बृद्ध नेपाल" मुख्य नाराका साथ यहि असोज २५ देखि २७ सम्म सम्पन्न हुन गैरहेको सो सम्मेलनमा ५७ देशका ७ सय गैरआवासीय नेपालीहरुको सहभागिता रहने बताइएको छ । यसपटको सम्मेलन यस अघिका सम्मेलनमा झैं नेपाल सरकार नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको सहकार्य र सहभागीतामा आयोजना हुँदैछ । सम्मेलन आयोजनाका लागि सरकारले उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीको संयोजकत्वमा उच्चस्तरीय आयोजक समिति गठन गरेको छ । समितिमा नेपाल सरकारका विशिष्ट व्यक्तिहरु नेपाल उद्योग वाणिज्य महासंघ गैरआवासीय नेपाली संघ तथा नीजि क्षेत्रका संघसंस्थाका पदाधिकारीहरुको संलग्नता छ ।
त्रिभुवन आर्मी अफिसस्र क्लब भद्रकालीमा हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री डा बाबुराम भट्टराईबाट हुने कार्यक्रम छ भने अन्य कार्यक्रमहरु सोल्टी क्राउन प्लाजामा हुने छन् ।
सम्मेलनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्वको समेत चयन गर्नेछ । अध्यक्ष पदमा वर्तमान अध्यक्ष देवमान हिराचन र उपाध्यक्ष जीवा लामिछानेले उम्मेदवारी घोषणा गरिसक्नु भएको छ ।

No comments:

Post a Comment