Total Pageviews

Thursday, September 22, 2011

0

दंगाली पत्रकारको शुभकामनामा खड्का जाने

काठमाडौं । दाङ् काठमाडौं पत्रकार संघले बिजयादशमीको उपलक्ष्यमा काठमाडौंमा शुभकामना कार्यक्रम गर्ने भएको छ । दाङ जिल्लाबाट काठमाडौं आई पत्रकारिता गर्ने समुहले पसर्ि शनिबार बानेश्वरस्थित एक क्याटरिङमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम को आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको उपसिथती हुने छ भने नेकपा एमालेका सचिव शंकर पोखरेल युवराज ज्ञवाली एमाओवादीका सभासदद्धय शिवराज गौतम र इन्द्रजीत थारु लगायतको उपस्थिती रहने बुझिएको छ ।
पत्रकारलाई धम्की
नेपालगन्ज । कर्णालीको सन्देश साप्ताहिक पत्रिकाका प्रधान सम्पादक बरमबहादुर महतर कम्प्युटर अपरेटर प्रेमबहादुर थापालाई समाचार छापिएको विषयलाई लिएर धम्क्पयाइएको छ । प्रधानसम्पादक योगीद्धारा आइतबार जारी विज्ञप्तिमा कर्णाली यातायात व्याबसायी संघ जुम्लाको नाममा कुण्डारीकी एक महिलामाथि गरिएको अपमानजनक व्यवहारको सम्बन्धमा भदौ २१ गते समाचार प्रकाशित गरेका थिए ।

No comments:

Post a Comment