Total Pageviews

Saturday, September 17, 2011

0

नक्कली पेस्तोल देखाई सुनचाँदी पसलमा लुटपाट

नक्कली पेस्तोल देखाई सुनचाँदी पसलमा लुटपाट गर्नखोज्ने पाँजजना एचआइआरभी टोलीद्वारा पक्राउ
बर्दियाबर्दिया जिल्लाको गुलरिया नगरपालिका १० स्थित बजार क्षेत्रमा रहेको एक सुन पसलमा आज वेलुका करीव चार बजे नक्कली पेस्तोल देखाई लुटपाटको प्रयास गर्ने पाँच जनालाई सशस्त्र प्रहरी बलको ुहाइवे इमिडीयट रेस्पोन्स भेइकलु एचआइआरभी टोलीले तत्कालै पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बाँकेको नेपालगंज ५ बस्ने सरोज अहमद संजय गुप्ता नेपालगंज ७ बस्ने सरफिकर अहमद सिद्धिकी नेपालगंज १६ बस्ने सवुअली छपाली र बर्दियाको गुलरिया ७ बस्ने निरज श्रीवास्तव छन् ।
उनीहरुलाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यलय बर्दियाबाट परिचालित एचआइआरभी टोलीले सोही नगरपालिकाबाट पक्राउ गरेको हो ।
नक्कली पेस्तोल देखाई सुन पसलमा लुट्ने प्रयास गरेपछि पसलधनीले होहल्ला गर्दा धनमाल लुट्न नपाई भागेका ती व्यक्तिहरुलाई सो कार्यालयबाट छट्टाछुट्टै खटिएको एचआइआरभी टोलीले नगरको विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।
सुन पसलमा एक्कासी आएको समूह नक्कली हतियार देखाई गरगहना लगायतको धनमाल लुट्ने प्रयास गरेपछि पसलधनीले ठूलो स्वरमा कराएपछि सामाग्री लुट्न नपाई भगेको सो समूहमा संलग्न रहेको बताइएका उनीहरुलाई एचआइआरभी टोलीले पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
एपीएफ टोलीद्वारा पटका बरामद ः-
पसा्र
पसा्र जिल्लाको वीरगाज १९ स्थित रजतजयन्ती चोकबाट एपीएफ टोलीले आज विहान दुई बोरा पटका बरामद गरेको छ ।
सीमावर्ती इलाका पर्ने त्यसठाउँको नाकाहुँदै ल्याउन लागेको उक्त पटका सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय पसा्रबाट गस्तीमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
चाडपर्वलाई लक्षित गरी अवैध रुपले ल्याइएको उल्लेखित परिमाणको विभिन्न खालको पटका गस्तीमा रहेको एपीएफ टोलीले बरामद गरेको थियो ।
एपीएफ टोलीलाई टाढैबाट देख्नासाथ अवैध ढंगबाट पटका ल्याउँदै गरेका मानिसहरु सामान छाडी फरार भएका थिए ।
दुर्घटनाका घाइतेहरुको एचआइआरभी टोलीद्वारा उद्धार ः-
काठमाडौं
काचनपुर जिल्लाको सुडा गाविस २ लालपुरमा गएराति मोटरसाइकल दुर्घटनामा परी घाइते भएका तीन जनालाई सशस्त्र प्रहरी बलको ुहाइवे इमिडियट रेस्पोन्स भेहिकलुएचआइआरभी टोलीले उद्धार गरेको छ ।
तीब्रगतिमा रहेको म।१ प २७२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार स्थानीय प्रेम पन्त जयकृष्ण बोहोरा र भिमदत्त नगरपालिका २ भासी बस्ने गोकर्ण लामिछाने घाइते भएका छन् ।
उनीहरुलाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय काचनपुरबाट खटिएको एचआइआरभी टोलीले तत्काल उद्धार गरी बलकै एम्बुलेन्समा राखी महाकाली अाचल अस्पताल पुर् याएको थियो । चौविसै घण्टा ड्युटीमा रहेने सशस्त्र प्रहरी बलद्वारा राजमार्ग लगायतका क्षेत्रमा परिचालित एचआइआरभी टोली दुर्घटना तथा अन्य आपतकालीन अवस्थामा यथासिघ्र उद्धार एवं राजमार्गमा हुने लुटपाट लगायतका आपराधिक कि्रयाकलाप नियन्त्रणमा प्रभावकारी देखिएको छ ।
यसैगरी सिद्धार्थ राजमार्गको रुपन्देहीस्थित बुटवल नगरपालिका ५ मा पर्ने सिद्धबाबा मन्दिर नजिकै आज विहान गएको पहिरो हटाउन सशस्त्र प्रहरी बल सुरक्षा बेस बुटवलबाट एचआइआरभी टोली खटिएको छ ।
क्रमश…



अविरल वर्षाका कारण सो ठाउँमा विहान करीव साँढे सात वजे गएको पहिरो हटाउन बुटवलबाट लगिएको डोजरको सहयोगमा एचआइआरभी टोलीको समेत सकि्रयतामा करीव डेढ घण्टाभित्रै उक्त पहिरो पन्छाई बाटो खुलाइएको छ ।
सो स्थानमा पहिरो गएको जानकारी पाएलगत्तै ड्युटीमा रहेको एचआइआरभी टोली त्यसठाउँमा पुगको थियो ।
यसैगरी ताप्लेजुङ्गको थेचम्बु ५ कावेलीमा हिजो वेलुका भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
सो दुर्घटनामा परी घाइते भएका दुई जनालाई सशस्त्र प्रहरी बल काचनजंघा गुल्मबाट खटिएको एपीएफ टोलीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङतर्फ पठाएको छ ।
बालुवा लिएर स्थानीय जिरीखिम्तीतर्फ आउँदै गरेको को।१ त ३७३१ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडक छेउमा पल्टिएर दुर्घटना हुँदा त्यसमा सवार ताप्लेजुङ्गकै नाङ्गखोल्याङ्ग ६ बस्ने बुद्धिमान राईको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनाको खबर प्राप्त भएलगत्तै सो गुल्मबाट परिचालित एपीएफ टोलीले घाइतेहरुको उद्धार गरेको थियो । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ ।
यसैगरी पश्चिमबाट पूर्वतर्फ आाउँदै गरेको ना।४ ख ४७९० नम्बरको बसले आज विहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मुकुन्दपुर ६ मा साइकल यात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका स्थानीय लक्ष्मीदत्त गौतमलाई एपीएफ टोलीले उद्धार गरेको छ ।
उनलाई सशस्त्र प्रहरी बल सुरक्षा वेस बेल्डियाबाट खटिएको एपीएफ टोलीले उद्धार गरी भरतपुर मेडिकल कलेजतर्फ पठाएको छ ।
यसैगरी पूर्व-पश्चिम राजमार्गकै रौतहट खण्डस्थित लच्कापुल भन्ने स्थानमा आज विहान पानीको वाहवले बगाएको गाडी एपीएफ टोलीले सुरक्षित साथ निकालेको छ ।
पश्चिमतर्फ आउँदै गरेको बा।२ च ८६०८ नम्बरको टाटामोवाइल गाडी पानीको तीब्रवाहवले बगाई करीव १० मिटर तल पुर् याएकै वेला त्यहा पुगेको राजमार्ग सुरक्षार्थ परिचालित सशस्त्र प्रहरी बलको टोलीले उक्त गाडीलाई बाहिर निकालेको थियो । गाडीमा रहेका मानिसहरु सुरक्षित रहेको बताइएको छ ।


No comments:

Post a Comment