२९ भाद्र । दशैं नजिकिदै जाँदा काठमाण्डौंबाट जिल्ला जाने यातायातका साधनको टिकटमा कालो बजारी भइरहेको र सर्वसाधारण जनताले तोकिएको मूल्यमा टिकट नपाएको भन्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कालोबजारी तत्कालै रोकि सर्वसाधारण जनतालाई टिकट पाउने वातावरण बनाउन श्रम तथा यातायात मन्त्रालयका सचिवलाई निर्देशन दिनुभएको छ ।
श्रम सचिव रामहरि अर्याललाई आफ्नो कार्यकक्षमा बोलाई प्रधानमन्त्रीले नयाँ बसपार्क, पुरानो बसपार्क, कलंकी लगायत काठमाण्डौका सवै बस स्टेशनहरुमा भइरहेका कालोबजारी र ठगीलाई तत्कालै रोक्ने रोक्न निर्देशन दिनुभएको हो । सरकारका तर्फबाट प्रभावकारी अनुगमन गरि कालोबजारी गर्ने र टिकट सकिएको बहाना गर्नेलाई तुरुन्त कारवाही गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ । मंगलबारमात्र उहाँको इमेलमा नयाँ बानेश्वर बस्ने प्रेम केसीले टिकटमा भइरहेका कालोबजारी रोक्न माग गर्दै प्रधानमन्त्रीलाई गुनासो पठाएका थिए ।
केसीको इमेललाई गम्भीरतापूर्वक लिंदै प्रधानमन्त्रीले सर्वसाधारणलाई परेको मर्का हटाउन श्रम तथा यातायात सचिवलाई निर्देशन दिनुभएको हो ।
-विश्वदीप पाण्डे
No comments:
Post a Comment