Total Pageviews

Thursday, October 20, 2011

0

गद्धाफी पक्राउ

लिबियाका अपदस्थ शासक कर्नेल मुआमार गद्धाफी पक्राउ परेका छन् । लिबियाको राष्ट्रिय संक्रमणकालिन परिषद् एनटिसीले गद्धाफीलाई शिर्ते शहरबाट पक्राउ गरिएको दावी गरेको बीबीसीले जनाएको छ ।
अन्तरिम परिषद्को सेनाले गद्धाफीको जन्मथलो शिर्ते कब्जा गरेको बताएसँगै यो समाचार सार्वजनिक भएको छ ।
‘उनी पक्राउ परेका छन् । उनका दुबै खुट्टामा चोट लागेको छ’ एनटिसीका अब्दुल मजिदले भनेका छन् । उनको अवस्था गम्भीर रहेको र एम्बुलेन्समा राखेर लगिएको एक सैनिकले बताएका छन् । गद्धाफी पक्राउ परेपछि सेनाले गोली चलाएको र कमाण्डरले रोखेको समाचारमा उल्लेख छ ।

No comments:

Post a Comment