Total Pageviews

Wednesday, September 28, 2011

0

रक्षामन्त्रीको अभिब्यक्ति विरुद्ध अनेरास्ववीयूले आन्दोलित

काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयूले रक्षामन्त्रीको अभिव्यक्तिको विषयलाई लिएर आन्दोलनमा उत्रिएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर अनेरास्ववीयूले रक्षामन्त्रीको अभिब्यक्ति चार बुँदे सहमति भित्रकै कुरा हो कि होईन भनी प्रधानमन्त्रीसँग स्पष्ट जवाफको माग गर्दै प्रधानमन्त्रीले स्पष्ट जवाफ नदिए देश व्यापी आन्दोलन उत्रने चेतावनी दिईयो ।उसले देश टुक्राउने धम्कि दिने रक्षामन्त्री भण्डारी देश टुक्र्याउने षडयन्त्रका मतियार बन्दैगएको भन्दै यस्ताविरुद्ध अनेरास्ववियुले लाखौं विद्यार्थीहरुलाई सड्कमा उतारेर संघर्ष गर्ने चेतावनी समेत दिएको छ । उनीहरुले मंगलबार साँझ बागबजारबाट रक्षा मन्त्रीको पुत्लासहित र्याली निकाली रत्नपार्कमा दहन समेत गरिसकेका छन् ।अनेरास्ववियु केन्द्रीय कमिटीले रक्षामन्त्री शरतिसंह भण्डारीले रिपोर्टस्र क्लव नेपालमा राष्ट्र र राष्ट्रियतामा गम्भिर आँच आउने अभिव्यक्ति दिएको मा आपत्ति प्रकट गर्दै तत्काल राजीनामाको मागपनि गरेको छ ।
उनीहरुले मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य समेत रहेका रक्षा मन्त्री भण्डारीले २२ जिल्लाका मधेशी जनताले चाहे भने राज्य टुकि्रनेमा कुनै तागतले छेक्न सक्दैन भनी दिएको अभिव्यक्ति प्रति प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्दै । राष्ट्रघाती अभिब्यक्ति दिने मन्त्रीलाई तत्काल पद्बाट हटाउन माग पनि गरेको छ । अनेरास्ववीयूले साम्राज्यवादी प्रभूत्ववादी तथा विस्तारवादी शक्तिले नेपाली राष्ट्रियता माथी गिद्धे दृष्टि लगाईरहेको बेला रक्षामन्त्रीले दिएको अभिव्यक्तिले राष्ट्र टुक्र्याउने एमाओवादी र संयुक्त मधेशी मोर्चाबीचको ४ बुँदे सहमति देश टुत्रुयाउने भित्रैदेखिको डिजाईन भएको आरोप लगायो ।

No comments:

Post a Comment