Total Pageviews

Saturday, September 17, 2011

0

ऋण सहकारी संस्थाको चौथो अधिवेशन उद्घाटन गर्ने क्रममा रामचन्द्र पौडेल

नेपाली काँग्रेसका उपसभापति एवम् संसदीय दलका नेता रामचन्द्र पौडेलले एकीकृत नेकपा (माओवादी) शान्ति सम्झौताभन्दा फरक बाटो जान थालेको आरोप लगाउनुभएको छ ।सर्वश्री बचत तथा ऋण सहकारी संस्थाको चौथो अधिवेशन उद्घाटन गर्ने क्रममा आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले एमाओवादीले शान्ति सम्झौताको बाटो बिराएकाले शान्ति प्रक्रिया र संविधान लेखन कार्य पूरा हुन नसकेको आरोप लगाउनुभयो ।लडाकू समायोजन नभएसम्म शान्ति प्रक्रिया पूरा नहुने तर्क गर्दै नेता पौडेलले एमाओवादीले १२ बुँदे समझदारीदेखि विस्तृत शान्ति सम्झौतामा लेखिएका कुरा कार्यान्वयन गरेको भए अहिलेसम्म शान्ति प्रक्रिया र संविधान लेखन कार्य पूरा भइसक्ने थियो भनी दाबी गर्नुभयो ।उहाँले लडाकू समायोजनका लागि विगतमा अनमिनको रोहबरमा भएको सेना, हतियार र लडाकूबारे भएको सहमतिलाई नै कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

No comments:

Post a Comment