सिन्धुली / एकीकृत माओबादीमा वैचारिक द्धन्द्धले सीमा नाघिरहेका बेलामा पार्टी फुट्ने शंका गर्न थालिएको छ । माओवादी सचिव सीपी गजुरेलले साँचो हस्तान्तरण प्रकरणमा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री डा बाबुराम भट्टराई पक्षले आगामी केन्द्रीय समितिको बैठकमा माफी नमागे पार्टी फुट्ने चेतावनी दिनुभएको हो । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा संचारकर्मीहरुसंग उहाँले स्थायी समितिको बैठकले बिशेष समितिलाई साँचो हस्तान्तरण गर्ने निर्णय नै नगरेको जिकीर गर्नुभयो । पार्टी एकता कायम गर्ने हो भने नयाँ विधि बनाएर अगाडि बढ्नुपर्ने सचिव गजुरेलको तर्क छ ।
No comments:
Post a Comment