Total Pageviews

8818

Saturday, September 17, 2011

0

भक्तपुरको दरबार क्षेत्रमा तिन दिने तस्विर प्रर्दशनी

विश्व पर्यटन दिवसको अवसरमा भक्तपुरको दरबार क्षेत्रमा तिन दिने तस्विर प्रर्दशनी हुने भएको छ । रफत साचार क्लवको आयोजनामा विश्म सम्पदामा सुचिकृत भक्तपुरको दरबार क्षेत्रमा रहेको लामो पाटीमा असोज ८ देखी १० गते सम्म फोटो पत्रकार भरतबन्धु थापाको एकल तस्विर प्रर्दशन हुन लागेको हो ।

प्रदर्शनीको बारेमा क्लबले शनिबार पत्रकार सम्मेलनमा बरिष्ठ फोटो पत्रकार एव नागरीक दैनिकका फोटो बिभाग प्रमुख चन्द्रशेखर कार्कीले यस्ता तस्विर प्रर्दशनीले फोटोपत्रकारलाई हौसला मिल्ने बताए । उनले तस्विर प्रर्दशनीले फोटो पत्रकार तथा फोटो समबन्धी रुचि राख्नेलाई जानकारी दिने समेत बताए । त्यसै गरी सम्मेलनमा कान्तिपुर दैनिकका फोटो विभागका प्रमुख विकाश रौनियारले फोटो पर्दशनीले नेपाललाई थप चिनाउने बताए । उनले नेपालको बारेमा कितावमा मात्र सुन्नेलाई यस्ता तस्विर प्रर्दशनीले थप कस्तो छ भन्ने जानकारी समेत दिने बताए ।

उनले नेपाल कती सुन्दर छ त्यसको ब्यापक मानिसलाई जानकारी गराउन समेत यस्ता प्रर्दशनीले मदत पुग्ने बताए । नेपाली फोटो पत्रकारले यस्ता फोटो खिचेपनि यस्तो प्रदर्शनी नभएको रौनियारले बताए ।

दिवसको अवसर पारेर पत्रकार थापाले १७ वटा जिल्लाका एकल फोटो प्रदर्शनी गर्न लागेको हो । तस्बिर प्रर्दशनीमा खप्तड रारा मनास्लु कन्चजंगा डोल्पा मनाङ लार्के भन्ज्याङ शुक्लाफाट चितवन नुवाकोट डोटी र भक्तपुर दैलेख लगायतका जिल्लाको तस्विर पदर्शनी गर्न लागेको हो । विगत ६ बर्षदेखि हाल सम्म खिचेको ५० भन्दा बढी फोटो पर्दशनी गर्न लागेका क्लबमा आयोजित पत्रकार सम्मेलनमा पत्रकार थापाले बताए । पदर्शनीमा राखेको फोटो सास्कृतिक पर्यटकन हिमाली भेगमा हुने दैनिकी हिमाली दृश्य राख्ने फोटो पत्रकार थापाले बताए ।

तस्विर क्यपासन

१ रफत साचार क्लवको आयोजनामा भक्तपुरको दरबार क्षेत्रमा असोज ८ देखी १० गते सम्म फोटो पत्रकार भरतबन्धु थापाको एकल तस्विर प्रर्दशन हुने बारेमार गरेको पत्रकार सम्मेलनमा बोल्दै बरिष्ठ फोटो पत्रकार चन्द्र शेखर कार्की ।

२ रफत साचार क्लवको आयोजनामा भक्तपुरको दरबार क्षेत्रमा असोज ८ देखी १० गते सम्म फोटो पत्रकार भरतबन्धु थापाको एकल तस्विर प्रर्दशन हुने बारेमार गरेको पत्रकार सम्मेलनमा बोल्दै बरिष्ठ फोटो पत्रकार विकास रौनियर ।

३ रफत साचार क्लवको आयोजनामा भक्तपुरको दरबार क्षेत्रमा असोज ८ देखी १० गते तस्विर प्रर्दशनका बारेमा गरेको पत्रकार सम्मेलनमा बोल्दै भरतबन्धु थापा ।

 

No comments:

Post a Comment